फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक

काठमाडौँ, ३० असार । उपराष्ट्रपति रामसहायप्रसाद यादव फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा नेपालका लागि फ्रान्सका राजदूत भिर्जिनी कोर्तभालले आज अपराह्न यहाँ आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी हुनुभयो । त्यसअवसरमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै रादजूत कोर्तभालले फ्रान्स–नेपालबीचको ७६ वर्षदेखिको पारस्पिरिक सम्बन्ध वर्तमानमा अझ सुदृढ बन्दै गएको चर्चा गर्दै हालै सम्पन्न द्विपक्षीय परामर्शमा जलवायु परिवर्तनका क्षेत्रमा साझेदारी बढाउने बारेमा गहन छलफल भएको बताउनुभयो ।

अन्नपूर्ण आरोहणको ७५औँ वार्षिकोत्सव यस वर्ष परेकाले वर्षभरी पर्वतीय विषयमा केन्द्रित रहेर दुई देशले विविध कार्यक्रम आयोजना गरिरहेको बताउँदै फ्रान्सेली राजदूतले नेपालको विकास प्रयासमा आफ्नो देशबाट सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसअवसरमा मन्त्रिपरिषद्का सदस्य, पूर्वप्रधानमन्त्री, सांसद, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, कामको सिलसिलामा यहाँ रहेका फ्रान्सेली नागरिक, वरिष्ठ सञ्चारकर्मीलगायत समाजका प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति थियो ।

चर्को ट्राफिक जरिवाना खारेज तथा सुरक्षित सडकको माग गर्दै अभियान

काठमाडौं । ट्रेड युनियन कांगे्रससँग आबद्ध रहेको नेपाल यातायात मजदुर संघले सरकारले प्रस्ताव गरेको ट्राफिक जरिवाना साथै हालको सडक सुरक्षाको अवस्थालाई लिएर आपत्ति जनाएको छ

Read More »

संविधान संशोधनका नाममा लोकतन्त्र र संघीयतामाथि हस्तक्षेप स्वीकार्य छैन : आरेन राई

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले संविधान संशोधनका नाममा लोकतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि हस्तक्षेप गर्न खोजिए विरोध गर्ने चेतावनी दिएका छन् । सोमबार

Read More »

९ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन ९ सय रुपैयाँले घटेर

Read More »

अनधिकृत रूपमा घुम्ती व्यापार गर्न नपाइने

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनुमति विना अनधिकृत रूपमा घुम्ती व्यापार व्यवसाय सञ्चालन गर्न नपाइने भएको छ । नगरपालिकाको क्षेत्राधिकारभित्र पूर्व स्वीकृति नलिई ढुवानी तथा

Read More »

चौबीस घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार १७६ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलका प्रवक्ता

Read More »

हामी बिग्रिएको दोष मैले लिनुपर्छ, सबै मिलेर मलाई हटाइदिनूस्: प्रचण्ड

काठमाडौँ : प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका

Read More »