शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षभित्र सङ्घीय शिक्षा ऐन संसदबाट पारित गराउने कार्ययोजना तय गरेको छ। शिक्षासचिव चुडामणि पौडेलले विद्यालय शिक्षामा देखिएका समस्या समाधान गर्नका लागि पनि सरकारले उक्त ऐन आगामी आर्थिक वर्षभित्र संसदबाट पारित गराउने कार्ययोजना तय गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अघि बढेको बताएका हुन्।

मंगलबार सङ्घीय संसद् राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै सचिव पौडेलले उक्त ऐन संसदबाट पारित नभएका कारण विद्यालय शिक्षामा देखिएका विकृति र विसङ्गतिको अन्त्य गर्न नसकिएको स्पष्ट पारे। उनले विद्यालय तहमा देखिएको शिक्षकहरूको दरबन्दीको समस्या पनि उक्त ऐन आएपछि स्वतः हल भएर जाने जिकिर गरे। तीनवटै तहका सरकारबीच शिक्षाको अधिकार बाँडफाँट भएको अवस्थामा यसलाई व्यवस्थित बनाउन सङ्घीय ऐन अपरिहार्य भएको उनको भनाइ छ।

सचिव पौडेलले भने, ‘स्थानीय तहमा शिक्षाको एक किसिमको अधिकार दिइएको अवस्था छ। प्रदेशमा त्यही छ र सङ्घमा पनि छ। यसलाई व्यवस्थित बनाउने भनेको शिक्षा ऐन हो। आउने आर्थिक वर्ष भित्रमा नेपाल सरकारले शिक्षा ऐन पारित गर्ने हिसाबले मन्त्रालयले कार्ययोजना बनाएर अघि बढिसकेको हुँदाखेरी त्यो आएपछि विद्यालय शिक्षासँग रहेका शासकीय सन्दर्भमा, गुणस्तरमा देखिएको समस्याको सन्दर्भमा धेरै विकृतिहरू र शिक्षक म्यानेजमेन्टका सन्दर्भमा देखिएका समस्यालाई त्यसले समाधान गर्छ नै।’

सरकारले उक्त ऐन ल्याउन नसक्दा विद्यालय शिक्षामा प्रशासनिक तथा व्यवस्थापकीय दुवै समस्या देखिएको सचिव पौडेलले बताए। उनले विद्यालय शिक्षाको गुणस्तर बढाउनका लागि पनि तीनवटै तहका सरकारहरूले मिलेर काम गर्नुपर्ने अवस्था रहेको उल्लेख गरे।

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले ओरालो लागेर

Read More »

रास्वपा महाधिवेशन बन्दशत्रमा रविको सम्बोधनः पुरानै शैलीले फरक परिणाम सम्भव छैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र गुट–उपगुट र पुरानै राजनीतिक शैली दोहोरिए अपेक्षित परिणाम हासिल नहुने बताएका छन् । चितवनमा

Read More »

शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षभित्र सङ्घीय शिक्षा ऐन संसदबाट पारित गराउने कार्ययोजना तय गरेको छ। शिक्षासचिव चुडामणि पौडेलले विद्यालय शिक्षामा देखिएका समस्या समाधान गर्नका लागि

Read More »

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा

काठमाडौं । इरानका प्रमुख वार्ताकार तथा संसद सभामुख मोहम्मद बगेर गलिबाफले स्ट्रेट अफ होर्मुजको व्यवस्थापन अब इरानको नियन्त्रणमा रहने बताएका छन् । स्विट्जरल्यान्डबाट फर्किने क्रममा

Read More »

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९ कायम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन हजार ८४९ प्रतिनिधि कायम भएका छन् । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार सार्वजनिक

Read More »

बालेन र सुधन गुरुङको सम्पत्तिमाथि पनि छानबिन हुनुपर्छ : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले पूर्वउपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष बिष्णुप्रसाद पौडेलको सम्पत्तिमाथि छानबिन हुनसक्ने हो भने प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन

Read More »