तालिबानका विदेशमन्त्री भारत भ्रमणमा, स्वागतमा प्रयोग गर्ने झण्डाबारे कूटनीतिक सकस

काठमाडौं, २३ असोज । अफगानिस्तानको तालिबान सरकारका कार्यवाहक विदेशमन्त्री अमिर खान मुत्तकी एक साता लामो भ्रमणका लागि आज नयाँ दिल्ली आइपुगेका छन् । सन् २०२१ को अगस्टमा तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि काबुलबाट नयाँ दिल्लीमा भएको यो पहिलो मन्त्रीस्तरीय भ्रमण हो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भनेका छन्, ‘अफगानिस्तानका विदेशमन्त्री मौलवी अमिर खान मुत्तकीलाई नयाँ दिल्लीमा न्यानो स्वागत छ । हामी उहाँसँग द्विपक्षीय सम्बन्ध र क्षेत्रीय मुद्दाहरूमा वार्ताका लागि उत्सुक छौँ ।’

यो भ्रमणले भारतीय विदेश मन्त्रालयसामु एउटा अनौठो कूटनीतिक संकट सिर्जना गरेको छ । मुत्तकीले शुक्रबार भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गर्ने सम्भावना छ । तर, भेटवार्ताको समयमा कुन देशको झण्डा प्रयोग गर्ने भन्ने प्रश्नले भारतलाई अप्ठ्यारोमा पारेको छ ।

झण्डाको प्रोटोकल बन्यो चुनौती
भारतले अहिलेसम्म तालिबान नेतृत्वको अफगान सरकारलाई आधिकारिक मान्यता दिएको छैन । यही कारणले भारतले नयाँ दिल्लीस्थित अफगान दूतावासमा तालिबानको झण्डा फहराउन अनुमति दिएको छैन । दूतावासमा अझै पनि पूर्वराष्ट्रपति असरफ गनी नेतृत्वको ‘इस्लामिक रिपब्लिक अफ अफगानिस्तान’कै झण्डा फहराइन्छ । तर, कूटनीतिक प्रोटोकल अनुसार जब दुई देशका मन्त्रीहरूबीच भेटवार्ता हुन्छ, तब आयोजक र पाहुना दुवै देशको झण्डा उनीहरूको पछाडि वा टेबलमा राख्नुपर्ने हुन्छ ।

भारतले तालिबानलाई मान्यता नदिएकाले यो संकटबाट पार पाउन भारतीय अधिकारीहरूले विकल्प खोजिरहेका छन् । यसअघि भारतीय अधिकारी र मुत्तकीबीच भएका अन्य भेटवार्तामा झण्डाको विषयलाई चलाखीपूर्वक पन्छाइएको थियो । गत जनवरीमा दुबईमा भारतीय विदेश सचिव विक्रम मिस्री र मुत्तकीबीचको भेटमा कुनै पनि झण्डा प्रयोग गरिएको थिएन । तर, यो भेट दिल्लीमै हुन लागेकाले यसले ठूलो कूटनीतिक चुनौती खडा गरेको छ ।

सन् २०२१ मा अमेरिकी सेना फिर्ता भएपछि तालिबानले सत्ता सम्हालेसँगै भारतले काबुलस्थित आफ्नो दूतावास बन्द गरेको थियो । त्यसयता दुई देशबीच कुनै औपचारिक सम्बन्ध छैन, तर भारतले अफगानिस्तानसँग ‘पर्दा पछाडिको कूटनीति’ भने जारी राखेको छ । अन्तर्राष्ट्रिय मामिलाका विज्ञ तथा जेएनयूका एसोसिएट प्रोफेसर राजन राजका अनुसार, यो भ्रमणले भारतले अब तालिबान सरकारलाई गम्भीरतापूर्वक लिएको र अफगानिस्तानको प्रतिनिधि संस्थाको रूपमा स्वीकार गर्न थालेको स्पष्ट संकेत दिन्छ । उनी भन्छन्, ‘भारतलाई अब थाहा भइसकेको छ कि तालिबान अफगानिस्तानमा लामो समयसम्म रहन सक्छ, त्यसैले उनीहरूसँग वार्ता आवश्यक छ ।’

