काठमाडौं, २३ असोज । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीको नियमित महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । आज बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले उनले नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका हुन्। ‘नियमित महाधिवेशनमै जानुपर्छ भनेर महामन्त्री ज्यूले भन्नुभयो’ नेता शशांक कोइरालाले भने।










