ब्राजिलमा लागूऔषध तस्करविरुद्ध प्रहरी कारबाही, एकैदिन ६४ जनाको मृत्यु

रियो द जेनरियो । ब्राजिलमा लागूऔषध तस्कर र माफियाहरूविरुद्धको प्रहरी कारबाहीमा एकै दिनमा ६४ जनाको मृत्यु भएको छ । प्रहरी कारबाही ब्राजिलको रियो दि जेनेरियोको दुई क्षेत्रहरूमा भएको थियो । यस क्रममा ६४ जनाको मृत्यु भएको र अरु ८१ जनालाई पक्राउ गरिएको बताइएको छ । खबरहरूका अनुसार यी क्षेत्रहरूमा लागूऔषध तस्करी गिरोहहरूविरुद्धको कारबाहीमा लगभग २ हजार ५०० सशस्त्र प्रहरी अधिकारीहरू संलग्न थिए । मारिनेमा चार प्रहरी अधिकारीहरू पनि रहेको बताइएको छ ।

कम्प्लेक्सो दा पेन्हा र कम्प्लेक्सो दो अलेमाओ नजिकै गरिएको कारबाहीलाई रियोका गभर्नर क्लाउडियो क्यास्ट्रोले राज्यको इतिहासकै सबैभन्दा ठूलो कारबाही भनेको छन् । संयुक्त राष्ट्र मानव अधिकार कार्यालय (यूएनओएचसीएचआर)ले यो घटनाप्रति चिन्ता व्यक्त गरेको छ । यो कारबाहीले घातक परिणामको चिन्ता पैदा गर्ने प्रवृत्तिलाई बढावा दिएको र कानून कार्यान्वयन गर्ने एजेन्सीहरूद्वारा यस्तो खालको बल प्रयोगबारे गम्भीर प्रश्नहरू उठाएको संयुक्त राष्ट्र संघले बताएको छ ।

अन्तर्राष्ट्रिय मानव अधिकार कानूनहरूको पालना गर्न र घटनाको द्रुत तथा निष्पक्ष अनुसन्धान सुनिश्चित गर्न संयुक्त राष्ट्र संघले ब्राजिल सरकारसँग आग्रह गरेको छ । रियो दि जेनेरियो ब्राजिलको लोकप्रिय पर्यटकीय गन्तव्य हो । तर लागूऔषध तस्करीविरुद्ध यहाँ प्रहरीको छापा सामान्य हो । यो क्षेत्रको गरिब बस्तीमा ठूलो संख्या मानिसहरू बस्छन् । तस्करीका कारण यहाँ अपराधको नेटवर्क नै बनेको छ । शक्तिशाली लागूपदार्थ तस्करी गिरोह कोमान्डो भर्मेलो (रेड कमान्ड)लाई लक्षित गरेर यो छापा मारिएको अधिकारीहरूले बताएका छन् ।

विदेशिएका नागरिकलाई स्वदेशमा फर्किने वातावरण बनाउनुपर्छ : सभामुख

काठमाडौँ : सभामुख डोल प्रसाद अर्यालले नेपाललाई समृद्ध राष्ट्र बनाएर बाहिर रहेका लाखौ नागरिकलाई स्वदेशमा फर्किने वातावरण बनाउनुपर्ने बताएका छन् । संसद् दिवसका अवसरमा मंगलबार

Read More »

शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता : आङदेम्बे

काठमाडौँ : नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वर्तमान शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता भएको बताएका छन्। ६८औँ संसद् दिवसका अवसरमा मंगलबार सिंहदरबारमा

Read More »

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

काठमाडौँ : सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद पौडेलको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने भएको छ। मंगलबारका लागि तोकिएको पेसीको

Read More »

राप्रपा अध्यक्षमा लिङ्देनविरुद्ध उठ्ने शाहीको तयारी

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलका नेता तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले पार्टीको आसन्न महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । राप्रपाभित्र

Read More »

यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते

काठमाडौं । कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको शिवपुरी बस

Read More »

आफ्नो गाडीको कालो सिसा हटाइदिनु भन्दै गृहमन्त्री आफैं पुगे ट्राफिक प्रहरी कार्यालय

काठमाडौं : ट्राफिक प्रहरीले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सवारीको कालो सिसा हटाएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार गृहमन्त्री र

Read More »