‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

काठमाडौँ, ३१ असार । ‘भिजिट भिसा’ र मन्त्रीको घूस काण्डको अडियो टेप प्रकरणबारे छानबिन गरी दोषीलाई कारबाही गर्न सांसदहरुले माग गरेका छन् । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठकको कारबाही सुरु गर्ने बित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरुले उठेर विरोध जनाए । त्यसपछि सभामुख घिमिरेले रास्वपाका तर्फबाट निर्वाचित सांसद शिव नेपालीलाई समय दिनुभयो ।

उहाँले अध्यागमन विभागबाट भएको मानव तस्करीबारे छानबिन गर्न माग गर्दै २०७८ माघ ११ गते तत्कालीन गृहमन्त्री बालकृष्ण खाँड नेतृत्वको टोलीले सार्वजनिक गरेको प्रतिवेदन कार्यान्वयन गर्न माग गर्नुभयो । राप्रपाका सांसद ज्ञानबहादुर शाहीले विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरुले राजीनामा नदिए समस्या समाधान नहुने बताउनुभयो । उहाँले मन्त्रीको श्रव्य सामग्री सार्वजनिक भएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाहीको प्रक्रिया अघि बढाउनुर्नेमा जोड दिनुभयो ।

उहाँले बोलिरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट निर्वाचित सांसद सुनिता बरालले प्रधानमन्त्रीको नेतृत्वमाथि आरोप लगाएर बोलेको विषय संसद्को अभिलेखबाट हटाउन माग गर्नुभयो । सभामुख घिमिरेले सांसदहरुले उठाउनुभएका विषयमा आफ्नो ध्यानाकर्षण भएको सदनलाई जानकारी गराउनुभयो ।

संविधान संशोधनका नाममा लोकतन्त्र र संघीयतामाथि हस्तक्षेप स्वीकार्य छैन : आरेन राई

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले संविधान संशोधनका नाममा लोकतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि हस्तक्षेप गर्न खोजिए विरोध गर्ने चेतावनी दिएका छन् । सोमबार

Read More »

९ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन ९ सय रुपैयाँले घटेर

Read More »

अनधिकृत रूपमा घुम्ती व्यापार गर्न नपाइने

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनुमति विना अनधिकृत रूपमा घुम्ती व्यापार व्यवसाय सञ्चालन गर्न नपाइने भएको छ । नगरपालिकाको क्षेत्राधिकारभित्र पूर्व स्वीकृति नलिई ढुवानी तथा

Read More »

चौबीस घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार १७६ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलका प्रवक्ता

Read More »

हामी बिग्रिएको दोष मैले लिनुपर्छ, सबै मिलेर मलाई हटाइदिनूस्: प्रचण्ड

काठमाडौँ : प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका

Read More »

डोल्पा जिप दुर्घटना: एक जनाको मृत्यु, १३ घाइते

डोल्पा : डोल्पाको जगदुल्ला गाउँपालिका-०४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब

Read More »