‘सङ्घीयता कार्यान्वयनमा पत्रकारको भूमिका महत्वपूर्ण’ : सभामुख गुरुङ

कर्णाली, ३१ असार । कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले सङ्घीयता कार्यान्वयनमा पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । कर्णाली प्रदेशासभा सचिवालयद्वारा सुर्खेतको वीरेन्द्रनगरमा आज आयोजित ‘कानुन निर्माण र कार्यान्वयनमा मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सभामुख गुरुङले समाजको ऐनाका रुपमा चित्रित सञ्चारकर्मीको जिम्मेवारपूर्ण कार्यले देशमा सुशासन कायम गर्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । “सङ्घीय व्यवस्थाअनुसार तीन तहका सरकार छन्,” सभामुख गुरुङले भन्नुभयो, “ती तीनै तहका सरकारले गरेका काम, सफल अभ्यास र कानुन कार्यान्वयनबारे नागरिकलाई सूचित गराउन यहाँहरुको जिम्मेवारी र जवाफदेही पत्रकारिता आवश्यक छ, जसले सार्वजनिक नेतृत्वमा रहेर काम गर्नेलाई दायित्व बोध गराइरहोस् ।”

प्रदेश मामिला र सामाजिक विकास समितिका सभापतिद्वय कल्याणी खड्का र पूर्णबहादुर खत्रीले सार्वजनिक महत्व तथा नागरिक सरोकारका मुद्दा उठानमा पत्रकारको अहम् भूमिका रहेको बताउनुभयो । पत्रकारको निष्पक्ष एवं तटस्थ पत्रकारिताले नागरिकदेखि सार्वजनिक पदमा रहेका सबैलाई जिम्मेवार बन्न सचेत गराउने भएकाले आफ्नो भूमिकामा अडिग भएर काम गर्न सभापतिद्वयले आग्रह गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशसभामा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले राज्य सञ्चालक, कानुन निर्माता र पत्रकार सबैको मूल कार्य नागरिकलाई सेवा दिनु, उनीहरुलाई सुशासनको प्रत्याभूति गराउनु र जिम्मेवारी नागरिक बन्न उत्प्रेरित गराउनुभएको बताउनुभयो ।

अन्तरक्रियामा प्रदेश सचिवालयका सूचना अधिकारी राजेन्द्रप्रसाद पौडेलले प्रदेशसभा सचिवालयले हालसम्म गरेका कामकारवाही एवं त्यसको प्रगति र कानुन तथा विधेयक महाशाखाका कानुन उपसचिव अर्जुन भुसालले पत्रकारले सवाल उठान र न्यायिक क्षेत्रका गतिविधिलाई बाहिर ल्याउन सुझाउँदै हालसम्म बनेका कानुन र कार्यान्वयनको अवस्थाबारे आफ्नो प्रस्तुति राख्नुभयो । प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकी र प्रवक्ता नेत्रबहादुर कार्कीले प्रदेशसभाका विषयगत समितिका गतिविधिमा पत्रकारको पहुँच नभएको भन्ने विषयमा ध्यानाकर्षण भएको र प्राप्त सुझावअनुसार काम गरिने बताउनुभयो । उक्त अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुले प्रदेशसभाको काम, कर्तव्य र अधिकार, विषयगत समितिको कार्यसम्पादन, सरकारको कार्यशैली र त्यसमा सुधार गर्नुपर्ने पक्षका विषयमा सुझाव दिएका थिए ।

संविधान संशोधनका नाममा लोकतन्त्र र संघीयतामाथि हस्तक्षेप स्वीकार्य छैन : आरेन राई

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले संविधान संशोधनका नाममा लोकतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि हस्तक्षेप गर्न खोजिए विरोध गर्ने चेतावनी दिएका छन् । सोमबार

Read More »

९ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन ९ सय रुपैयाँले घटेर

Read More »

अनधिकृत रूपमा घुम्ती व्यापार गर्न नपाइने

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनुमति विना अनधिकृत रूपमा घुम्ती व्यापार व्यवसाय सञ्चालन गर्न नपाइने भएको छ । नगरपालिकाको क्षेत्राधिकारभित्र पूर्व स्वीकृति नलिई ढुवानी तथा

Read More »

चौबीस घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार १७६ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलका प्रवक्ता

Read More »

हामी बिग्रिएको दोष मैले लिनुपर्छ, सबै मिलेर मलाई हटाइदिनूस्: प्रचण्ड

काठमाडौँ : प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका

Read More »

डोल्पा जिप दुर्घटना: एक जनाको मृत्यु, १३ घाइते

डोल्पा : डोल्पाको जगदुल्ला गाउँपालिका-०४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब

Read More »