स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्न टोली परिचालन गरिने

काठमाडौँ, १२ कात्तिक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो पटक स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्नका लागि सातवटै प्रदेशमा टोली परिचालन गर्ने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रत्येक प्रदेशमा विशेषज्ञसहितको टोली परिचालन गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार नर्सिङ कर्मचारीका समस्यासहित तलब तथा सेवासुविधासम्बन्धी, जेनजी प्रदर्शनका क्रममा भएका घाइतेको वर्गीकरण, जेनजी क्लिनिक सञ्चालनको अवस्थालगायत क्षेत्रमा भएका समस्याबारे अध्धयन गरी समाधानका गर्नका विकल्प पहिल्याउन उक्त टोली खटाइने छ । उक्त टोलीले समस्या समाधानका लागि सङ्घीय, प्रादेशिक एवं स्थानीय तहका सम्बन्धित निकायको समन्वयमा छलफल तथा सहजीकरण गर्नेछ ।

यस्तै मन्त्रालयले मातहतका विभाग, केन्द्र र महाशाखालाई परिवर्तित सन्दर्भमा जनचाहना बमोजिम स्वास्थ्य क्षेत्रको क्षेत्रगत सुधार गर्न सम्बन्धित कार्यक्रमको कार्ययोजना पनि प्रस्तुत गर्न भनिएको मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले उल्लेख गर्नुभयो । ती निकायलाई अल्पकालीन/तत्कालीन (३० दिनभित्र सम्पन्न हुनसक्ने), मध्यकालीन (६० दिनभित्र सुरुवात हुने) र दीर्घकालीन (सुदूर भविष्यमा प्रभाव पार्ने) सूची पठाउन निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो ।

मन्त्रालय मातहतका विभाग तथा सङ्घीय अस्पतालबाट हुने सार्वजानिक खरिद प्रक्रिया, औषधि दर्ता प्रक्रियालाई पारदर्शी र जनमैत्री बनाउन निर्देशन दिइएको उहाँले बताउनुभयो । मन्त्रालय मातहतका निकायबाट सम्पादन कार्यको बारेमा आउने गुनासाका तत्काल सम्बोधन गर्न पनि निर्देशन दिइएको उहाँले उल्लेख गर्नुभयो ।

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

काठमाडौँ : सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद पौडेलको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने भएको छ। मंगलबारका लागि तोकिएको पेसीको

Read More »

राप्रपा अध्यक्षमा लिङ्देनविरुद्ध उठ्ने शाहीको तयारी

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलका नेता तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले पार्टीको आसन्न महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । राप्रपाभित्र

Read More »

यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते

काठमाडौं । कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको शिवपुरी बस

Read More »

आफ्नो गाडीको कालो सिसा हटाइदिनु भन्दै गृहमन्त्री आफैं पुगे ट्राफिक प्रहरी कार्यालय

काठमाडौं : ट्राफिक प्रहरीले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सवारीको कालो सिसा हटाएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार गृहमन्त्री र

Read More »

इरान र अमेरिका आक्रमण रोक्न सहमत

काठमाडौं : एक अमेरिकी अधिकारीले इरान र अमेरिका एकअर्कामाथि आक्रमण रोक्न र सम्झौतामा वार्ता जारी राख्न सहमत भएको बताएका छन्। बीबीसी फारसीका अनुसार , एक

Read More »

भारतीय मोटरसाइकलमा आईफोन तस्करी, एक जना पक्राउ

भैरहवा । रुपन्देहीको कोटहीमाई गाउँपालिकाबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको साढे २० लाख रुपैयाँ बराबरका ३५ थान आईफोन र एउटा मोटरसाइकलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको

Read More »