टोप बहादुरको पक्षमा पनि हस्ताक्षर सङ्कलन, राजनीतिक प्रतिशोध साँधिएको आरोप

काठमाडौँ : नेकपा (एमाले)का निलम्बित सचिव टोपबहादुर रायमाझीको पक्षमा पनि हस्ताक्षर अभियान सञ्चालन गरिएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर थुनामा रहेका रायमाझीको पक्षमा उनकै गृहजिल्ला अर्घाखाँचीका युवाहरूले हस्ताक्षर अभियान सञ्चालन गरेका हुन्।

युवाहरूले रायमाझीका प्रति पनि राजनीतिक प्रतिशोध साँधिएको बताएका छन्। उक्त प्रकरणमा रायमाझीसँगै मुछिएका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण छुट्दा रायमाझी थुनामै राखिएको र त्यो राजनीतिक प्रतिशोध भएको हस्ताक्षर सङ्कलनकर्ताहरूले बताएका छन्।

‘क्यूआर कोड पर्दैन, अर्घाखाँचीका सङ्घीय सांसद टोप बहादुर रायमाझीमाथि साँधिएको राजनीतिक प्रतिशोधको विरुद्धमा हस्ताक्षर गरौँ,’ युवाहरूले सञ्चालन गरेको अभियानका क्रममा भनिएको छ। अर्घाखाँचीका पत्रकार दीपेन्द्र पौडेलका अनुसार यो अभियान जिल्लाको सन्धिखर्कका युवाहरूले स्वत:स्फूर्त रूपमा सञ्चालन गरेका हुन्।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि पार्टी सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर अभियान थालेको छ। जुन अहिले पनि जारी छ। रास्वपाले पार्टी सभापति लामिछानेका प्रति राज्यले राजनीतिक प्रतिशोध साँधेको र त्यसका विरुद्धमा हस्ताक्षर सङ्कलन गरिरहेको तर्क गरेको छ।

यसलाई मुख्यत: सत्तासीन दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) ले ‘अदालतको अवहेलना’को रूपमा व्याख्या गरेका छन्। कांग्रेस-एमालेले अदालतबाट नटुङ्गिएको विषयमा प्रभाव पर्ने गरी हस्ताक्षर सङ्कलन गरिएको बताइरहेको अवस्थामा एमालेकै नेता रायमाझीको पक्षमा हस्ताक्षर सङ्कलन थालिएको हो।

संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले संविधानका आधारभूत संरचनालाई यथावत राखेर अन्य विषयमा संशोधन गर्न सकिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा

Read More »

संविधानको आधारभूत मर्ममाथि छेडखानी स्वीकार्य हुँदैन : आङ्देम्बे

काठमाडौँ : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संशोधनको नाममा संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र सङ्घीय व्यवस्थामाथि अनावश्यक छेडखानी स्वीकार्य नहुने बताएका छन्

Read More »

चर्को ट्राफिक जरिवाना खारेज तथा सुरक्षित सडकको माग गर्दै अभियान

काठमाडौं । ट्रेड युनियन कांगे्रससँग आबद्ध रहेको नेपाल यातायात मजदुर संघले सरकारले प्रस्ताव गरेको ट्राफिक जरिवाना साथै हालको सडक सुरक्षाको अवस्थालाई लिएर आपत्ति जनाएको छ

Read More »

संविधान संशोधनका नाममा लोकतन्त्र र संघीयतामाथि हस्तक्षेप स्वीकार्य छैन : आरेन राई

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले संविधान संशोधनका नाममा लोकतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि हस्तक्षेप गर्न खोजिए विरोध गर्ने चेतावनी दिएका छन् । सोमबार

Read More »

९ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन ९ सय रुपैयाँले घटेर

Read More »

अनधिकृत रूपमा घुम्ती व्यापार गर्न नपाइने

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनुमति विना अनधिकृत रूपमा घुम्ती व्यापार व्यवसाय सञ्चालन गर्न नपाइने भएको छ । नगरपालिकाको क्षेत्राधिकारभित्र पूर्व स्वीकृति नलिई ढुवानी तथा

Read More »