भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गरिँदै

बैतडी, ११ भदौ । जिल्लामा रहेका अव्यवस्थित बसोबास गर्ने, भूमिहीन सुकुम्वासी र भूमिहीन दलित परिवारलाई लालपुर्जा वितरण गर्ने तयारी थालिएको छ । लालपुर्जा वितरण गर्ने लक्ष्यअनुसार भूमी समस्या समाधान आयोग जिल्ला समितिले कार्ययोजना बनाएर सदस्यहरूसँग कार्यसम्पादन सम्झौता गरेको हो । समितिको बैठकले अध्यक्षसहित सदस्यहरूलाई जिम्मेवारी बाँडफाँड गर्नुका साथै कार्यसम्पादन सम्झौता गरिसकिएको भूमी समस्या समाधान आयोग, जिल्ला समितिका अध्यक्ष रमेशदत्त पाण्डेयले बताउनुभयो ।

समितिले आगामी माघसम्म गर्न सकिने कामको कार्ययोजना बनाएर सोहीअनुसार जिम्मेवारी बाँडफाँड गरिएको जिल्लास्थित नापी कार्यालयका प्रमुख एवं सदस्यसचिव रणबहादुर रावलले जानकारी दिनुभयो । जिल्लामा रहेका अव्यवस्थित बसोबासी, भूमिहीन सुकुम्वासी र भूमिहीन दलितलाई लालपुर्जा वितरण गर्ने लक्ष्यसहित समितिले काम गरिरहेको अध्यक्ष पाण्डेयले बताउनुभयो । स्थानीय तहहरूमा समितिको कामलाई प्रभावकारी रूपमा अगाडि बढाउन, स्थानीय तहसँग समन्वय र सहकार्य गर्न अध्यक्षसहित सदस्यहरूलाई जिम्मेवारी तोकिएको उहाँको भनाइ छ ।

अध्यक्ष पाण्डेयका अनुसार पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका र दशरथचन्द नगरपालिकामा अध्यक्षको समन्वयमा समितिको तर्फबाट काम हुनेछ । पुर्चौँडी नगरपालिका र सिँगास गाउँपालिकामा समिति सदस्य जगदीश नायकलाई जिम्मेवारी दिइएको छ भने दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकामा समिति सदस्य जानकी अवस्थीलाई जिम्मेवारी दिइएको उहाँले जानकारी दिनुभयो । पाटन नगरपालिका र सुर्नया गाउँपालिकामा समिति सदस्य सरस्वती जोशीलाई जिम्मेवारी दिइएको छ ।

जिल्लाका १० वटै स्थानीय तहमा रहेका भूमिहीनको लगत सङ्कलन गरिसक्ने, आगामी असोजमा प्रमाणीकरण गरिसक्ने, कार्तिकमा जग्गा छनोट तथा नापजाँच गरिसक्ने, मङ्सिरमा श्रेष्ताको तयारी सक्ने र माघमा पुर्जा तयार गरी हस्तान्तरण गर्ने कार्ययोजना बनाइएको अध्यक्ष पाण्डेयले जानकारी दिनुभयो । जिल्लामा अहिलेसम्म दुई हजार ३९१ जनाको निवेदन परेको छ । आयोगले आगामी असोज २ गतेसम्म अन्तिम पटकका लागि आवेदन आह्वान गरेको भूमी समस्या समाधान आयोग जिल्ला समितिले जनाएको छ ।

सानिमा बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा एपीआईमा आधारित भुक्तानी सेवा सुरु

काठमाडौं । सानिमा बैंक लिमिटेड र स्ट्यान्डर्ड चार्टड बैंक भारतले भारतीय रुपैयाँको बाह्य भुक्तानी कारोबारका लागि अत्याधुनिक एपीआईमा आधारित भुक्तानी प्रणाली सुरु गरेको छ ।

Read More »

एन्फा पदाधिकारीको विदेश यात्रा नरोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष, महासचिव तथा अन्य पदाधिकारी र सदस्यहरूको वैदेशिक भ्रमण तथा अन्तर्राष्ट्रिय सहभागितामा अवरोध नगर्न

Read More »

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिए जेल भर्ने आन्दोलन गर्छौं : धवलशम्शेर राणा

काठमाडौं । नेता धवलशम्शेर राणाले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुनेगरी कानुन ल्याइए आफूहरू आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। शुक्रबार पत्रकार सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै राणाले गणतन्त्र

Read More »

बजेटले वित्तीय अनुशासन कायम गर्न सकेन, अर्थतन्त्रको स्वरूप बदल्ने कुरा गफ मात्रै भयो: झाँक्री

काठमाडौँ ।  नेकपा (एमाले) राष्ट्रिय सभाकी सांसद रामकुमारी झाँक्रीले सरकारले वित्तीय अनुशासन कायम नहुने गरी बजेट विनियोजन गरेको आरोप लगाएकी छन्। शुक्रबार राष्ट्रिय सभामा विभिन्न मन्त्रालयहरूको

Read More »

जेन्जी आन्दोलनका क्रममा फरार रहेका चोरी मुद्दाका कैदी पक्राउ

हेटौँडा। जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका चोरी मुद्दाका एक कैदीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–५ निवासी २५

Read More »

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छ : मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु)को

Read More »