रास्वपा महाधिवेशन बन्दशत्रमा रविको सम्बोधनः पुरानै शैलीले फरक परिणाम सम्भव छैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र गुट–उपगुट र पुरानै राजनीतिक शैली दोहोरिए अपेक्षित परिणाम हासिल नहुने बताएका छन् ।

चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उनले सबै प्रतिनिधिहरूलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरे ।

उनले पुरानै राजनीतिक अभ्यास, आन्तरिक खिचातानी र शक्ति प्राप्त गर्ने दौडले पार्टीलाई सफलतामा नपु¥याउने बताए । उनले फरक परिणाम चाहिएको भए सोच र कार्यशैलीमै परिवर्तन आवश्यक रहेको स्पष्ट पारे ।

‘म तपाईहरुलाई सम्मान गर्न चाहान्छु । जो जहाँ जसरी आउनुभएको भएपनि हाम्रो उद्देश्य साझा छ । लक्ष्य प्राप्त गर्ने तरिका पनि एकै हुनुपर्छ । राजनीतिक चरित्र उस्तै रह्यो, राजनीतिक खिचातानी उस्तै रह्यो, शक्ति प्राप्त गर्ने दौड उस्तै रह्यो, झन्झन् शक्तिशाली बन्नका लागि गुट–उपगुटको सङ्घर्ष उस्तै रह्यो भने हामीबाट आउने परिणाम उस्तै हुन्छ फरक हुँदैन,’ उनले भने, ‘फरक परिणाम निकाल्ने हो भने केही फरक त सोच्नैपर्छ।

जो जहाँ जसरी आउनुभएको भएपनि हाम्रो उद्देश्य साझा छ । जहाँबाट जसरी आएको भए तापनि यो निलो रङभित्र हामीले राष्ट्रका लागि गर्नुपर्ने प्रतिबद्धता सँगै मिसिएर आएको छ। हिजोकै शैलीले फरक परिणाम निकाल्ने कसैले पनि दिवास्वप्न देखेको छ भने त्यो असफलता तर्फ जान्छ।’

गृहमन्त्री सुधनको अम्लेटमा माछाको काँडा भेटिएपछि दुईजना पक्राउ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सहभागी हुन चितवनमा रहेका गृहमन्त्री सुधन गुरुङको बिहानी खाजाको अम्लेटमा माछाको काँडा भेटिएपछि दुईजना पक्राउ परेका छन् । गृहमन्त्री

Read More »

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले ओरालो लागेर

Read More »

रास्वपा महाधिवेशन बन्दशत्रमा रविको सम्बोधनः पुरानै शैलीले फरक परिणाम सम्भव छैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र गुट–उपगुट र पुरानै राजनीतिक शैली दोहोरिए अपेक्षित परिणाम हासिल नहुने बताएका छन् । चितवनमा

Read More »

शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षभित्र सङ्घीय शिक्षा ऐन संसदबाट पारित गराउने कार्ययोजना तय गरेको छ। शिक्षासचिव चुडामणि पौडेलले विद्यालय शिक्षामा देखिएका समस्या समाधान गर्नका लागि

Read More »

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा

काठमाडौं । इरानका प्रमुख वार्ताकार तथा संसद सभामुख मोहम्मद बगेर गलिबाफले स्ट्रेट अफ होर्मुजको व्यवस्थापन अब इरानको नियन्त्रणमा रहने बताएका छन् । स्विट्जरल्यान्डबाट फर्किने क्रममा

Read More »

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९ कायम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन हजार ८४९ प्रतिनिधि कायम भएका छन् । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार सार्वजनिक

Read More »