“झोले” हैनन् विद्यार्थी , सुध्रिएर आउँछन् ।

कुशल नेपाल

विद्यार्थीहित बिर्सेर , व्यक्तिगत उपलब्धिका लागि आफ्नो छाता संगठनका नेताहरुको पुच्छर चाट्ने , सिद्धान्त अध्ययन नगरी , व्यक्तिगत फाइदाका लागि विद्यार्थी संगठनको सदस्यता लिने , छाता संगठन निर्णयहरुमा नैतिक लेखाजोखा नगरी हामफालेर समर्थन गर्ने , पद र व्यक्तिगत मुनाफाकाका निम्ति एउटै क्याम्पसमा दसौं वर्ष अध्ययन गरे जस्तो गर्ने , अनुशासित विद्यार्थीमा हुनु पर्ने सबै गुण बिर्सिने , झन् झन् अराजक बन्दै जाने , लड़ाई झगडा लगायतका हिंसात्मक क्रियाकलापमा सधैं अग्रस्थानमा रहने , अध्ययन न्यून गर्ने, ठीक विपरीत आफ्नो नेताको अन्धभक्त हुने, प्रचुर गुण्डागर्दी पश्चात् विद्यार्थी नेता बन्ने , अन्यत्र वास्ता नगर्ने तर चुनावी माहोलमा अल्पसंख्यक , दलित, जनजाति आदि समूहलाई प्रयोग मात्र गर्ने , आदि ।
माथि उल्लेखित क्रियाकलपको सँगलोलाई मध्यनजर गर्दै नेपाली समाजले विद्यार्थी नेताहरुलाई “झोले” नामाकरण गरेको तथ्य सर्वसम्वत नै छ । माथि उल्लेखित क्रियाकलापहरुलाई ध्यानाकर्षण गर्दा हाम्रो घृणा जायज पनि हो । यद्यपि हामीले आँखा चिमलिएका तर बिर्सिन नहुने केही तथ्यहरु पनि छन् ।
नेपालका विश्वविद्यालयमा विद्यार्थी राजनीति गर्ने विद्यार्थीहरू अन्य नागरिक जस्तै समानान्तर नागरिक हक राख्ने नेपाली नागरिक हुन् , उनीहरुलाई कुनै विचार बोकेको कारण घृणा गर्ने कसैको अधिकार छैन् , राजनीतिक चेतनाको लेखाजोखा गर्दा उनीहरू सबैभन्दा बढी राजनीतिक चेतना राख्ने युवा जनशक्ति हुन् , राष्ट्रनिर्माणका निम्ति यै नेपाली माटो रोज्ने धन्यवादका पात्र हुन् , विद्यार्थीहरुलाई एकीकृत भएर शासक वर्ग विरुद्ध लड्न सिकाउने योद्धाहरू हुन् ।
निम्न सकारात्मक तथ्यहरु लेख्नुको एकमात्र उद्देश्य भनेको हिजो विद्यार्थी संगठनमा आबद्ध साथीहरुलाई जसरी छि छि दूर दूर गरिँदै छ , त्यो सरासर गलत रहेको , उहाँहरुलाई समाजमा सम्मान पूर्वक बाँच्न पाउने अधिकार सृजना गरियोस् भन्नका निम्ति हुन्। हुन त यी अवसरवादीहरूका कुकृत्यहरुले विद्यार्थी संगठनको आवश्यकतालाई नै ओझेलमा परिसकेका छन् । ‘Albert Camus’ नामक लेखकले साहित्यतर्फको नोबेल पुरस्कार विजेता पुस्तक “The Stranger” मा एउटा भनाइ अंकित गर्नु भएको छ ” Even one in a thousand was good enogh to set things right ” , यी हजार कलंकका माझ विद्यार्थी आन्दोलन सदैव जीवित रहनु पर्दछ , अराजक प्रशासनले कुण्ठित गरेका विद्यार्थी अधिकार प्राप्तिका निम्ति विद्यार्थीहरू सदैव एकीकृत हुनै पर्दछ , तमाम आप्ठ्यराहरुका पर्खालहरू छिचोल्दै अब बन्ने विद्यार्थी संगठन हरु छाता संगठन विहिन (स्वतन्त्र) , निस्वार्थ प्रशासन विरुद्ध विद्यार्थीको अधिकारका निम्ति लड्ने एकमात्र उद्देश्य भएको , पूर्ण रूपमा समावेशी विद्यार्थी संगठन निर्माणमा लाग्नु अबका विद्यार्थीहरूको प्रथम दाइत्व हो । यद्यपि यो कहिल्यै बिर्सिनु हुँदैन कि हिजो जुनसुकै संगठनमा सदस्यता लिएका विद्यार्थीहरू त्यो संगठनका सदस्य हुन अवागै हाम्रो क्याम्पसका विद्यार्थी हुन् , हाम्रो क्याम्पमा एकीकृत भएर अगाडि बढ्ने , हाम्रो अधिकार सुनिश्चित गर्दै अबको यात्रामा छाता संगठन त्यागेर विद्यार्थी सहकार्य गर्नु आवश्यक छ । जसरी हामी विद्यार्थी संगठन त्याग्ने सिद्धान्त तर्फ अगाडि बढ्दै छौं , यसले केवल प्रशासनलाई सामन्ती , दमनकारी र निरंकुश बनाउँछ । अन्यत्र जुनसुकै स्वार्थ त्यागेर विद्यार्थी अधिकार सुनिश्चितताका निम्ति विद्यार्थी आन्दोलन जीवित राख्नु हामी सचेत विद्यार्थीको दाइत्व हो ।
प्रस्तुत विचारहरु मेरा व्यक्तिगत विचारहरु रहेका, यस विचार विपरितका सुधारात्मक टिप्पणीहरुलाई आत्मसाथ गर्ने बाचा सहित शोसक वर्ग विरुद्ध शोषित वर्गले सदैव एकीकृत हुन आवश्यक रहनु पर्छ भन्ने सिदधान्त मूलभूत सिद्धान्त मान्दै अहिलेलाई यति ।

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »

बेनी हाइड्रोपावरले भदौ २२ देखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता

Read More »

डीडीसीले दैनिक १ लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने

काठमाडाै‌ । किसानको बक्यौता घटाउँदै आएको दुग्ध विकास संस्थान (डीडीसी)ले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य अघि सारेको छ। हाल ६५

Read More »