भ्रमणको एजेन्डा के हुन सक्छ?
विदेश मन्त्रालयका स्रोतहरूका अनुसार, मुत्तकी र जयशंकरबीचको भेटमा अफगानिस्तानमा मानवीय सहायता, भिसा, व्यापारीहरूका लागि सुविधा, चाबहार बन्दरगाह जोड्ने मार्ग, क्षेत्रीय सुरक्षा र आतंकवाद नियन्त्रण जस्ता विषयमा छलफल हुन सक्छ । साथै, अफगान सरकारको अन्तर्राष्ट्रिय मान्यताको विषयमा पनि कुराकानी हुने सम्भावना छ ।

प्रोफेसर राजनका अनुसार, अफगानिस्तान भारतमार्फत आफूमाथि लागेका व्यापारिक र आर्थिक प्रतिबन्धहरू कम गराउन चाहन्छ । अर्कोतर्फ, रुस, चीन र अमेरिकाजस्ता शक्ति राष्ट्रहरूले अफगानिस्तानसँग संवाद गरिरहेको अवस्थामा भारत पछि पर्न चाहँदैन । ‘भारतको यो कदम पछाडि ‘फोमो’अर्थात् पछि परिने हो कि भन्ने डर पनि हुन सक्छ’, उनी भन्छन् । भारतले अफगानिस्तानमा गरेको पूर्वाधार विकासको लगानी सुरक्षित गर्न र आफ्नो भूमि भारतविरुद्ध प्रयोग हुन नदिन तालिबानसँगको संवाद आवश्यक ठानेको देखिन्छ ।

विशेषज्ञदेखि मिर्गौला प्रत्यारोपणसम्म, एसएसएफ र पीएफ सदस्यका लागि किस्टमा व्यापक स्वास्थ्य सेवा

काठमाडौं। स्वास्थ्य उपचारलाई सबैका लागि सहज र पहुँचयोग्य बनाउने उद्देश्यका साथ किस्ट शिक्षण अस्पताल ले सामाजिक सुरक्षा कोष (एसएसएफ) तथा कर्मचारी सञ्चय कोष (पीएफ) अन्तर्गत

Read More »

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

काठमाडौं । फिफा विश्वकप फुटबलअन्तर्गत अन्तिम ३२ को खेलमा मेक्सिकोले इक्वेडरलाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ । मेक्सिकोले खेलको

Read More »

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ४० हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार १५७ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २१ लाख ४० हजार ५४६ राजस्व

Read More »

साउदी जेलमा रहेका ३३ नेपालीले पाए आममाफी

काठमाडौँ : साउदी अरब सरकारले त्यहाँका जेलमा रहेका ३३ जना नेपाली कैदीहरूलाई आममाफी दिएको छ । मुस्लिम समुदायको पवित्र महिना रमजानको पावन अवसरमा साउदीले नेपाली

Read More »

भारत र चीनलाई प्राथमिकतामा राखेर परराष्ट्र नीति बनाउनुपर्छ : बाबुराम भट्टराई

काठमाडौँ : पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भारत र चीनलाई प्राथमिकतामा राखेर विदेशी नीति बनाउन परराष्ट्रमन्त्रालयलाई सुझाव दिएका छन् । परराष्ट्र मन्त्रालयद्वारा आयोजित प्रोफेसर यदुनाथ खनाल लेक्चर

Read More »

विष्णु पौडेल रिट : सर्वोच्चले झिकायो सुलभ अग्रवाल र दीपक भट्टको फाइल

काठमाडौं : सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग जोडिएको बन्दीप्रत्यक्षीकरण रिटमा गम्भीर चासो देखाउँदै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल

Read More »