राजस्व सङ्कलनमा नौ दशमलव ४० प्रतिशतले वृद्धि

भद्रपुर (झापा), ३ साउन । आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८१/८२ मा रु तीन अर्ब ५१ करोड ७९ लाख ५९ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम अघिल्लो आर्थिक वर्षको तुलनामा नौ दशमलव ४० प्रतिशतले बढी हो । कार्यालयले आव २०८०/८१ मा रु तीन अर्ब २१ करोड ५४ लाख ६८ हजार राजस्व सङ्कलन गरेको थियो । आव २०८१/८२ मा अघिल्लो आवको भन्दा रु ३० करोड २४ लाख ९१ हजारको बढी राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले जानकारी दिनुभयो । कार्यालयले आव २०८१/८२ मा रु चार अर्ब आठ करोड ५३ लाख ६० हजार राजस्व उठाउने लक्ष्य राखेको थियो । यद्यपि लक्ष्यको ८६ दशमलव ११ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको छ । लक्ष्यअनुसार राजस्व सङ्कलन नभए पनि अघिल्लो आवको तुलनामा बढी राजस्व सङ्कलन हुनु सुखद् पक्ष रहेको प्रमुख कर अधिकृत काफ्लेको भनाइ थियो ।

आन्तरिक राजस्व कार्यालयले आयकरबाट रु एक अर्ब ५९ करोड ८१ लाख, घरबहाल करबाट रु दुई करोड ८४ लाख, ब्याजबापत रु आठ करोड ७५ लाख, मूल्य अभिवृद्धि करबापत रु एक अर्ब १५ करोड २७ लाख, अन्तःशुल्कबापत रु ६३ करोड ६६ लाख ५४ हजार राजस्व सङ्कलन भएको छ । गत आव २०८१/८२ मा सबैभन्दा बढी ३९ दशमलव ९८ प्रतिशतले अन्तःशुल्कबापत उठ्न करमा वृद्धि भएको प्रमुख कर अधिकृत काफ्लेले जानकारी दिनुभयो । यसैगरी आयकरमा चार दशमलव २६ र मूल्य अभिवृद्धि करमा तीन दशमलव ७७ प्रतिशले राजस्व सङ्कलन बढेको छ । कार्यालयले राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गर्नुका साथै कर बक्यौता राख्ने करदाताको बैंक खाता रोक्का गर्ने, जग्गा रोक्का गर्नेलगायतका कानुनी कारबाही गरिएको प्रमुख कर अधिकृत काफ्लेले जानकारी दिनुभयो ।

गृहमन्त्रीसँग सम्बन्धित आरोपहरूमा उच्चस्तरीय छानबिन गर्न कांग्रेसको माग

काठमाडौँ । नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित पछिल्लो प्रकरणको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग गरेको छ। पार्टी प्रवक्ता देवराज चालीसेद्वारा जारी

Read More »

नेविसंघ अध्यक्षद्वारा गगनलाई विद्यार्थी संगठन खारेज गर्ने निर्णयबारे धारणा सार्वजनिक गर्न आग्रह

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष दुजाङ शेर्पाले मातृ पार्टी नेपाली कांग्रेसका सभापति गगन थापालाई विद्यार्थी सङ्गठनहरू खारेज गर्ने सरकारको निर्णयबारे पार्टीको आधिकारिक

Read More »

सुनको मूल्यमा गिरावट: आज ३ लाख रुपैयाँ नजिक

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार

Read More »

दैलेखमा लोक नृत्य तथा सांस्कृतिक सम्मेलन

सुर्खेत । दैलेखमा लोक नृत्य तथा सांस्कृतिक सम्मेलन सकिएको छ । कर्णालीको लोक नृत्य तथा संस्कृति प्रवर्द्धनका लागि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सम्मलनको

Read More »

विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली

काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने विषय चरम अलोकतान्त्रिक भएको बताएका छन् ।  सरकारले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजीको तयारी

Read More »

एनसेलको ‘पहिलो सिम’मा एसईई विद्यार्थीका लागि निःशुल्क अनलाइन लर्निङ र गेमिङसहितका सुविधा

काठमाडौं । एनसेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरूका लागि आफ्नो विशेष अफर ‘पहिलो सिम’ सञ्चालनमा ल्याएको छ । यो अफरमा विद्यार्थीहरूले करसहित मात्र ५०

Read More »