प्रकृति संरक्षणमा ९ हजार सेना परिचालन

काठमाडौँ । नेपाली सेनाले १२ वटा राष्ट्रिय निकुञ्जसहित एक वन्यजन्तु अरक्षण र एक शिकार आरक्षमा जनशक्ति परिचालन गरेको छ । नेपाल सरकारद्वारा घोषित राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष र चुरे क्षेत्र संरक्षणमा सेनाका नौ हजार ४६ जना जनशक्ति खटिँदै आएको युद्धकार्य निर्देशक मनोज थापाले जानकारी दिए ।

नेपाली सेनाका आठ वटा गण, दुईवटा वन तथा पर्यावरण सुरक्षा गण र सातवटा अनाश्रित गुल्मलाई संरक्षणको जिम्मेवारी तोकिएको छ । चालु आर्थिक वर्षमा विभिन्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षणबाट ४२ नाल विभिन्न हतियार, एक हजार ९७६ जाल पासो, एक हजार ९६५ घरेलु औजार ३३५ वटा सवारीसाधन र १६ वटा ओखोटोपहार बरामद गरेको उनले जानकारी दिए ।

नेपाली सेनाबाट भएको सुदृढ सुरक्षा तथा संरक्षण कार्यबाट पछिल्लो १५ बर्षयताक बाघ तथा गैडाको सङ्ख्यामा उल्लेखनीय बृद्धि भएको छ । पछिल्लो गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ३५५ रहेको तथा गैँडाको संख्या ७५२ रहेको छ । यसअघि २००९ मा भएको जनगणनामा बाघको सङ्ख्या १२१ र २००५ को गणनामा गैँडाको सङ्ख्या ४०० रहेको थियो ।

ती उपलब्धि हासिल गर्ने क्रममा वन्यजन्तुको आक्रमण र अन्य कारणबाट ११६ जना सैनिक व्यक्तिले आफनो जीवन गुमाएको सेनाले जनाएको छ । चालु आवमा मात्रै त्यस्ता जङ्गली जनावरको आक्रमणमा परी पाँच जना सकलदर्जा घाइते भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाली सेनाले नेपालका सुन्दर हिमालको सौन्दर्य कायम राख्न पछिल्लो दशकमा वार्षिकरुपमा हिमाल सफाइ अभियान समेत सञ्चालन गर्दै आएको छ ।

नेपाल–चीन सम्बन्धको भविष्य युवाकै हातमा : चिनियाँ राजदूत

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले नेपाल र चीन दुवै देशको भविष्य तथा द्विपक्षीय सम्बन्धको साँचो युवाकै हातमा रहेको बताएका छन् । चाइना–नेपाल युथ

Read More »

देउवा पक्षीय कांग्रेस नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेला जारी

दाङ : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेला दाङको लमहीमा सुरु भएको छ । पार्टीको आन्तरिक संगठन सुदृढीकरण, आगामी राजनीतिक

Read More »

इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार

काठमाडौँ : इरानले संयुक्त राज्य अमेरिकासँग आगामी प्रत्यक्ष वार्ताको रिपोर्टलाई अस्वीकार गरेको छ भने आउँदा दिनमा कुनै पनि स्तरमा दुई राष्ट्रहरू बीच कुनै वार्ता नहुने

Read More »

वन तथा वन्यजन्तु संरक्षणका लागि बजेट अभाव चुनौती : मन्त्री चौधरी

जनकपुरधाम । मधेस प्रदेशका वन तथा वातावरणमन्त्री शंकर प्रसाद चौधरीले वन तथा वन्यजन्तुको संरक्षण तथा व्यवस्थापनका लागि संघ र प्रदेश सरकारको बजेट पर्याप्त नभएको बताएका

Read More »

विदेशिएका नागरिकलाई स्वदेशमा फर्किने वातावरण बनाउनुपर्छ : सभामुख

काठमाडौँ : सभामुख डोल प्रसाद अर्यालले नेपाललाई समृद्ध राष्ट्र बनाएर बाहिर रहेका लाखौ नागरिकलाई स्वदेशमा फर्किने वातावरण बनाउनुपर्ने बताएका छन् । संसद् दिवसका अवसरमा मंगलबार

Read More »

शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता : आङदेम्बे

काठमाडौँ : नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वर्तमान शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता भएको बताएका छन्। ६८औँ संसद् दिवसका अवसरमा मंगलबार सिंहदरबारमा

Read More »