एकैदिन ६ दुर्घटनामा १३ जनाको मृत्यु

काठमाडौं । शुक्रवार देशभर भएका छुट्टाछुट्टै सवारी दुर्घटनाहरूमा १३ जनाको मृत्यु भएको छ। सबैभन्दा ठूलो दुर्घटना रुकुम पश्चिममा भएको छ, जहाँ जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।

रुकुम पश्चिममा बोलेरो जिप दुर्घटना: रुकुम पश्चिम, बाँफिकोट गाउँपालिका–७ लिस्नेस्थित सडकमा मुसिकोट खलंगाबाट स्यालाखदीतर्फ जाँदै गरेको रा. १ ज ४२२ नम्बरको बोलेरो जिप शुक्रबार दिउँसो दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। दुर्घटनामा सात जनाको घटनास्थलमै र एक जनाको जिल्ला अस्पताल सल्लेमा उपचारका क्रममा मृत्यु भएको हो।

मृत्यु हुनेहरूमा कमला वली, टेकजंग बुढा, दिलमाया बुढा, कल्पना नेपाल, मनिका वली, सर्मिला विक, गोपाल वली र सबिता विक रहेका छन्। दुर्घटनामा घाइते भएका ९ जनामध्ये ६ जनाको सल्लेमा उपचार भइरहेको छ भने ३ जनालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ।

अन्य स्थानमा भएका दुर्घटना:

  • स्याङ्जा: पुतलीबजार नगरपालिका–१४ आमडाँडास्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक ४५ वर्षीय माधव प्रसाद लम्सालको घटनास्थलमै मृत्यु भएको छ।
  • प्युठान: माण्डवी गाउँपालिका–५ रम्दीस्थित सडकमा गाडी दुर्घटना हुँदा चालक २६ वर्षीय निरज नेपालीको जिल्ला अस्पताल बिजुवारमा उपचारका क्रममा मृत्यु भएको छ। गाडीमा सवार अन्य ३ जनालाई बुटवल रिफर गरिएको छ।
  • रूपन्देही: देवदह नगरपालिका–९ घोडाह जंगलस्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक २५ वर्षीय सम्सेर खानको सिद्धबाबा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।
  • दाङ: घोराही उपमहानगरपालिका–१३ ओडारखोलास्थित सडकमा अटो दुर्घटना हुँदा अटोमा सवार ३६ वर्षीया बम कुमारी विकको नेपालगञ्जस्थित संजिवनी मेडिकल कलेजमा थप उपचारको क्रममा मृत्यु भएको छ। दुर्घटनामा घाइते अन्य ६ जनाको घोराहीमा उपचार भइरहेको छ। अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
  • पाल्पा: रामपुर नगरपालिका–७ तुरुङदी खोलास्थित सडकमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा २८ वर्षीय अर्जुन विकको रामपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।

यी सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

नेपाल–चीन सम्बन्धको भविष्य युवाकै हातमा : चिनियाँ राजदूत

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले नेपाल र चीन दुवै देशको भविष्य तथा द्विपक्षीय सम्बन्धको साँचो युवाकै हातमा रहेको बताएका छन् । चाइना–नेपाल युथ

Read More »

देउवा पक्षीय कांग्रेस नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेला जारी

दाङ : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेला दाङको लमहीमा सुरु भएको छ । पार्टीको आन्तरिक संगठन सुदृढीकरण, आगामी राजनीतिक

Read More »

इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार

काठमाडौँ : इरानले संयुक्त राज्य अमेरिकासँग आगामी प्रत्यक्ष वार्ताको रिपोर्टलाई अस्वीकार गरेको छ भने आउँदा दिनमा कुनै पनि स्तरमा दुई राष्ट्रहरू बीच कुनै वार्ता नहुने

Read More »

वन तथा वन्यजन्तु संरक्षणका लागि बजेट अभाव चुनौती : मन्त्री चौधरी

जनकपुरधाम । मधेस प्रदेशका वन तथा वातावरणमन्त्री शंकर प्रसाद चौधरीले वन तथा वन्यजन्तुको संरक्षण तथा व्यवस्थापनका लागि संघ र प्रदेश सरकारको बजेट पर्याप्त नभएको बताएका

Read More »

विदेशिएका नागरिकलाई स्वदेशमा फर्किने वातावरण बनाउनुपर्छ : सभामुख

काठमाडौँ : सभामुख डोल प्रसाद अर्यालले नेपाललाई समृद्ध राष्ट्र बनाएर बाहिर रहेका लाखौ नागरिकलाई स्वदेशमा फर्किने वातावरण बनाउनुपर्ने बताएका छन् । संसद् दिवसका अवसरमा मंगलबार

Read More »

शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता : आङदेम्बे

काठमाडौँ : नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वर्तमान शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता भएको बताएका छन्। ६८औँ संसद् दिवसका अवसरमा मंगलबार सिंहदरबारमा

Read More »