प्रतिनिधिसभामा मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौता प्रस्तुत

काठमाडौँ, ३० असार । सरकारले प्रतिनिधिसभाको आजको बैठकमा ‘विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौता’ प्रस्तुत गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारीले उक्त सम्झौता प्रस्तुत गर्दै समुद्रमा जैविक स्रोतको अनुचित दोहन रोकी सामुद्रिक माछाको दिगो उपलब्धता सुरक्षित गर्नु नै सो सम्झौताको प्रमुख उद्देश्य रहेको बताउनुभयो ।

“यस सम्झौताले समुद्रमा अवैध रूपमा माछा मार्ने वा त्यस्ता क्रियाकलापमा सघाउ पु¥याउन दिने अनुदान निषेध गरेको छ”, उहाँले भन्नुभयो, “समुद्रको तटीय राष्ट्र र विभिन्न क्षेत्रीय मत्स्य व्यवस्थापन सङ्गठनको क्षेत्राधिकार बाहिर पर्ने समुद्री क्षेत्रमा माछा मार्ने वा यस्ता क्रियाकलापमा दिने अनुदानसमेत निषेध गरिएको छ ।”

मन्त्री भण्डारीले स्वीट्जरल्याण्डको जेनेभामा सन् २०२२ मा सम्पन्न विश्व व्यापार सङ्गठनको १२ औँ मन्त्रिस्तरीय सम्मेलनले उक्त सम्झौता पारित गरेको जानकारी दिनुभयो । त्यसअघि सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही असार ३१ गते अपराह्न १ बजे बस्नेछ ।

संविधान संशोधनका नाममा लोकतन्त्र र संघीयतामाथि हस्तक्षेप स्वीकार्य छैन : आरेन राई

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले संविधान संशोधनका नाममा लोकतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि हस्तक्षेप गर्न खोजिए विरोध गर्ने चेतावनी दिएका छन् । सोमबार

Read More »

९ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन ९ सय रुपैयाँले घटेर

Read More »

अनधिकृत रूपमा घुम्ती व्यापार गर्न नपाइने

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनुमति विना अनधिकृत रूपमा घुम्ती व्यापार व्यवसाय सञ्चालन गर्न नपाइने भएको छ । नगरपालिकाको क्षेत्राधिकारभित्र पूर्व स्वीकृति नलिई ढुवानी तथा

Read More »

चौबीस घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार १७६ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलका प्रवक्ता

Read More »

हामी बिग्रिएको दोष मैले लिनुपर्छ, सबै मिलेर मलाई हटाइदिनूस्: प्रचण्ड

काठमाडौँ : प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका

Read More »

डोल्पा जिप दुर्घटना: एक जनाको मृत्यु, १३ घाइते

डोल्पा : डोल्पाको जगदुल्ला गाउँपालिका-०४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब

Read More »