“ओली तेस्रोपटक अध्यक्ष बन्न सक्दैनन् : एमाले नेतृ विद्या भट्टराई”

काठमाडौं । नेकपा (एमाले) कि नेतृ एवं पूर्वमन्त्री विद्या भट्टराईले अहिलेकै अवस्थामा केपी शर्मा ओली तेस्रो पटक पार्टी अध्यक्ष बन्न नसक्ने बताएकी छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पार्टीको विधानमा ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था कायमै रहेको बताएकी हुन् ।

‘फेरि विधान संशोधन नगरी केपी शर्मा ओली अध्यक्ष बन्न सक्नुहुन्न ? भन्ने प्रश्नमा उनले अहिलेकै अवस्थामा त्यो सम्भव नरहेको बताईन् । उनले भनिन्, ‘दुई कार्यकाल भनेकै छ त्यहाँ । दुई कार्यकाल भनेको हुँदा विधान संशोधन नगरीकन त्यसलाई त लागू गर्न सक्दैनौं नि । त्यो भएर विधान महाधिवेशनले नै छिनोफानो गर्ने हो । नेतृत्व कस्तो, अबको भाबी नेतृत्व कसरी विकास गर्ने भन्ने कुरा त्यसले नै छिनोफानो गर्छ ।’

साथै, उनले विधान महाधिवेशनमा उमेर हद तोकिनु उपयुक्त हुने बताईन् । उमेर नतोकिँदा नेतृत्व हस्तान्तरण र पुस्तान्तरण नहुने उनको मत रहेको छ । उमेरहद नराखिँदा युवा वर्गमा निराशा पैदा हुने र यसअघि ७० वर्ष उमेर हदका कारण विदा भएको नेताहरुको हकमा पनि अन्याय हुने उनको मत छ ।

‘उमेर नतोक्ने हो भने नेतृत्व हस्तान्तरण गर्ने कुरालाई हामीले समयमा गर्न नसक्ने रहेछौं । त्यो दुई कार्यकाल र उमेर भनेर राख्दियो भने चाहीँ, हरेक ठाउँमा उमेर छ त । उहाँहरुलाई हामीले सम्मान गर्ने कुरा, उहाँहरुको अनुभवलाई लिने कुरा, उहाँहरुलाई आदर गर्ने कुरा सधैं गर्नुपर्छ । पार्टीलाई परैबाट नेतृत्व दिने, एउटा क्रियाशील नेतृत्व चाहिँ उमेरभित्र हुनुपर्छ । यो आजको पनि सान्दर्भिक छ । त्यो हटाउने कुराले निराशा पैदा गर्छ । युवाहरु आउनका लागि हाम्रो पार्टीले निश्चित प्रतिस्पर्दाको कुरा गरेको छ ।

पुस्तान्तरणका लागि उमेर हद चाहिन्छ । अगाडि नै हामीले एमालेका नेताहरु धेरैलाई विदाइ गरिसक्यौं । वर्ष केही होइन भन्छौं भने त हिजो विदा गरेकालाई पनि ल्याउनुपर्यो । उसोभए उहाँहरुलाई चाहिँ हामीले अन्याय गर्यौं नि त । जसलाई ७० वर्ष उमेर भनेर विदा दियौं, उहाँहरुमाथि त अन्याय भयो नि त फेरि । मेरो भनाइ के हो भने कुनै पनि नियम हामीले बनायौं भने दुई पटक त्यसलाई हेरेर रिभ्यू गर्नुपर्छ,’– उनले भनिन् ।

संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले संविधानका आधारभूत संरचनालाई यथावत राखेर अन्य विषयमा संशोधन गर्न सकिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा

Read More »

संविधानको आधारभूत मर्ममाथि छेडखानी स्वीकार्य हुँदैन : आङ्देम्बे

काठमाडौँ : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संशोधनको नाममा संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र सङ्घीय व्यवस्थामाथि अनावश्यक छेडखानी स्वीकार्य नहुने बताएका छन्

Read More »

चर्को ट्राफिक जरिवाना खारेज तथा सुरक्षित सडकको माग गर्दै अभियान

काठमाडौं । ट्रेड युनियन कांगे्रससँग आबद्ध रहेको नेपाल यातायात मजदुर संघले सरकारले प्रस्ताव गरेको ट्राफिक जरिवाना साथै हालको सडक सुरक्षाको अवस्थालाई लिएर आपत्ति जनाएको छ

Read More »

संविधान संशोधनका नाममा लोकतन्त्र र संघीयतामाथि हस्तक्षेप स्वीकार्य छैन : आरेन राई

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले संविधान संशोधनका नाममा लोकतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि हस्तक्षेप गर्न खोजिए विरोध गर्ने चेतावनी दिएका छन् । सोमबार

Read More »

९ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन ९ सय रुपैयाँले घटेर

Read More »

अनधिकृत रूपमा घुम्ती व्यापार गर्न नपाइने

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनुमति विना अनधिकृत रूपमा घुम्ती व्यापार व्यवसाय सञ्चालन गर्न नपाइने भएको छ । नगरपालिकाको क्षेत्राधिकारभित्र पूर्व स्वीकृति नलिई ढुवानी तथा

Read More »