पूर्वराष्ट्रपति विद्या भण्डारी राजनीतिमा फर्किनु सकारात्मक : झलनाथ खनाल

काठमाडौं, २८ असार । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले वामपथी एकताका लागि पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेको राजनीतिमा फर्कन खोजेको भए सकारात्मक कुरा भएको बताएका छन् ।

चीन भ्रमण सकेर स्वदेश फर्किएपछि शनिबार आफ्नै निवास डल्लुमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले नेपालमा सबभन्दा ठूलो वामपन्थी समूह नेकपा एमाले नै भएकाले वामपथी एकताका लागि पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्कन खोजेको भए सकारात्मक कुरा भएको बताएका हुन् । उनले एमालेको एउटा समूहले अरु सबैलाई एकताबद्ध गर्न नचाहेको हुनाले वामपन्थी आन्दोलन विभाजित अवस्थामा रहेको बताए । उनले एमालेले वामपन्थी एकता गरौं भनेर चाहने हो भने ठूलो मात्राको झैं वामपन्थी एकता हुन सक्ने सम्भावना रहेको धारणा राखे ।

खनालले कम्युनिष्टलाई एकतावद्ध गर्न बामदेव गौतम आफ्नो पार्टीमा आउन लागेको भए स्वागत गर्न तयार रहेको जिकिर गरे ।

त्यस्तै, उनले पार्टी अध्यक्ष माधव नेपालमाथि परेको मुद्दा नेपालकै इतिहासमा नै नयाँ कुरा भएकाले तीन करोड नेपालीको सरोकारको विषय भएको बताए । यसमा विभिन्न रुपमा हुने टिकाटिप्पणीलाई स्वभाविक रुपमा लिनुपर्ने भन्दै खनालले अदालतले गर्ने निर्णयलाई सवैले स्वीकार गर्नुपर्ने बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका खनालले अहिले ठूला दुई दल मिलेर बनेको सरकार सबैभन्दा असक्षम देखिएकाले सिंगो देश सन्तुष्ट नरहेको बताए ।

त्यस्तै, उनले रवि लामिछाने निर्दोष रहेको भन्न नसकिएपनि लामिछानेमाथि गल्ती भयो भन्ने नाममा राज्यले ज्यादती गरिरहेको टिप्पणी गरे ।

खनाल ५ दिने चीन भ्रमण सकेर शुक्रबार राति स्वदेश फर्किएका हुन् । भ्रमणका क्रममा विभिन्न कार्यक्रम र चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेतृत्वहरूसँग भेटघाट भएको उनले बताए ।

संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले संविधानका आधारभूत संरचनालाई यथावत राखेर अन्य विषयमा संशोधन गर्न सकिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा

Read More »

संविधानको आधारभूत मर्ममाथि छेडखानी स्वीकार्य हुँदैन : आङ्देम्बे

काठमाडौँ : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संशोधनको नाममा संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र सङ्घीय व्यवस्थामाथि अनावश्यक छेडखानी स्वीकार्य नहुने बताएका छन्

Read More »

चर्को ट्राफिक जरिवाना खारेज तथा सुरक्षित सडकको माग गर्दै अभियान

काठमाडौं । ट्रेड युनियन कांगे्रससँग आबद्ध रहेको नेपाल यातायात मजदुर संघले सरकारले प्रस्ताव गरेको ट्राफिक जरिवाना साथै हालको सडक सुरक्षाको अवस्थालाई लिएर आपत्ति जनाएको छ

Read More »

संविधान संशोधनका नाममा लोकतन्त्र र संघीयतामाथि हस्तक्षेप स्वीकार्य छैन : आरेन राई

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले संविधान संशोधनका नाममा लोकतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि हस्तक्षेप गर्न खोजिए विरोध गर्ने चेतावनी दिएका छन् । सोमबार

Read More »

९ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन ९ सय रुपैयाँले घटेर

Read More »

अनधिकृत रूपमा घुम्ती व्यापार गर्न नपाइने

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनुमति विना अनधिकृत रूपमा घुम्ती व्यापार व्यवसाय सञ्चालन गर्न नपाइने भएको छ । नगरपालिकाको क्षेत्राधिकारभित्र पूर्व स्वीकृति नलिई ढुवानी तथा

Read More »