व्यावसायिक पत्रकारिता गर्नुपर्नेमा मुख्यमन्त्री आचार्यको जोड

नेपालगन्ज, ३१ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक रुपान्तरणका लागि सकारात्मक सूचना सम्प्रेषण आवश्यक भएको बताउनुभएको छ । साथै उहाँले व्यावसायिक पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभएको छ । कोहलपुरबाट नेपाल टेलिभिजनले प्रसारण आरम्भ गरेको २९औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले देशमा लोकतान्त्रिक शासन व्यवस्था प्रारम्भ भएपछि देशमा विकास–निर्माणका केही काम भएनन् भन्ने नकारात्मक भाष्य चिर्न सञ्चार क्षेत्रले आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो “हामीले चौथो अङ्गको रूपमा सञ्चार क्षेत्रलाई लिने गरेका छौँ तर सञ्चारका नाममा स्वच्छन्दवाद फैलाउने प्रवृत्ति बढेको छ । मिडियाले सत्यतथ्यमा आधारित, जनउत्तरदायी र परिवर्तनमुखी पत्रकारिता गर्न जरुरी छ,” प्रदेश सरकाले सञ्चार क्षेत्रसँग नजिक रहेर काम गरिरहेको उल्लेख गर्दै मुख्यमन्त्री आर्चायले भन्नुभयो । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री आदेशकुमार अग्रवालले प्रदेशमा भएका विकास–निर्माणका गतिविधिलाई सञ्चारमाध्यमले जनसमक्ष पु¥याउनुपर्नेमा जोड दिँदै आफूहरू सञ्चार क्षेत्रसँग सहकार्य गर्न सदैव तत्पर रहेको बताउनुभयो ।

त्यस अवसरमा प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रत्न खत्री, प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री भण्डारीलाल अहिर, प्रदेशसभा सदस्यहरू सञ्जु चौधरी, अम्बिका काफ्ले, मीनाकुमारी श्रेष्ठ, पूर्वमन्त्री दुर्गाप्रसाद चौधरी, कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण आचार्य, नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईंले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सार्वजनिक प्रसारण सेवा नेपालका कार्यकारी अध्यक्ष महेन्द्र बिष्टले व्यावसाियक पत्रकारितालाई केन्द्रमा राखेर आफू नेतृत्वको संस्थाले काम गरिरहेको बताउनुभयो ।

संविधान संशोधनका नाममा लोकतन्त्र र संघीयतामाथि हस्तक्षेप स्वीकार्य छैन : आरेन राई

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले संविधान संशोधनका नाममा लोकतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि हस्तक्षेप गर्न खोजिए विरोध गर्ने चेतावनी दिएका छन् । सोमबार

Read More »

९ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन ९ सय रुपैयाँले घटेर

Read More »

अनधिकृत रूपमा घुम्ती व्यापार गर्न नपाइने

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनुमति विना अनधिकृत रूपमा घुम्ती व्यापार व्यवसाय सञ्चालन गर्न नपाइने भएको छ । नगरपालिकाको क्षेत्राधिकारभित्र पूर्व स्वीकृति नलिई ढुवानी तथा

Read More »

चौबीस घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार १७६ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलका प्रवक्ता

Read More »

हामी बिग्रिएको दोष मैले लिनुपर्छ, सबै मिलेर मलाई हटाइदिनूस्: प्रचण्ड

काठमाडौँ : प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका

Read More »

डोल्पा जिप दुर्घटना: एक जनाको मृत्यु, १३ घाइते

डोल्पा : डोल्पाको जगदुल्ला गाउँपालिका-०४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब

Read More »