एमाले जाजरकोटद्वारा जनसंगठनको भेला, विपद् र उद्धारमा सक्रिय

जाजरकोट, २८ असार । नेकपा (एमाले) जाजरकोटले शनिबार बिहान जिल्ला सदरमुकाम खलंगामा पार्टीका विभिन्न जनसंगठनहरूका प्रमुख तथा प्रतिनिधिहरूको भेला सम्पन्न गरेको छ । पार्टीको संगठनात्मक सुदृढीकरण तथा आगामी रणनीतिलाई केन्द्रमा राख्दै पार्टीले आफ्नो भेला राखेको हो । भेलामा २३ वटै जनवर्गीय संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

एमाले जाजरकोटका उपाध्यक्ष तथा जनवर्गीय विभाग प्रमुख विश्वविक्रम शाहका अनुसार भेलाले जिल्लामा हुनसक्ने प्राकृतिक विपत्तिको समयमा पार्टी र त्यसका जनसंगठनहरूलाई कसरी प्रभावकारी ढंगले परिचालन गर्ने भन्ने विषयमा कार्ययोजना बनाएको छ । शाहका अनुसार नेपाल उद्योग तथा व्यवसायी महासंघलाई जिल्लामा औद्योगिक क्षेत्रको विकास, लगानी प्रवर्द्धन तथा उत्पादकत्व वृद्धिमा नेतृत्वदायी जिम्मेवारी दिने निर्णय गरिएको छ ।

त्यस्तै, विपद् व्यवस्थापनका लागि ‘उद्धार टिम’ निर्माण गरिने, विपद् प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहत पुर्‍याउने संयन्त्र बनाउन जनसंगठनहरूको सक्रिय सहभागिता सुनिश्चित गर्ने निर्णय गरेको छ । साथै, हरेक संगठनलाई रचनात्मक कार्यक्रममार्फत जनताको बीचमा पुग्ने योजना तयार पारिएको एमाले भेरी नगर कमिटीका अध्यक्ष मुकुन्द शर्माले बताए ।

भेलामा सहभागी अध्यक्ष शर्माले जनसंगठनहरूको भूमिकालाई अझ सशक्त बनाउनु आवश्यक रहेकोमा जोड दिए । शर्माले भने, “हाम्रा जनसंगठनहरू विगतमा जनस्तरमा गहिरो प्रभाव पार्ने हैसियतमा थिए, तर पछिल्लो समय ती संगठनहरूमा सहभागीता घट्दो क्रममा छ, जुन चिन्ताको विषय हो । संगठनहरूले स्थानीय तहसम्म पुगेर जनताको वास्तविक समस्या सुन्ने, पार्टीका विचार र नीति जनस्तरमा पुर्याउने, र स्थानीय स्तरमै नेतृत्व उत्पादन गर्ने खालका काम गर्नुपर्छ । हामी जिल्लाका सातवटै स्थानीय तहमा जनसंगठनहरूको संरचना विस्तार गर्ने तयारीमा छौँ ।” अध्यक्ष शर्माका अनुसार संगठन सशक्त नभएसम्म पार्टीको अभियान धरातलमा सशक्त हुँदैन भन्ने बुझाइका साथ अब सबै तहमा सक्रिय अभियान सञ्चालन गरिनेछ ।

एमाले जाजरकोटले जनसंगठनहरूलाई केवल नामका लागि राख्ने हैन, कार्यदिशा दिन सक्ने, जनताको मनमा छिर्ने र विपद्, उद्धार, राहत र विकासका सवालमा पार्टीको सक्रिय उपस्थिति कायम गर्ने माध्यम बनाउने तयारी गरिरहेको छ । पार्टीले यस किसिमको भेला निरन्तर रुपमा सञ्चालन गर्दै संगठनलाई पुनः गतिशील बनाउने योजना अघि सारेको पार्टी सचिव गोपाल नेपालीले बताए ।

संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले संविधानका आधारभूत संरचनालाई यथावत राखेर अन्य विषयमा संशोधन गर्न सकिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा

Read More »

संविधानको आधारभूत मर्ममाथि छेडखानी स्वीकार्य हुँदैन : आङ्देम्बे

काठमाडौँ : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संशोधनको नाममा संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र सङ्घीय व्यवस्थामाथि अनावश्यक छेडखानी स्वीकार्य नहुने बताएका छन्

Read More »

चर्को ट्राफिक जरिवाना खारेज तथा सुरक्षित सडकको माग गर्दै अभियान

काठमाडौं । ट्रेड युनियन कांगे्रससँग आबद्ध रहेको नेपाल यातायात मजदुर संघले सरकारले प्रस्ताव गरेको ट्राफिक जरिवाना साथै हालको सडक सुरक्षाको अवस्थालाई लिएर आपत्ति जनाएको छ

Read More »

संविधान संशोधनका नाममा लोकतन्त्र र संघीयतामाथि हस्तक्षेप स्वीकार्य छैन : आरेन राई

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले संविधान संशोधनका नाममा लोकतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि हस्तक्षेप गर्न खोजिए विरोध गर्ने चेतावनी दिएका छन् । सोमबार

Read More »

९ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन ९ सय रुपैयाँले घटेर

Read More »

अनधिकृत रूपमा घुम्ती व्यापार गर्न नपाइने

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनुमति विना अनधिकृत रूपमा घुम्ती व्यापार व्यवसाय सञ्चालन गर्न नपाइने भएको छ । नगरपालिकाको क्षेत्राधिकारभित्र पूर्व स्वीकृति नलिई ढुवानी तथा

Read More »