शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता : आङदेम्बे

काठमाडौँ : नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वर्तमान शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता भएको बताएका छन्।

६८औँ संसद् दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको बलिदानीबाट प्राप्त उपलब्धिलाई सङ्कटमा पार्ने काम कसैबाट पनि हुन नहुनेमा जोड दिए।

नेता आङदेम्बेले नेतृत्वको अकर्मण्यता र सोचको कमीलाई ढाकछोप गर्न शासकीय स्वरूपमाथि प्रश्न उठाउने गरिएको टिप्पणी गरे। सात प्रदेश र तीन तहको सरकारसहितको वर्तमान संघीय संरचना नेपाली जनताको लामो सङ्घर्षको ऐतिहासिक निष्कर्ष भएको भन्दै उनले कुनै लहर, आवेग वा उत्तेजनाका भरमा यसलाई अनिर्णयको बन्दी बनाउन नहुने चेतावनी दिए।

‘आज हामी त्यही शासकीय स्वरूपमाथि धावा बोल्ने ठाउँतर्फ फर्किएर गएको जस्तो अनुभूति भइरहेको छ, जुन राम्रो होइन,’ आङदेम्बेले भने, ‘हाम्रो अकर्मण्यता र अपरिपक्व सोचको दोष शासकीय स्वरूपलाई थोपर्न थाल्यौँ। अभ्यास नै नगरिकन प्रश्न उठाउनु गलत हो।’

उनले संघीयताअन्तर्गतको संरचनालाई जनताले वास्तविक अनुभूति गर्ने गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै ऐतिहासिक प्राप्तिका रूपमा रहेको वर्तमान व्यवस्थाप्रति संशय पैदा गर्ने काम कसैले गर्न नहुने तर्क गरे।

संसद् दिवसलाई केवल औपचारिक उत्सवका रूपमा मात्र नलिई देश र जनताप्रतिको दृढ प्रतिबद्धताका रूपमा मनाउनुपर्नेमा उनको जोड थियो।

आङदेम्बेले उक्त प्रतिबद्धतालाई ठोस अठोट र सङ्कल्पमा बदल्दै प्रभावकारी रूपमा अघि बढ्न सबै राजनीतिक दल तथा सरोकारवालाहरूलाई आह्वान गरे।

वन तथा वन्यजन्तु संरक्षणका लागि बजेट अभाव चुनौती : मन्त्री चौधरी

जनकपुरधाम । मधेस प्रदेशका वन तथा वातावरणमन्त्री शंकर प्रसाद चौधरीले वन तथा वन्यजन्तुको संरक्षण तथा व्यवस्थापनका लागि संघ र प्रदेश सरकारको बजेट पर्याप्त नभएको बताएका

Read More »

विदेशिएका नागरिकलाई स्वदेशमा फर्किने वातावरण बनाउनुपर्छ : सभामुख

काठमाडौँ : सभामुख डोल प्रसाद अर्यालले नेपाललाई समृद्ध राष्ट्र बनाएर बाहिर रहेका लाखौ नागरिकलाई स्वदेशमा फर्किने वातावरण बनाउनुपर्ने बताएका छन् । संसद् दिवसका अवसरमा मंगलबार

Read More »

शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता : आङदेम्बे

काठमाडौँ : नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वर्तमान शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता भएको बताएका छन्। ६८औँ संसद् दिवसका अवसरमा मंगलबार सिंहदरबारमा

Read More »

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

काठमाडौँ : सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद पौडेलको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने भएको छ। मंगलबारका लागि तोकिएको पेसीको

Read More »

राप्रपा अध्यक्षमा लिङ्देनविरुद्ध उठ्ने शाहीको तयारी

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलका नेता तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले पार्टीको आसन्न महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । राप्रपाभित्र

Read More »

यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते

काठमाडौं । कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको शिवपुरी बस

Read More »