दाताका भरमा अपाङ्ग जीवन विकास आश्रम

नवलपुर (नवलपरासी), ९ भदौ । बेवारिसे तथा असहाय मानिसको पालनपोषण गर्दै आएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित अपाङ्ग जीवन विकास संस्था (आश्रम) दाताहरुकै भरमा सञ्चालन हुँदै आएको छ । जन्मोत्सव, वर्षगाँठलगायतका विभिन्न शुभकार्यमा दाताहरुले गर्ने सहयोगकैभरमा आश्रम सञ्चालन भइरहेको छ । आश्रमका सञ्चालक गणेश सापकोटाले कर्मचारीलाई पारिश्रमिक तथा आश्रितहरुलाई खाना र स्वास्थ्योपचारका लागि मासिक रु दुई लाख भन्दा बढी खर्च हुने गरेको जानकारी दिनुभयो । “हामीलाई सरकारी निकायबाट कुनै सहयोग छैन” उहाँले भन्नुभयो, “उत्सव तथा विभिन्न समयमा दाताहरुको दानबाट आश्रम चलाउँदै आएका छौँ, केही नियमित दातासमेत हुनुहुन्छ ।”

दाताहरुबाट नगद तथा खाद्यान्नलगायतका जिन्सी सामान सहयोग हुँदै आएको सापकोटाले बताउनुभयो । हाल आश्रममा देशका विभिन्न स्थानबाट उद्धार गरेर ल्याइएका १९ जना असहाय तथा अपाङ्गहरु आश्रित रहेका छन् । जसमध्ये तीन जना महिला तथा दुई जना बालक छन् । आश्रममा संरक्षित व्यक्तिहरुमा मानसिक समस्या भएका, दृष्टिविहीन, बोल्न नसक्ने, खुट्टा तथा अन्य अपाङ्गता भएका व्यक्ति रहेका सापकोटाको भनाइ छ । सडकमा बेवारिसे अवस्थामा भेटिएका व्यक्तिहरुलाई उद्धार गरी उनीहरुलाई आश्रमा ल्याएर आश्रय दिइँदै आएको सापकोटाले बताउनुभयो ।

“हामीले उद्धार गरेर ल्याएकामध्ये धेरैलाई पारिवार खोजी गरी पुनःस्थापना गरेका छौँ” उहाँले भन्नुभयो, “पुनःस्थापना हुन नसकेका व्यक्तिहरु संस्थामा नै बस्दै आउनुभएको छ ।” सामान्य खालका बिरामीका लागि स्वास्थ्यचौकीबाट परीक्षण र औषधि उपचारको व्यवस्था हुने गरेको भए पनि जटिल रोगका बिरामीलाई अस्पताल लगेर उपचार गर्नुपर्ने अवस्था रहेको सापकोटाले बताउनुभयो । आश्रममा अश्रित व्यक्तिलाई आवश्यक पर्ने लुगाफाटा, खाद्यान्नसहितका वस्तु सहयोग गरिदिन उहाँले आग्रह गर्नुभयो । आश्रममा गएर रु पाँच हजार शुल्क सहयोग गरेमा सहयोग गर्ने व्यक्तिको नाममा एक छाकको खाना खुवाइने उहाँले बताउनुभयो ।

कांग्रेस नेता निधि र कोइरालाबीच भेटवार्ता

काठमाडौँ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र डा. शेखर कोइरालाबीच भेट भएको छ । संस्थापन इतर समूहका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको एक दिनपछि

Read More »

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ : महालेखा नियन्त्रक कार्यालयले सेवा निवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार २५ गतेसम्म सुविधाबापतको रकम निकासा गरी भुक्तानी गर्न/गराउनका लागि सबै कोष तथा लेखा नियन्त्रक

Read More »

सिँचाइ अभाव हुँदा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ

बाँके । सिँचाइ अभाव हुँदा अकाशे पानीको भरमा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ भएको छ । जिल्लाका केही भू-भागमा सिक्टा सिँचाइ आयोजना र भूमिगत पानीको

Read More »

वर्तमान राजनीतिक परिस्थिति पुराना दलहरूका लागि संकट मात्र होइन, अवसर पनि हो : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान राजनीतिक परिस्थिति पुराना दलहरूका लागि संकट मात्र नभएर आफूलाई पुनर्जीवित गर्ने अवसर पनि भएको बताएका छन् ।

Read More »

सानिमा बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा एपीआईमा आधारित भुक्तानी सेवा सुरु

काठमाडौं । सानिमा बैंक लिमिटेड र स्ट्यान्डर्ड चार्टड बैंक भारतले भारतीय रुपैयाँको बाह्य भुक्तानी कारोबारका लागि अत्याधुनिक एपीआईमा आधारित भुक्तानी प्रणाली सुरु गरेको छ ।

Read More »

एन्फा पदाधिकारीको विदेश यात्रा नरोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष, महासचिव तथा अन्य पदाधिकारी र सदस्यहरूको वैदेशिक भ्रमण तथा अन्तर्राष्ट्रिय सहभागितामा अवरोध नगर्न

Read More »