इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार

काठमाडौँ : इरानले संयुक्त राज्य अमेरिकासँग आगामी प्रत्यक्ष वार्ताको रिपोर्टलाई अस्वीकार गरेको छ भने आउँदा दिनमा कुनै पनि स्तरमा दुई राष्ट्रहरू बीच कुनै वार्ता नहुने पुष्टि गर्दै इरानी प्रतिनिधिमण्डल सम्झौताको अनुगमन गर्न दोहा जाने जनाइएको छ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले तेहरानले नयाँ राजनीतिक वार्ता सुरु गर्नुको सट्टा विद्यमान एमओयूको प्राविधिक कार्यान्वयनलाई कडाइका साथ प्राथमिकता दिएको स्पष्ट पारेको तसनीम समाचार एजेन्सीले जनाएको छ ।

इरान सम्झौता कार्यन्वयनमा प्रतिवद्ध रहको विषयमा जोड दिदै बाघाईले इरानको एक विशेषज्ञ प्रतिनिधिमण्डल यस हप्ता कतारको दोहामा पठाइने घोषणा गरेका छन् ।

सम्झौता अनुरुप अमेरिकाले इरानी तेल बिक्रीलाई सहज बनाउन आवश्यक अनुमतिहरू जारी गरिसकेको पुष्टि गर्दै, बाघाईले इरानले सम्झौताको अनुच्छेद –११ मा ध्यान केन्द्रित गरी ती अनुमतिहरूको व्यावहारिक कार्यान्वयनलाई पछ्याइरहेको बताएका छन्। जसले इरानको वित्तीय सम्पत्तिहरूको व्यवस्थापन र नियन्त्रण गर्दछ ।

अमेरिकी प्रतिनिधिहरूद्वारा कतारको भ्रमण इरानी प्रतिनिधिमण्डलको कार्यभारसँग पूर्ण रूपमा “असम्बन्धित“ भएको भन्दै बाघाईले यो समयमा थप कूटनीतिक कार्यक्रमहरू गर्ने बारे भएको अनुमानलाई अस्वीकार गरेका छन् ।

तास्निम समाचार एजेन्सीका अनुसार अन्तिम सम्झौतामा वार्ताको सम्भावित सक्रियताको बारेमा सोधिएको प्रश्नमा बाघाईले प्रक्रिया अझै सुरु नभएको उल्लेख गर्दै अहिलेसम्म अन्तिम सम्झौताका लागि वार्ताको चरणमा प्रवेश नगरेको बताएका छन् ।

उनले सहमति अन्तर्गत अन्तिम सम्झौताका लागि औपचारिक वार्ता गर्दा विशेष गरी धारा १,४,५,१० र ११ को सफल पहल र दिगो कार्यान्वयन आवाश्यक रहेको कुरामा जोड दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार कतारको दोहामा मङ्गलबार इरानसँग उच्चस्तरीय कूटनीतिक वार्ता हुने घोषणा गरे पछि अमेरिकी विशेष दूत स्टिभ विटकोफ कतारको दोहा जाँदै गर्दा उनको यस्तो टिप्पणी आएको हो ।

दुई अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सिएनएनले विटकोफ हाल कतारको राजधानीको यात्रामा रहेको बताएको छ ।

यसै बीच, इरानका राष्ट्रपति मसूद पेजेस्कियनले अमेरिकाले जवाफ दिएमा इरानले पनि आफ्नो प्रतिबद्धतालाई मुर्त रुप दिने बताएका छन् ।

सोमबार सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै पेजेस्कियनले आपसी समझदारी दुईतर्फी मार्ग दर्शन भएको बताउँदै यदि अमेरिकी पक्षले सम्झौताको पालना गरे पछि आफुहरु पनि सम्झौता प्रति प्रतिबद्ध रहेको बताएका छन् ।

इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार

काठमाडौँ : इरानले संयुक्त राज्य अमेरिकासँग आगामी प्रत्यक्ष वार्ताको रिपोर्टलाई अस्वीकार गरेको छ भने आउँदा दिनमा कुनै पनि स्तरमा दुई राष्ट्रहरू बीच कुनै वार्ता नहुने

Read More »

वन तथा वन्यजन्तु संरक्षणका लागि बजेट अभाव चुनौती : मन्त्री चौधरी

जनकपुरधाम । मधेस प्रदेशका वन तथा वातावरणमन्त्री शंकर प्रसाद चौधरीले वन तथा वन्यजन्तुको संरक्षण तथा व्यवस्थापनका लागि संघ र प्रदेश सरकारको बजेट पर्याप्त नभएको बताएका

Read More »

विदेशिएका नागरिकलाई स्वदेशमा फर्किने वातावरण बनाउनुपर्छ : सभामुख

काठमाडौँ : सभामुख डोल प्रसाद अर्यालले नेपाललाई समृद्ध राष्ट्र बनाएर बाहिर रहेका लाखौ नागरिकलाई स्वदेशमा फर्किने वातावरण बनाउनुपर्ने बताएका छन् । संसद् दिवसका अवसरमा मंगलबार

Read More »

शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता : आङदेम्बे

काठमाडौँ : नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वर्तमान शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता भएको बताएका छन्। ६८औँ संसद् दिवसका अवसरमा मंगलबार सिंहदरबारमा

Read More »

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

काठमाडौँ : सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद पौडेलको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने भएको छ। मंगलबारका लागि तोकिएको पेसीको

Read More »

राप्रपा अध्यक्षमा लिङ्देनविरुद्ध उठ्ने शाहीको तयारी

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलका नेता तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले पार्टीको आसन्न महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । राप्रपाभित्र

Read More »