जेनजी आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्दै अघि बढौँ : स्वर्णिम वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले जेनजी आन्दोलनका उपलब्धिहरूलाई संस्थागत गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन् । शुक्रबार पार्टीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनले सबै राजनीतिक दलहरूमा रूपान्तरणको चाप बढाएको उल्लेख गर्दै त्यसलाई संस्थागत गर्दै अघि बढ्नुको विकल्प नरहेको बताए ।

उपसभापति वाग्लेले मुलुकमा भएका परिवर्तनलाई वैधता दिन पनि निर्वाचनमा जानुको विकल्प नरहेको बताए । विगतमा भएको आन्दोलनको उपलब्धिलाई जोगाउँदै नयाँ उपलब्धिहरूलाई संस्थागत गर्न र मुलुकलाई सुशासनको पक्षमा लैजान पनि निर्वाचनमा जानुपर्ने अवस्थामा मुलुक रहेको उनको भनाई थियो । उपसभापति वाग्लेले भने,‘हामीले कल्पना नै नगरका परिवर्तनहरू पनि भएका छन् ।

पोलिटिक्सबाट एक्जिट भएका छन् धेरै पुराना पात्रहरू । पुराना पात्रहरूप्रति रोष पनि विस्फोट भएको हो । डा. बाबुराम भट्टराईले पनि एउटा उदाहरण प्रस्तुत गर्नुभयो । दल छोडेर उहाँले एउटा स्वतन्त्र र पूर्व प्रधानमन्त्रीको हैसियतमा अहिले हुनुहुन्छ । अन्य दलहरूमा पनि यसले जुन रूपान्तरणको चाप बढाएको छ । दबाब बढाएको छ । त्यसलाई बिस्तारै सङ्ग्रह गरेर सुशासन पक्षमा हामीले यसलाई वैधता दिनेतिर जानुनै पर्ने हुन्छ ।

र अन्तत्वगत्वा निर्वाचनबाट अनुमोदित नभई धेरै कुराले वैधता नपाउने भएको हुनाले यतातिर पनि मुलुकले सोचिराखेको छ । यसमा बहसहरू चलिरहेका छन् । त्यसले पछिल्लो आन्दोलनको उपलब्धिलाई संस्थागत गर्दै अघि बढ्नुपर्ने छ । अग्रगमनको बाटोमा जानुपर्नेछ । पहिलेका आन्दोलनबाट प्राप्त दुर्लभ उपलब्धिहरूलाई पनि जोगाउनु छ ।  कहिलेकाहीँ यो हुल आँधीबेहरीमा पुराना उपलब्धिहरूलाई बढार्ने काम हुन्छ ।

पश्चगमनका प्रयासहरू पनि हुने गर्दछन् । त्यसैले अगाडि नै जाने हो । तर यसका सीमाहरू छन् । विधि, विधान, संविधान धेरै मिच्न भएन । र त्यो मिचिएको खण्डमा पनि डिरेल भएका कुराहरूलाई पनि ट्र्याकमा ल्याउन पर्‍यो । ट्र्याकमा ल्याउने विधिहरू पनि सीमित छन् । तर यो सबै गर्ने हामीले नै हो ।’ उपसभापति वाग्लेले संविधानबाट डिरेल भएका कतिपय कुरालाई पनि ट्र्याकमा ल्याउनुपर्ने आवश्यकता औँल्याए ।

राप्रपा अध्यक्षमा लिङ्देनविरुद्ध उठ्ने शाहीको तयारी

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलका नेता तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले पार्टीको आसन्न महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । राप्रपाभित्र

Read More »

यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते

काठमाडौं । कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको शिवपुरी बस

Read More »

आफ्नो गाडीको कालो सिसा हटाइदिनु भन्दै गृहमन्त्री आफैं पुगे ट्राफिक प्रहरी कार्यालय

काठमाडौं : ट्राफिक प्रहरीले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सवारीको कालो सिसा हटाएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार गृहमन्त्री र

Read More »

इरान र अमेरिका आक्रमण रोक्न सहमत

काठमाडौं : एक अमेरिकी अधिकारीले इरान र अमेरिका एकअर्कामाथि आक्रमण रोक्न र सम्झौतामा वार्ता जारी राख्न सहमत भएको बताएका छन्। बीबीसी फारसीका अनुसार , एक

Read More »

भारतीय मोटरसाइकलमा आईफोन तस्करी, एक जना पक्राउ

भैरहवा । रुपन्देहीको कोटहीमाई गाउँपालिकाबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको साढे २० लाख रुपैयाँ बराबरका ३५ थान आईफोन र एउटा मोटरसाइकलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको

Read More »

कोशी सरकारले सांसदका स्वकीयलाई पारिश्रमिक दिने

विराटनगर: कोशी प्रदेश सरकारले प्रदेश सभा सदस्यहरूको स्वकीय सचिवको पारिश्रमिक रोकिएको मितिदेखि नियमित रूपमा दिने निर्णय गरेको छ। कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले

Read More »