जनतालाई खुसी बनाउने गरी सेवालाई चुस्त बनाउनुपर्छ : मन्त्री न्यौपाने

दमौली (तनहुँ), ८ भदौ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले जनतालाई खुसी बनाउने गरी सेवालाई चुस्त बनाउनुपर्ने बताउनुभएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिकाले आज यहाँ आयोजना गरेको स्वागत एवं भेटघाट कार्यक्रममा उहाँले सार्वजनिक निकायबाट प्रवाह हुने सेवा पारदर्शी र सुशासनयुक्त हुनुपर्ने उल्लेख गर्नुभयो । राजनीति गर्नेका लागि जनता नै सबैभन्दा माथि रहने भन्दै मन्त्री न्यौपानेले जनताको सुविधाका लागि जनप्रतिनिधिले काम गर्नुपर्नेमा जोड थियो । उहाँले सार्वजनिक निकायबारे जनताले उठाएका प्रश्न सम्बोधन गर्नेतर्फ जनप्रतिनिधि लाग्नुपर्ने बताउनुभयो । मन्त्री न्यौपानेले भन्नुभयो, “जनता खुसी र सुखी हुनुपर्छ ।

सार्वजनिक निकायले पारदर्शी भएर सेवालाई चुस्त दुरुस्त बनाउन लाग्नुपर्छ । जनताले गर्ने प्रश्नबाट भाग्ने होइन समाधान गर्ने हो ।” उहाँले विकासका कामले गति लिए पनि जनता यत्तिमै सन्तुष्ट नरहेकाले गति बढाउन लाग्नुपर्ने धारणा राख्नुभयो । मन्त्री न्यौपानेले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढेकाले समाजलाई नकारात्मक सन्देश प्रवाह भइरहेको भन्दै प्रविधिको दुरुपयोग रोक्न आवश्यक रहेको बताउनुभयो । त्यस क्रममा शुक्लागण्डकी नगरपालिका प्रमुख कृष्णराज पण्डितले नगरपालिकाले प्रवाह गरिरहेको सेवाका बारेमा मन्त्री न्यौपानेलाई जानकारी गराउनुभएको थियो ।

कांग्रेस नेता निधि र कोइरालाबीच भेटवार्ता

काठमाडौँ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र डा. शेखर कोइरालाबीच भेट भएको छ । संस्थापन इतर समूहका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको एक दिनपछि

Read More »

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ : महालेखा नियन्त्रक कार्यालयले सेवा निवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार २५ गतेसम्म सुविधाबापतको रकम निकासा गरी भुक्तानी गर्न/गराउनका लागि सबै कोष तथा लेखा नियन्त्रक

Read More »

सिँचाइ अभाव हुँदा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ

बाँके । सिँचाइ अभाव हुँदा अकाशे पानीको भरमा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ भएको छ । जिल्लाका केही भू-भागमा सिक्टा सिँचाइ आयोजना र भूमिगत पानीको

Read More »

वर्तमान राजनीतिक परिस्थिति पुराना दलहरूका लागि संकट मात्र होइन, अवसर पनि हो : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान राजनीतिक परिस्थिति पुराना दलहरूका लागि संकट मात्र नभएर आफूलाई पुनर्जीवित गर्ने अवसर पनि भएको बताएका छन् ।

Read More »

सानिमा बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा एपीआईमा आधारित भुक्तानी सेवा सुरु

काठमाडौं । सानिमा बैंक लिमिटेड र स्ट्यान्डर्ड चार्टड बैंक भारतले भारतीय रुपैयाँको बाह्य भुक्तानी कारोबारका लागि अत्याधुनिक एपीआईमा आधारित भुक्तानी प्रणाली सुरु गरेको छ ।

Read More »

एन्फा पदाधिकारीको विदेश यात्रा नरोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष, महासचिव तथा अन्य पदाधिकारी र सदस्यहरूको वैदेशिक भ्रमण तथा अन्तर्राष्ट्रिय सहभागितामा अवरोध नगर्न

Read More »