मकवानपुर जिल्ला अदालतको सेवा पूर्ण रूपमा सञ्चालनमा

मकवानपुर । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडका कारण क्षति पुगेको मकवानपुर जिल्ला अदालत आजबाट पूर्ण रूपमा सञ्चालनमा आएको छ । यसअघि आंशिक रूपमा कार्यसम्पादन र सेवा प्रवाह गर्दै आएको मकवानपुर जिल्ला अदालतले आजबाट सम्पूर्ण सेवाहरू पूर्ण रूपमा सञ्चालनमा ल्याएको हो ।

कात्तिक १० गतेबाट सर्वोच्च अदालतको सफ्टवेयर प्रणाली पुनर्स्थापना भएपछि बुधबार जिल्ला अदालतको न्यायाधीशहरू सहितको पूर्ण बैठकले अदालतको सम्पूर्ण सेवा सुचारु गर्ने निर्णय गरेको हो । बुधबार जिल्ला अदालत मकवानपुरका न्यायाधीशहरू गीता श्रेष्ठ, शकुन्तला कार्की, निर्मला शर्मा र पूर्णिमा कोइरालासहितको पूर्ण बैठकले मुद्दा तथा पेशी व्यवस्थापन, मुद्दा दर्तासहित यसअघि सञ्चालन भइरहेका तारेख दिने, बयान लिने, मुद्दा दर्ता, मुद्दा फिर्ता, मिलापत्र, प्रतिउत्तर दर्ता, प्यारोल निवेदन, रोक्का तथा फुकुवासम्बन्धी निवेदनहरू लगायतका सबै सेवा सुचारु गर्ने निर्णय गरेको हो ।

जेनजी आन्दोलनपछि डेढ महिनादेखि अदालतमा रोकिएका र ‘म्यानुअली’मात्र हुँदै आएका सबै काम बिहीबारदेखि सर्वोच्च अदालतको एकीकृत कार्य प्रणाली (सर्भर) बाटै नियमित हुने जिल्ला अदालतका स्रेस्तेदार केशवराज कौशिकले जानकारी दिए । गत भदौ २३ र २४ गतेको आन्दोलनको आगजनीमा परेर सर्वोच्च अदालतको एकीकृत कार्य प्रणाली (सर्भर) नष्ट भएको थियो । स्रेस्तेदार कौशिकका अनुसार सर्वोच्च अदालतको सो सर्भर सुचारु भएसँगै देशभरका सबै अदालतहरू पूर्ण सुचारु भएका छन् ।

उक्त प्रणाली पुनर्स्थापना भएपछि सबै अदालतका डाटाहरू सुरक्षित तवरले रिकभर भएकाले अब आन्दोलनअघिकै लयमा सबै सेवा दिन सकिने उनले बताए । जेन–जी आन्दोलनपछि सेवा ठप्प भएको जिल्ला अदालत मकवानपुरमा भदौ मसान्तदेखि थुनुवा म्याद थप, जरुरी पक्राउ पुर्जी, पक्राउ अनुमति, प्रहरीद्वारा पक्राउ भइसकेकाहरुको बयान तथा थुनछेक आदेशजस्ता विशेष सेवामात्र सुचारु गरिएको थियो । असोज २१ गते नियमित मुद्दा पेशीबाहेक अन्य सेवा थप गरी १३ प्रकारका सेवा विस्तार गरिएको थियो । आगजनीमा परेर अदालतका ७ वटा चालु मिसिल र ५३४ वटा अभिलेख मिसिल जलेर नष्ट भएका थिए ।

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

काठमाडौँ : सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद पौडेलको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने भएको छ। मंगलबारका लागि तोकिएको पेसीको

Read More »

राप्रपा अध्यक्षमा लिङ्देनविरुद्ध उठ्ने शाहीको तयारी

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलका नेता तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले पार्टीको आसन्न महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । राप्रपाभित्र

Read More »

यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते

काठमाडौं । कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको शिवपुरी बस

Read More »

आफ्नो गाडीको कालो सिसा हटाइदिनु भन्दै गृहमन्त्री आफैं पुगे ट्राफिक प्रहरी कार्यालय

काठमाडौं : ट्राफिक प्रहरीले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सवारीको कालो सिसा हटाएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार गृहमन्त्री र

Read More »

इरान र अमेरिका आक्रमण रोक्न सहमत

काठमाडौं : एक अमेरिकी अधिकारीले इरान र अमेरिका एकअर्कामाथि आक्रमण रोक्न र सम्झौतामा वार्ता जारी राख्न सहमत भएको बताएका छन्। बीबीसी फारसीका अनुसार , एक

Read More »

भारतीय मोटरसाइकलमा आईफोन तस्करी, एक जना पक्राउ

भैरहवा । रुपन्देहीको कोटहीमाई गाउँपालिकाबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको साढे २० लाख रुपैयाँ बराबरका ३५ थान आईफोन र एउटा मोटरसाइकलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको

Read More »