तटबन्ध भत्किँदा करोडौँको माछा बगायो

जलेश्वर (महोत्तरी), २३ असोज। यहाँको रातो नदीले तटबन्ध भत्काउँदा माछापालक किसानका करोडौँ मूल्य बराबरको माछा बगाएको छ । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकाका ८०० हेक्टर पोखरीमध्ये ४०० हेक्टर पोखरीमा बाढीको पानी पसेर अनुमानित रु १० करोड बढी मूल्य बराबरको माछा बगाएको माछापालकहरुको दाबी छ ।

गत आइतबार र सोमबारको बाढीले सदरमुकाम जलेश्वर नगरपालिकासहित मटिहानी, बलवा, लोहारपट्टी, मनरासिश्वा नगरपालिका र एकडारा, महोत्तरी, पिपरा गाउँपालिकाको करिब दुई सयवटा पोखरीको करिब ३५ हजार क्वीन्टल माछा बगाएको माछापालक मनरासिश्वा–५ का रामसुदिश शरणले जानकारी दिनुभयो ।

सो तटबन्ध भत्किँदा रामविशेष शरण, सुशिलसहनी, भरत सहनी, जामुनमुखिया, सुनिल साह, शङ्कर साह, रञ्जीत शरण, फूलकुमारीदेवी, मरमानन्द मुखिया, ईनरजीत मुखियालगायतका दर्जनौँ पोखरी डुबेको तथा करोडौँ मूल्य बराबरको माछा बगाएको जलेश्वर नगरपालिका–१ का माछापालक शङ्कर साहले बताउनुभयो । बैङ्कबाट कर्जा लिएर पालन गरेको माछा बाढीले बगाएपछि पीडितहरुले सरकारसँग अनुदान तथा क्षतिपूर्तिको माग गरेका छन् ।

विशेषज्ञदेखि मिर्गौला प्रत्यारोपणसम्म, एसएसएफ र पीएफ सदस्यका लागि किस्टमा व्यापक स्वास्थ्य सेवा

काठमाडौं। स्वास्थ्य उपचारलाई सबैका लागि सहज र पहुँचयोग्य बनाउने उद्देश्यका साथ किस्ट शिक्षण अस्पताल ले सामाजिक सुरक्षा कोष (एसएसएफ) तथा कर्मचारी सञ्चय कोष (पीएफ) अन्तर्गत

Read More »

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

काठमाडौं । फिफा विश्वकप फुटबलअन्तर्गत अन्तिम ३२ को खेलमा मेक्सिकोले इक्वेडरलाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ । मेक्सिकोले खेलको

Read More »

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ४० हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार १५७ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २१ लाख ४० हजार ५४६ राजस्व

Read More »

साउदी जेलमा रहेका ३३ नेपालीले पाए आममाफी

काठमाडौँ : साउदी अरब सरकारले त्यहाँका जेलमा रहेका ३३ जना नेपाली कैदीहरूलाई आममाफी दिएको छ । मुस्लिम समुदायको पवित्र महिना रमजानको पावन अवसरमा साउदीले नेपाली

Read More »

भारत र चीनलाई प्राथमिकतामा राखेर परराष्ट्र नीति बनाउनुपर्छ : बाबुराम भट्टराई

काठमाडौँ : पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भारत र चीनलाई प्राथमिकतामा राखेर विदेशी नीति बनाउन परराष्ट्रमन्त्रालयलाई सुझाव दिएका छन् । परराष्ट्र मन्त्रालयद्वारा आयोजित प्रोफेसर यदुनाथ खनाल लेक्चर

Read More »

विष्णु पौडेल रिट : सर्वोच्चले झिकायो सुलभ अग्रवाल र दीपक भट्टको फाइल

काठमाडौं : सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग जोडिएको बन्दीप्रत्यक्षीकरण रिटमा गम्भीर चासो देखाउँदै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल

Read More »