भारत र चीनलाई प्राथमिकतामा राखेर परराष्ट्र नीति बनाउनुपर्छ : बाबुराम भट्टराई

काठमाडौँ : पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भारत र चीनलाई प्राथमिकतामा राखेर विदेशी नीति बनाउन परराष्ट्रमन्त्रालयलाई सुझाव दिएका छन् । परराष्ट्र मन्त्रालयद्वारा आयोजित प्रोफेसर यदुनाथ खनाल लेक्चर सिरिज कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले भारत र चीन उदीयमान महाशक्ति राष्ट्र भएकाले त्यसको प्रभावलाई सामना गर्नका लागि परराष्ट्र नीति बनाउनुपर्ने उल्लेख गरे । उनले भनेका छन्, ‘भारत र चीन नेपालका छिमेकी भएकाले नेपालले दुवैको बढ्दो वैश्विक शक्ति र प्रभावको सामना गर्न आफ्नो परराष्ट्र नीतिलाई सावधानीपूर्वक पुनः समायोजन गर्नुपर्नेछ ।’

अमेरिकी आधिपत्यको युग समाप्त हुँदै छ र विश्व बहुध्रुवीय व्यवस्थातर्फ अघि बढिरहेको उल्लेख गर्दै उनले बहुध्रुवीय व्यवस्थातर्फ शक्तिशाली देशका रूपमा भारत र चीन आउँदैछन्, नेपालले त्यसलाई मध्यनजर गर्दै आफ्नो परराष्ट्र नीति समायोजन गर्ने बताएका छन् । उनले भने, ‘यदि हामीले चीन र भारत दुवैको बढ्दो आर्थिक प्रगतिको फाइदा उठाउन सक्यौँ र हाम्रो भूराजनीतिक स्थितिलाई अवरोधबाट अवसरमा परिणत गर्न सक्यौँ भने हामी नेपालको आर्थिक विकासको यो दीर्घकालीन संरचनागत अवरोधलाई समाधान गर्न सक्छौँ ।

भारत र चीनका लागि नेपालले पुलको काम गर्नुपर्ने सुझाव उनले दिए । सन् २०१२ मा चिनियाँ प्रधानमन्त्री वेन जियाबाओको नेपाल भ्रमणक बेला आफूसँगको भेटमा चीन र भारतबिच साझा आर्थिक समृद्धिका लागि नेपालले पुलका रुपमा काम गर्ने सुझाव दिएको उनले बताए । भने, ‘हामीलाई एउटा यस्तो रोडम्याप चाहिन्छ, जसले नेपाललाई असल तटस्थता र अद्वितीय भूगोलको उपयोग गर्दै दुवै छिमेकीबिच एक जीवन्त र गतिशील कडीका रूपमा काम गर्न अनुमति दिओस् ।’

भारत र चीन आणविक शक्ति एवं उदीयमान आर्थिक महाशक्तिहरूको मिलनविन्दुमा रहेको नेपालजस्तो देशका लागि कुनै पनि एकल सैद्धान्तिक दृष्टिकोणले तीव्र रूपमा परिवर्तन भइरहेको विश्व व्यवस्थाको सामना गर्न पूर्ण रुपमा तयार नरहेको धारणा उनले राखे । नेपालको परराष्ट्र नीतिका लागि नयाँ रणनीतिक दिशा तय गर्न बहुलवादी दृष्टिकोण आवश्यक रहेको बताउँदै उनले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र परराष्ट्र नीति व्यावहारिक आदर्शवादद्वारा निर्देशित हुनुपर्ने बताए ।

नेपालको परराष्ट्र नीतिले पहिलो प्राथमिकतामा देशको क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताको रक्षा र दिगो आर्थिक विकासको सुनिश्चिततालाई राख्नुपर्ने बताउँदै उनले आर्थिक रूपमा परनिर्भर भएसम्म व्यवहारमा पूर्ण रूपमा स्वतन्त्र हुन नसक्ने बताए ।

राजनीतिक स्वतन्त्रताको रक्षाका लागि नेपाललाई आर्थिक विकास आवश्यक रहेको कुरामा जोड दिँदै उनले छिमेकीहरूको सुरक्षा चासोप्रति संवेदनशील रहँदै उनीहरू बिच पूर्ण तटस्थता कायम राख्नुपर्ने धारणा राखे । शान्ति राष्ट्रका रूपमा रहेको नेपालले युद्ध र हिंसाविरुद्ध अग्रणी आवाज बन्नसक्छ भन्दै उनले यस पहिचानको निर्माणका लागि वैज्ञानिक मानववाद एक मार्गदर्शक दर्शनका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।

के दुई ठुला ढुंगाबिच लालीगुराँस बाँच्न र फस्टाउन सक्छ भनी प्रश्नबाट आफ्नो भनाइ राखेका पूर्वप्रधानमन्त्री भट्टराईले नेपालको वर्णन ‘तरुल’भन्दा फूलको रूपमा गर्दा राम्रो हुने बताए । उनले वर्षौँपहिले स्थापना भएको यो देश विश्वकै सबैभन्दा सुन्दर देशहरूमध्ये एकका रूपमा स्थापित भएकाले यसलाई फूल नै मान्नुपर्ने उनको भनाइ थियो ।

साउदी जेलमा रहेका ३३ नेपालीले पाए आममाफी

काठमाडौँ : साउदी अरब सरकारले त्यहाँका जेलमा रहेका ३३ जना नेपाली कैदीहरूलाई आममाफी दिएको छ । मुस्लिम समुदायको पवित्र महिना रमजानको पावन अवसरमा साउदीले नेपाली

Read More »

भारत र चीनलाई प्राथमिकतामा राखेर परराष्ट्र नीति बनाउनुपर्छ : बाबुराम भट्टराई

काठमाडौँ : पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भारत र चीनलाई प्राथमिकतामा राखेर विदेशी नीति बनाउन परराष्ट्रमन्त्रालयलाई सुझाव दिएका छन् । परराष्ट्र मन्त्रालयद्वारा आयोजित प्रोफेसर यदुनाथ खनाल लेक्चर

Read More »

विष्णु पौडेल रिट : सर्वोच्चले झिकायो सुलभ अग्रवाल र दीपक भट्टको फाइल

काठमाडौं : सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग जोडिएको बन्दीप्रत्यक्षीकरण रिटमा गम्भीर चासो देखाउँदै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल

Read More »

नेपाल–चीन सम्बन्धको भविष्य युवाकै हातमा : चिनियाँ राजदूत

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले नेपाल र चीन दुवै देशको भविष्य तथा द्विपक्षीय सम्बन्धको साँचो युवाकै हातमा रहेको बताएका छन् । चाइना–नेपाल युथ

Read More »

देउवा पक्षीय कांग्रेस नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेला जारी

दाङ : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेला दाङको लमहीमा सुरु भएको छ । पार्टीको आन्तरिक संगठन सुदृढीकरण, आगामी राजनीतिक

Read More »

इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार

काठमाडौँ : इरानले संयुक्त राज्य अमेरिकासँग आगामी प्रत्यक्ष वार्ताको रिपोर्टलाई अस्वीकार गरेको छ भने आउँदा दिनमा कुनै पनि स्तरमा दुई राष्ट्रहरू बीच कुनै वार्ता नहुने

Read More »