हुलाकको सार्थकता घटेको छैन : सञ्चारमन्त्री खरेल

काठमाडौँ, २३ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बदलिँदो विश्वव्यापी परिवेशमा हुलाक सेवाको आवश्यकता झनै बढेको बताउनुभएको छ । १५१औँ विश्व हुलाक दिवसका अवसरमा हुलाक सेवा विभागले आज आयोजना गरेको कार्यक्रममा उहाँले हुलाक सेवालाई समयानकूल सुधार गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । “हुलाकको आवश्यकता र सार्थकता घटेको छैन”, मन्त्री खरेलले भन्नुभयो, “हुलाक सेवालाई आधुनिक, प्रतिस्पर्धी र व्यावसयिक बनाउनुपर्छ ।”

सरकार हुलाक सेवाको व्यावसायिकीकरण गर्ने पक्षमा रहेको उल्लेख गर्दै उहाँले यसबाट मात्रै हुलाक सेवाको विश्वव्यापी पहुँच अभिवृद्धि गर्न सकिने बताउनुभयो । “स्थानीय तह र समुदाय, परिवार र व्यक्तिको तहसम्म हुलाक सेवा पु¥याउनुपर्छ । विश्वको जुनसुकै देशमा रहेका नेपालीका बीचमा हुलाक सेवाको पहुँच हुनुपर्छ”, मन्त्री खरेलले भन्नुभयो । उहाँले हुलाक सेवालाई सुदृढ बनाउन मन्त्रालय सदैव सकारात्मक रहेको उल्लेख गर्नुभयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले सूचना प्रविधिको विकास र सरकारका केही नीतिका कारण हुलाक सेवा केही ओझेलमा परे पनि यसको महत्व नघटेको बताउनुभयो । उहाँले भन्नुभयो, “सूचना प्रविधिको प्रयोगमामार्फत ‘स्मार्ट हुलाक’ बनाउनेतर्फ लाग्नुपर्छ ।”

विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले हुलाक सेवालाई ‘स्मार्ट’ बनाएर नागरिकको घरदैलोमा पुग्ने सपना पूरा गर्न स्रोतसाधनको उचित प्रबन्ध गरिदिन सरकारसँग आग्रह गर्नुभयो । सो अवसरमा मन्त्री खरेलले नेपाली क्रिकेट टोली (महिला र क्वालिफाइड यु–२०), महोत्तरीको महिटहानीस्थित लक्ष्मीनारायण मन्दिर, मुस्ताङको लोमान्थाङस्थित सिजा झोङ गुफा र शिक्षाविद् डा हर्कबहादुर बुढा मगरको तस्बीर अङ्कित टिकटमा टाँचा लगाउनुभएको थियो । कार्यक्रममा ‘फिलाटेलिक’, उत्कृष्ट कर्मचारीलगायतलाई सम्मान गरिएको थियो । दिवसका अवसरमा विभाग परिसरमा विभिन्न हुलाक टिकट प्रदर्शन गरिएको थियो । ‘नागरिकका लागि हुलाक, स्थानीय सेवा र विश्वव्यापी पहुँच’ भन्ने नाराका विश्वव्यापी रुपमा आज विश्व हुलाक दिवस मनाइँदैछ ।

विशेषज्ञदेखि मिर्गौला प्रत्यारोपणसम्म, एसएसएफ र पीएफ सदस्यका लागि किस्टमा व्यापक स्वास्थ्य सेवा

काठमाडौं। स्वास्थ्य उपचारलाई सबैका लागि सहज र पहुँचयोग्य बनाउने उद्देश्यका साथ किस्ट शिक्षण अस्पताल ले सामाजिक सुरक्षा कोष (एसएसएफ) तथा कर्मचारी सञ्चय कोष (पीएफ) अन्तर्गत

Read More »

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

काठमाडौं । फिफा विश्वकप फुटबलअन्तर्गत अन्तिम ३२ को खेलमा मेक्सिकोले इक्वेडरलाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ । मेक्सिकोले खेलको

Read More »

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ४० हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार १५७ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २१ लाख ४० हजार ५४६ राजस्व

Read More »

साउदी जेलमा रहेका ३३ नेपालीले पाए आममाफी

काठमाडौँ : साउदी अरब सरकारले त्यहाँका जेलमा रहेका ३३ जना नेपाली कैदीहरूलाई आममाफी दिएको छ । मुस्लिम समुदायको पवित्र महिना रमजानको पावन अवसरमा साउदीले नेपाली

Read More »

भारत र चीनलाई प्राथमिकतामा राखेर परराष्ट्र नीति बनाउनुपर्छ : बाबुराम भट्टराई

काठमाडौँ : पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भारत र चीनलाई प्राथमिकतामा राखेर विदेशी नीति बनाउन परराष्ट्रमन्त्रालयलाई सुझाव दिएका छन् । परराष्ट्र मन्त्रालयद्वारा आयोजित प्रोफेसर यदुनाथ खनाल लेक्चर

Read More »

विष्णु पौडेल रिट : सर्वोच्चले झिकायो सुलभ अग्रवाल र दीपक भट्टको फाइल

काठमाडौं : सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग जोडिएको बन्दीप्रत्यक्षीकरण रिटमा गम्भीर चासो देखाउँदै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल

Read More »