सेयर बजारमा उत्साहजनक वृद्धि, १६ अर्ब ३२ करोडकाे कारोबार

काठमाडौँ । सेयर बजारमा सोमबार उत्साहजनक वृद्धि देखिएको छ । साताको दोस्रो दिन आज नेपाल स्टक एक्सचेन्ज .(नेप्से) परिसूचक २१.७६ अङ्कले बढेर २८९२.७२ को विन्दुमा पुगेर बन्द भएको छ । आज बजार परिसूचक मात्र नभई कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । दिनभरमा कुल १६ अर्ब ३२ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । 

अघिल्लो दिन बजारमा २१ अर्ब रुपैयाँको कारोबार भएको थियो । आज कारोबार घटे पनि कारोबारको उत्साह भने कायमै रहेको देखिन्छ । आज बजारमा १४९ कम्पनीका ३११ स्क्रिप्टको कारोबार भएका छन् । त्यसमध्ये १५३ कम्पनीको मूल्य बढेका छन् । 

९६ कम्पनीको मूल्य घटेको देखिन्छ । कारोबार रकमको आधारमा आज नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रह्यो । उक्त कम्पनीको ७५ करोड ६६ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो। त्यसैगरी, हिमालयन रिइन्स्योरेन्सको ७५ करोड २८ लाख र बुटवल पावर कम्पनीको ५६ करोड ७९ लाख रुपैयाँको कारोबार भयो ।

आज सबैभन्दा धेरै कमाउने कम्पनीहरूमा थ्रिस्टार हाइड्रोेपावर, ट्रेड टावर, र सान्भी इनर्जी प्रमुख छन्। यी कम्पनीहरूको सेयर मूल्यमा करिब १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।

सप्तकोशी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक र ग्रीन डेभलपमेन्ट बैंकमा भने नकारात्मक सर्किट लागेको छ । बजार २९०० को मनोवैज्ञानिक तहभन्दा माथि बन्द हुनु र कारोबार रकम समेत उल्लेख्य हुनुले लगानीकर्ता बजारमा उत्साहित रहेको देखिएको छ । बजारमा आज सबै समूहको सूचक सकारात्मक हुँदा मात्रइक्रोफाइनान्स र अन्य समूह २ प्रतिशत भन्दा धेरैले बढेको देखिन्छ ।

मोरङमा ७३ वर्षीय वृद्ध मृत फेला

काठमाडौं : मोरङमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । सुनवर्षी नगरपालिका–१ जोगीधापस्थित कटेरोमा धनकुटाको धनकुटा नगरपालिका–६ बस्ने ७३ वर्षीय कुबिर बहादुर राय क्षेत्री

Read More »

गृहमन्त्री सुधनको अम्लेटमा माछाको काँडा भेटिएपछि दुईजना पक्राउ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सहभागी हुन चितवनमा रहेका गृहमन्त्री सुधन गुरुङको बिहानी खाजाको अम्लेटमा माछाको काँडा भेटिएपछि दुईजना पक्राउ परेका छन् । गृहमन्त्री

Read More »

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले ओरालो लागेर

Read More »

रास्वपा महाधिवेशन बन्दशत्रमा रविको सम्बोधनः पुरानै शैलीले फरक परिणाम सम्भव छैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र गुट–उपगुट र पुरानै राजनीतिक शैली दोहोरिए अपेक्षित परिणाम हासिल नहुने बताएका छन् । चितवनमा

Read More »

शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षभित्र सङ्घीय शिक्षा ऐन संसदबाट पारित गराउने कार्ययोजना तय गरेको छ। शिक्षासचिव चुडामणि पौडेलले विद्यालय शिक्षामा देखिएका समस्या समाधान गर्नका लागि

Read More »

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा

काठमाडौं । इरानका प्रमुख वार्ताकार तथा संसद सभामुख मोहम्मद बगेर गलिबाफले स्ट्रेट अफ होर्मुजको व्यवस्थापन अब इरानको नियन्त्रणमा रहने बताएका छन् । स्विट्जरल्यान्डबाट फर्किने क्रममा

Read More »