मुख्यमन्त्री कार्की र इजरायलका राजदूत बासबीच भेटवार्ता

मोरङ, ११ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपालका लागि इजरायली राजदूत श्मुलिक आरि बासबीच आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा भेटवार्ता भएको छ । सो भेटवार्तामा मुख्यमन्त्री कार्कीले नेपाल र इजरायलबीच ऐतिहासिक मित्रताको सम्बन्ध रहेको चर्चा गर्दै यसलाई अझ सुदृढ बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले कृषि, श्रम, रोजगार, स्वास्थ्यलगायत क्षेत्रमा इजरायलसँग सहकार्य हुँदै आएको बताउँदै नेपाली मुख्यतया कृषि र ‘केयर गिभर’ (हेरचाहकर्ता) का रूपमा इजरायलमा कार्यरत भएकाले यसलाई व्यवस्थित बनाउनुपर्ने धारणा राख्नुभयो । नवप्रवर्तन र प्रविधि हस्तान्तरणमा इजरायलको अनुभव नेपालका लागि उपयोगी हुने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार पनि इजरायल सरकारसँग सहकार्य गर्न तयार रहेको स्पष्ट पार्नुभयो ।

इजरायलको आधुनिक कृषि प्रविधिका माध्यमबाट भएको प्रगतिको प्रशंसा गर्दै उहाँले कोशी प्रदेश कृषि उत्पादनका लागि सम्भावना बोकेको क्षेत्र भएकाले सहकार्यको लागि तयार रहेको बताउनुभयो । मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले कृषिमा उद्यमशीलता विकास गर्न ब्याज अनुदान दिएर युवालाई कृषि पेसामा आकर्षित गर्ने योजना ल्याएको जानकारी गराउनुभयो । उहाँले प्रदेशका कृषकलाई शैक्षिक र व्यावहारिक तालिमको व्यवस्था गर्न सके कृषिका माध्यमबाट आर्थिक विकासमा योगदान पु¥याउन सकिने विश्वास व्यक्त गर्नुभयो । मुख्यमन्त्री कार्कीले नेपाली युवा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “कोशी प्रदेश सरकार महामहिम राजदूतमार्फत जोशीको रिहाइको लागि आग्रह गर्दछ ।” मनमोहन प्राविधिक विश्वविद्यालय बूढीगङ्गा मोरङ, गौरादह कृषि क्याम्पस झापालगायत प्रदेशका कृषि क्याम्पसहरूसँग सहकार्य गरेर अगाडि बढ्नका लागि पनि मुख्यमन्त्री कार्कीले आग्रह गर्नुभयो ।

सो अवसरमा इजरायली राजदूत बासले नेपाल र इजरायलको सम्बन्ध पुरानो र प्रगाढ रहेको धारणा राख्नुभयो । उहाँले पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको पालादेखि नेपाल र इजरायलको सम्बन्ध सुमधुर रहेको बताउनुभयो । इजरायलमा केयर गिभर र कृषि क्षेत्रमा काम गर्ने प्रशस्त अवसरहरू रहेका जनाउँदै त्यसमा सीप, क्षमता विकास गरी जनशक्ति लैजान सकिने बताउनुभयो । कृषि क्षेत्रमा काम गर्न र सहकार्य गर्न इजरायल सरकार तयार रहेको भन्दै उहाँले कोशी प्रदेशसँग पनि आगामी दिनमा सहकार्य गर्न सकिने जानकारी दिनुभयो । नेपालमा कृषि काम गर्ने ५० प्रतिशतभन्दा बढी जनशक्ति भए पनि सोअनुसारको प्रगति नभएको बताउँदै राजदूत बासले इजरायलमा थोरै जनसङ्ख्या कृषिमा काम गर्ने भए पनि उल्लेख्य प्रगति भएको उदाहरण दिनुभयो । उहाँले कृषि क्षेत्रमा नयाँ प्रविधिको प्रयोगमार्फत प्रगति हासिल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

वर्तमान राजनीतिक परिस्थिति पुराना दलहरूका लागि संकट मात्र होइन, अवसर पनि हो : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान राजनीतिक परिस्थिति पुराना दलहरूका लागि संकट मात्र नभएर आफूलाई पुनर्जीवित गर्ने अवसर पनि भएको बताएका छन् ।

Read More »

सानिमा बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा एपीआईमा आधारित भुक्तानी सेवा सुरु

काठमाडौं । सानिमा बैंक लिमिटेड र स्ट्यान्डर्ड चार्टड बैंक भारतले भारतीय रुपैयाँको बाह्य भुक्तानी कारोबारका लागि अत्याधुनिक एपीआईमा आधारित भुक्तानी प्रणाली सुरु गरेको छ ।

Read More »

एन्फा पदाधिकारीको विदेश यात्रा नरोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष, महासचिव तथा अन्य पदाधिकारी र सदस्यहरूको वैदेशिक भ्रमण तथा अन्तर्राष्ट्रिय सहभागितामा अवरोध नगर्न

Read More »

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिए जेल भर्ने आन्दोलन गर्छौं : धवलशम्शेर राणा

काठमाडौं । नेता धवलशम्शेर राणाले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुनेगरी कानुन ल्याइए आफूहरू आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। शुक्रबार पत्रकार सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै राणाले गणतन्त्र

Read More »

बजेटले वित्तीय अनुशासन कायम गर्न सकेन, अर्थतन्त्रको स्वरूप बदल्ने कुरा गफ मात्रै भयो: झाँक्री

काठमाडौँ ।  नेकपा (एमाले) राष्ट्रिय सभाकी सांसद रामकुमारी झाँक्रीले सरकारले वित्तीय अनुशासन कायम नहुने गरी बजेट विनियोजन गरेको आरोप लगाएकी छन्। शुक्रबार राष्ट्रिय सभामा विभिन्न मन्त्रालयहरूको

Read More »

जेन्जी आन्दोलनका क्रममा फरार रहेका चोरी मुद्दाका कैदी पक्राउ

हेटौँडा। जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका चोरी मुद्दाका एक कैदीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–५ निवासी २५

Read More »