म्याग्दीका छवटा विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी, ३० असार । म्याग्दीका छवटा सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना भएको छ । धवलागिरि गाउँपालिका–७ शिवाङको हेम नमूना आवासीय मावि, मङ्गला गाउँपालिका–२ बाबियाचौरको मङ्गला मावि, रघुगङ्गा गाउँपालिका–३ पिप्लेको रघुगङ्गा मावि र अन्नपूर्ण गाउँपालिका–६ घारको मुक्तिमार्ग माविमा २१/२१ वटा कम्प्युटरको व्यवस्थापन गरेर प्रयोगशाला स्थापना भएको हो । रघुगङ्गा गाउँपालिका–४ दग्नामको जनता माविमा ११ र वडा नं ६ ठाडाखानीको मालिका आधारभूत विद्यालयमा १० वटा कम्प्युटर जडान गरेर प्रयोगशाला स्थापना भएको छ ।

क्वालिटी एजुकेसन नेपाल, अस्ट्रेलिया र एजुटेक नेपाल, न्युजिल्यान्डको आर्थिक सहयोगमा समृद्ध ग्रामीण नेपालका लागि शैक्षिक उन्नयन (लर्न)ले संयोजन गरेर रु ४८ लाखको लागतमा प्रयोगशाला स्थापना भएको हो । विद्यालयको पठनपाठनमा प्रयोग हुने विद्युतीय पाठ्यक्रम र पुस्तक राखिएको कम्प्युटरका साथै विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्थाका लागि ब्याट्री र इनभर्टर पनि जडान गरिएको लर्न संस्थाका निर्देशक कृष्ण तिलिजाले जानकारी दिनुभयो । गत वर्ष धवलागिरि गाउँपालिका–४ मुदीको बुद्धिविकास मावि, रघुगङ्गा–३ मौवाफाँटको ज्ञानोदय र अन्नपूर्ण–४ को प्रभा माविमा ‘सर्भर सिस्टम’बाट चल्ने २०/२० वटा कम्प्युटर जडान गरेर प्रयोगशाला स्थापना भएको थियो ।

निर्देशक तिलिजाका अनुसार आधुनिक कम्प्युटर ल्याबका रूपमा स्थापना गरिएको कम्प्युटर कक्षलाई ‘डिजिटल’ साक्षरताका रूपमा विकास गर्न उपयोग गरिनेछ । प्रविधिको प्रयोग गरेर पठनपाठन गराई विद्यार्थीको पढाइप्रति रुचि र सिकाइ उपलब्धि वृद्धि गर्ने कम्प्युटर प्रयोगशाला स्थापना गर्नुको उद्देश्य रहेको छ । विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना भएपछि विद्यार्थीलाई प्रयोगात्मक अभ्याससहित कम्प्युटर विषयको पठनपाठन गराउन सहज हुने मुक्ति मार्ग मावि घारका प्रअ रामकृष्ण खड्काले बताउनुभयो । कम्प्युटर प्रयोगशाला स्थापनाका लागि फर्निचर, फर्निचर, पर्दा, कार्पेट, कक्षाकोठा व्यवस्थापनको काम भने विद्यालयहरूले नै गरेका हुन् ।

चर्को ट्राफिक जरिवाना खारेज तथा सुरक्षित सडकको माग गर्दै अभियान

काठमाडौं । ट्रेड युनियन कांगे्रससँग आबद्ध रहेको नेपाल यातायात मजदुर संघले सरकारले प्रस्ताव गरेको ट्राफिक जरिवाना साथै हालको सडक सुरक्षाको अवस्थालाई लिएर आपत्ति जनाएको छ

Read More »

संविधान संशोधनका नाममा लोकतन्त्र र संघीयतामाथि हस्तक्षेप स्वीकार्य छैन : आरेन राई

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले संविधान संशोधनका नाममा लोकतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि हस्तक्षेप गर्न खोजिए विरोध गर्ने चेतावनी दिएका छन् । सोमबार

Read More »

९ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन ९ सय रुपैयाँले घटेर

Read More »

अनधिकृत रूपमा घुम्ती व्यापार गर्न नपाइने

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनुमति विना अनधिकृत रूपमा घुम्ती व्यापार व्यवसाय सञ्चालन गर्न नपाइने भएको छ । नगरपालिकाको क्षेत्राधिकारभित्र पूर्व स्वीकृति नलिई ढुवानी तथा

Read More »

चौबीस घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार १७६ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलका प्रवक्ता

Read More »

हामी बिग्रिएको दोष मैले लिनुपर्छ, सबै मिलेर मलाई हटाइदिनूस्: प्रचण्ड

काठमाडौँ : प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका

Read More »