एक घण्टामा दुई प्रदेश सभापति र चार केन्द्रीय सदस्यले राखे धारणा

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा दुई प्रदेश सभापति र चार केन्द्रीय सदस्यले धारणा राखेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेबाट सुरु बैठकमा तीन बजेसम्म ५ सदस्यले धारणा राखेका हुन् । बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसिरहेको छ ।

बैठकमा बागमती प्रदेश सभापति इन्द्र बानियाँ र लुम्बिनी प्रदेश सभापति अम्मर पुनले धारणा राखेका छन् । त्यस्तै केन्द्रीय सदस्यहरू विद्या तिमिल्सिना, लक्ष्मी खतिवडा, मानबहादुर नेपाली र जाबेदा खातुन जागाले धारणा राखेका एक केन्द्रीय सदस्यले जानकारी दिए ।

बानियाँ बागमती प्रदेशका मुख्यमन्त्रीसमेत हुन् । बैठकमा आफ्नो समूहको लाइन अनुसारको धारणा आइरहेको ती सदस्यले बताए । लुम्बिनी प्रदेश सभापति महामन्त्री गगन थापा निकट हुन् । बाँकी धारणा राख्ने संस्थापन पक्षीय नेताहरू हुन् । कांग्रेसमा नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन गर्ने भन्नेमा विवाद छ । नियमित महाधिवेशनको पनि मितिमा विवाद छ ।

संस्थापनले नियमित महाधिवेशन आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनपछि गर्नुपर्ने बताइरहेको रहेको छ । इतर समूहले नियमित महाधिवेशन मंसिरमा गर्नुपर्ने बताइरहेको छ । एउटा समूहले महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर सङ्कलन गरेर विशेष महाधिवेशन गर्न भनेर कार्यवाहक सभापति खड्कालाई बुझाएको छ ।

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

काठमाडौँ : सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद पौडेलको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने भएको छ। मंगलबारका लागि तोकिएको पेसीको

Read More »

राप्रपा अध्यक्षमा लिङ्देनविरुद्ध उठ्ने शाहीको तयारी

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलका नेता तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले पार्टीको आसन्न महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । राप्रपाभित्र

Read More »

यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते

काठमाडौं । कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको शिवपुरी बस

Read More »

आफ्नो गाडीको कालो सिसा हटाइदिनु भन्दै गृहमन्त्री आफैं पुगे ट्राफिक प्रहरी कार्यालय

काठमाडौं : ट्राफिक प्रहरीले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सवारीको कालो सिसा हटाएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार गृहमन्त्री र

Read More »

इरान र अमेरिका आक्रमण रोक्न सहमत

काठमाडौं : एक अमेरिकी अधिकारीले इरान र अमेरिका एकअर्कामाथि आक्रमण रोक्न र सम्झौतामा वार्ता जारी राख्न सहमत भएको बताएका छन्। बीबीसी फारसीका अनुसार , एक

Read More »

भारतीय मोटरसाइकलमा आईफोन तस्करी, एक जना पक्राउ

भैरहवा । रुपन्देहीको कोटहीमाई गाउँपालिकाबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको साढे २० लाख रुपैयाँ बराबरका ३५ थान आईफोन र एउटा मोटरसाइकलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको

Read More »