बैतडीमा जिप दुर्घटना हुँदा १२ जना घाइते

दशरथचन्द(बैतडी), ११ भदौ । बैतडीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । गोठालापानीबाट खोड्पेतर्फ जाँदै गरेको उग्रतारा यातायातको से १ ज २४५ नम्बरको जिप दुर्घटना हुँदा १२ जना घाइते भएका हुन् । आज दिउँसो २ बजे जिल्लाको दशरथचन्द नगरपालिका–४ शाहिलेक नपुग्दै इश्वरीगङ्गा जाने बाटोमा जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिनुभयो । दशरथचन्द नगरपालिका–४ का ३४ वर्षीय धीरेन्द्र खत्री, २१ वर्षीय लक्ष्मण नाथ, दशरथचन्द–६ का २१ वर्षीय अर्जुन महर, २२ वर्षीय भूपेश जोशी, दशरथचन्द–११ ग्वालेकका ५० वर्षीया हरिना जोशी घाइते भएका छन् ।

यस्तै पुर्चौडी नगरपालिका– ४ का ३८ वर्षीया हीरा भट्ट, २३ वर्षीय जनक भट्ट, पुर्चाैडी–५ का १७ वर्षीय रिकेश पार्की, २८ वर्षीय दिनेश पार्की, पाटन नगरपालिका–९ का १८ वर्षीय कविराज भट्ट, २१ वर्षीय जनक भट्ट र पाटन नगरपालिका– ३ का ४२ वर्षीय डम्मरदत्त भट्ट घाइते भएको प्रहरी निरीक्षक बडूले बताउनुभयो । घाइतेमध्ये अर्जुन, दिनेश र कबिराज गम्भीर रहेको प्रहरी निरीक्षक बडूले जानकारी दिनुभयो । बाँकीको अवस्था सामान्य रहेको छ । घाइते सबैको उद्धार गरी जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । दुर्घटनाको कारण भने थाहा हुन सकेको छैन । जिप सडकबाट करिब ७० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जिपमा चालकसहित जम्मा १३ जना सवार थिए । चालक रोशन भट्टलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक बडूले बताउनुभयो ।

सानिमा बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा एपीआईमा आधारित भुक्तानी सेवा सुरु

काठमाडौं । सानिमा बैंक लिमिटेड र स्ट्यान्डर्ड चार्टड बैंक भारतले भारतीय रुपैयाँको बाह्य भुक्तानी कारोबारका लागि अत्याधुनिक एपीआईमा आधारित भुक्तानी प्रणाली सुरु गरेको छ ।

Read More »

एन्फा पदाधिकारीको विदेश यात्रा नरोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष, महासचिव तथा अन्य पदाधिकारी र सदस्यहरूको वैदेशिक भ्रमण तथा अन्तर्राष्ट्रिय सहभागितामा अवरोध नगर्न

Read More »

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिए जेल भर्ने आन्दोलन गर्छौं : धवलशम्शेर राणा

काठमाडौं । नेता धवलशम्शेर राणाले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुनेगरी कानुन ल्याइए आफूहरू आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। शुक्रबार पत्रकार सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै राणाले गणतन्त्र

Read More »

बजेटले वित्तीय अनुशासन कायम गर्न सकेन, अर्थतन्त्रको स्वरूप बदल्ने कुरा गफ मात्रै भयो: झाँक्री

काठमाडौँ ।  नेकपा (एमाले) राष्ट्रिय सभाकी सांसद रामकुमारी झाँक्रीले सरकारले वित्तीय अनुशासन कायम नहुने गरी बजेट विनियोजन गरेको आरोप लगाएकी छन्। शुक्रबार राष्ट्रिय सभामा विभिन्न मन्त्रालयहरूको

Read More »

जेन्जी आन्दोलनका क्रममा फरार रहेका चोरी मुद्दाका कैदी पक्राउ

हेटौँडा। जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका चोरी मुद्दाका एक कैदीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–५ निवासी २५

Read More »

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छ : मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु)को

Read More »