काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलका नेता तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले पार्टीको आसन्न महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् ।
राप्रपाभित्र पनि नेतृत्वमा पुस्तान्तरण हुनुपर्ने भन्दै उनले अध्यक्षमै लड्ने तय गरेका हुन् । शाही अहिले राप्रपाको संसदीय दलका नेता छन् ।राप्रपाको महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौँमा हुँदै छ ।
उक्त महाधिवेशनबाट अध्यक्ष राजेन्द्र लिङदेन फेरि दोहोरिने योजनामा छन् । यद्यपि उनले आधिकारिकरुपमा उम्मेदवारी घोषणा गर्न बाँकी छ ।









