महाराजगन्जमा प्रहरीको हत्या गरेको आरोपमा थप ५ जना पक्राउ

काठमाडौँ । जेनजी आन्दोलनमा प्रदर्शनकारीको आक्रमणबाट असई मिलन राय र जवान उत्तम थापाले ज्यान गुमाए । प्रहरी वृत्त महाराजगन्जमा कार्यरत दुई जना प्रहरीको हत्यामा संलग्न आरोपमा प्रहरीले थप ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखा घर भएका २१ वर्षीय सोम गुरुङ, तनहुँ घर भएका २१ वर्षीय राजीव गुरुङ र २१ वर्षीय युनिक श्रेष्ठ छन् । सर्लाही घर भएका १७ वर्षीय सुमित तितुङ र रामेछाप घर भएका १६ वर्षीय दीपक मगर पनि भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँका हिरासतमा छन् । उनीहरुले कुटपिट गरेर महाराजगन्जमा कार्यरत दुई जना प्रहरीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

महाराजगन्जमा प्रहरीको हत्यामा संलग्न ४ जना आरोपीहरू यसअघि नै पुर्पक्षका लागि कारागार चलान भएका थिए । काठमाडौँ जिल्ला अदालतको आदेशपछि कारागार चलान हुनेहरूमा युवराज क्याप्छाकी, सोनाम तामाङ भन्ने बुद्धिलाल थिङ, होम प्रसाद पौडेल र टिकाराम बिक छन् ।

काभ्रेको रोशी गाउँपालिका घर भएर बालुवाटार बस्ने २८ वर्षीय क्याप्छाकी र मकवानपुरको थाहा नगरपालिका–७ घर भएर चन्द्रागिरी बस्ने २१ वर्षीय थिङले जवान उत्तम थापालाई कुटेर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–४ घर भएर धुम्बाराही बस्ने ६२ वर्षीय पौडेल र उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हडिया घर भएर बालकुमारी बस्ने २८ वर्षीय टिकाराम विकले असई रायको हत्या गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् ।

महाराजगन्जमा प्रहरीको हत्यामा संलग्न रहेर पछि पक्राउ परेकाहरू विरुद्ध अनुसन्धान सकेर पूरक अनुसन्धान प्रतिवेदन पेस गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए । सुमित तितुङ र दीपक मगरलाई प्रहरीले असार ३१ देखी भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । हत्यामा संलग्न अरू ३ जना आरोपीचाहिँ कार्तिक ३ मा पक्राउ परेका हुन् ।

नेपाल–चीन सम्बन्धको भविष्य युवाकै हातमा : चिनियाँ राजदूत

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले नेपाल र चीन दुवै देशको भविष्य तथा द्विपक्षीय सम्बन्धको साँचो युवाकै हातमा रहेको बताएका छन् । चाइना–नेपाल युथ

Read More »

देउवा पक्षीय कांग्रेस नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेला जारी

दाङ : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेला दाङको लमहीमा सुरु भएको छ । पार्टीको आन्तरिक संगठन सुदृढीकरण, आगामी राजनीतिक

Read More »

इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार

काठमाडौँ : इरानले संयुक्त राज्य अमेरिकासँग आगामी प्रत्यक्ष वार्ताको रिपोर्टलाई अस्वीकार गरेको छ भने आउँदा दिनमा कुनै पनि स्तरमा दुई राष्ट्रहरू बीच कुनै वार्ता नहुने

Read More »

वन तथा वन्यजन्तु संरक्षणका लागि बजेट अभाव चुनौती : मन्त्री चौधरी

जनकपुरधाम । मधेस प्रदेशका वन तथा वातावरणमन्त्री शंकर प्रसाद चौधरीले वन तथा वन्यजन्तुको संरक्षण तथा व्यवस्थापनका लागि संघ र प्रदेश सरकारको बजेट पर्याप्त नभएको बताएका

Read More »

विदेशिएका नागरिकलाई स्वदेशमा फर्किने वातावरण बनाउनुपर्छ : सभामुख

काठमाडौँ : सभामुख डोल प्रसाद अर्यालले नेपाललाई समृद्ध राष्ट्र बनाएर बाहिर रहेका लाखौ नागरिकलाई स्वदेशमा फर्किने वातावरण बनाउनुपर्ने बताएका छन् । संसद् दिवसका अवसरमा मंगलबार

Read More »

शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता : आङदेम्बे

काठमाडौँ : नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वर्तमान शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता भएको बताएका छन्। ६८औँ संसद् दिवसका अवसरमा मंगलबार सिंहदरबारमा

Read More »