अलपत्र परेका पर्यटकको उद्धार गर्न सशस्त्र प्रहरी बल परिचालन

काठमार्डाैँ, १४ कात्तिक । मनाङको तिलिचो बेश क्याम्पमा अलपत्र परेका पर्यटकको उद्धारका लागि सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । मनाङको ङिस्याङ गाउँपालिका–९ तिलिचो तालको बेश क्याम्पमा अलपत्र परेका १५ पर्यकको उद्धारका लागि सशस्त्र प्रहरी बलको उद्धार टोली त्यसतर्फ गएको प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो । दुई चिनियाँ र १३ नेपाली गरी १५ पर्यटक हिमपातका कारण तिलिचो तालको बेश क्याम्पमा अलपत्र परेका उहाँले बताउनुभयो ।

पर्यटक अलपत्र परेको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगीको नेतृत्वमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज र मेडिकलसहितको टोली उद्धारका लागि खटिएको छ । सो ताल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट पैदल जानुपर्ने भएकाले उद्धारमा केही समय लाग्ने छ । अलपत्र परेका पर्यटकको अवस्था भने अहिलेसम्म सामान्य रहेको बताइएको छ ।

राप्रपा अध्यक्षमा लिङ्देनविरुद्ध उठ्ने शाहीको तयारी

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलका नेता तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले पार्टीको आसन्न महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । राप्रपाभित्र

Read More »

यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते

काठमाडौं । कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको शिवपुरी बस

Read More »

आफ्नो गाडीको कालो सिसा हटाइदिनु भन्दै गृहमन्त्री आफैं पुगे ट्राफिक प्रहरी कार्यालय

काठमाडौं : ट्राफिक प्रहरीले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सवारीको कालो सिसा हटाएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार गृहमन्त्री र

Read More »

इरान र अमेरिका आक्रमण रोक्न सहमत

काठमाडौं : एक अमेरिकी अधिकारीले इरान र अमेरिका एकअर्कामाथि आक्रमण रोक्न र सम्झौतामा वार्ता जारी राख्न सहमत भएको बताएका छन्। बीबीसी फारसीका अनुसार , एक

Read More »

भारतीय मोटरसाइकलमा आईफोन तस्करी, एक जना पक्राउ

भैरहवा । रुपन्देहीको कोटहीमाई गाउँपालिकाबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको साढे २० लाख रुपैयाँ बराबरका ३५ थान आईफोन र एउटा मोटरसाइकलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको

Read More »

कोशी सरकारले सांसदका स्वकीयलाई पारिश्रमिक दिने

विराटनगर: कोशी प्रदेश सरकारले प्रदेश सभा सदस्यहरूको स्वकीय सचिवको पारिश्रमिक रोकिएको मितिदेखि नियमित रूपमा दिने निर्णय गरेको छ। कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले

Read More »