बृहत् वाम एकताबाट समाजवादी क्रान्तिकोे वातावरण बन्दैछ : संयोजक दाहाल

काठमाडौँ, १८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकका वामपन्थी पार्टीबीचको एकताबाट समाजवादी क्रान्तिको दिशामा अघि बढ्ने वातावरण बनेको बताउनुभएको छ । कमलादीस्थित प्रज्ञा भवनमा आज बसेको माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले जेनजी आन्दोलनलाई समाजवादी क्रान्तिका रूपमा संश्लेषण गर्नुपर्ने बताउनुभयो । विभिन्न नौ वाम घटकसँगको एकताबारे असन्तुष्टि व्यक्त गर्दै पार्टी पुनर्गठन अभियान सञ्चालन गर्ने घोषणा गर्नुभएको नेता जनार्दन शर्मालाई पार्टी एकताको प्रक्रियामा सहभागी हुन संयोजक दाहालले आग्रह गर्नुभयो । “तपाईं (जनार्दन)ले आफ्नो निर्णयमा पुनर्विचार गर्नुस्, पार्टीमा फर्कनुस्, सँगै अघि जानुपर्छ”, उहाँले भन्नुभयो ।

संजोजक दाहालले गणतन्त्रवादी, लोकतन्त्रवादी र देशभक्तहरू एकता अहिलेको आवश्यकता भएको उल्लेख गर्दै देशभक्तिपूर्ण आन्दोलनमा समाहित हुन परिवर्तनकारी शक्तिलाई आह्वान गर्नुभयो । वामपन्थी र देशभक्ति अभियान सञ्चालन गरिरहेका कम्युनिष्ट नेताहरू पनि एकता प्रक्रियामा सहभागी हुने उहाँको विश्वास छ । माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले मुलुकको आर्थिक समृद्धि, सुशासन र भ्रष्टाचार नियन्त्रणको राष्ट्रिय कार्यभार पूरा गर्ने उद्देश्यका साथ बृहत् वामपन्थी एकता गर्न लागिएको स्पष्ट पार्नुभयो । नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठन र ध्रुवीकरण अहिलेको आवश्यकता भएको उल्लेख गर्दै उहाँले सम्पूर्ण देशभक्त शक्तिहरू एक ठाउँमा आउनुको विकल्प नभएको दोहो¥याउनुभयो । बैठकले पार्टी एकतासम्बन्धी प्रस्ताव पारित गरेको छ ।

प्रवक्ता अग्निप्रसाद सापकोटाले समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न बृहत् कम्युनिष्ट आन्दोलनको एकीकरण आजको आवश्यकता भएको उल्लेख गर्दै सोही आवश्यकता पूरा गर्न विभिन्न नौ वटा वाम घटकबीच एकता घोषणा हुन लागेको जानकारी दिनुभयो । उहाँका अनुसार भोलि भृकुटीमण्डपमा पार्टी एकता घोषणासभा हुनेछ । एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ रहने बताइएको छ । माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी नेकपा (माओवादी समाजवादी), नेकपा (साम्यवादी)सहित विभिन्न नौ वटा कम्युनिष्ट पार्टीबीच एकता हुँदैछ ।

एकतापछि बन्ने पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हुने र नेपाली क्रन्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुने प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । एकता प्रक्रियामा सहभागी सबै घटकको केन्द्रीय समितिको संयुक्त भेलाबाट पार्टी एकताको घोषणा, घोषणापत्र र अन्तरिम विधान पारित तथा केन्द्रीय समितिको गठन हुनेछ । उक्त पार्टीको चुनाव चिह्न पाँचकुने तारा राख्ने सहमति भएको छ ।

फ्रान्समा विमान दुर्घटना, कम्तिमा ११ जनाको मृत्यु

काठमाडौं । फ्रान्सको न्यान्सी विमानस्थल नजिकै आइतबार टोम्ब्लेनमा स्काइडाइभिङ विमान दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा विमानमा सवार कम्तिमा ११ जनाको मृत्यु भएको फ्रान्सेली सञ्चारमाध्यम एल’एस्टरिपब्लिकनले

Read More »

हामीले भारतको सिमाना थुप्रै ठाउँमा मिच्यौं अरे, कति झुट : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभा बैठकमा नेपालले भारतको भूमि मिचेको भनेर दिएको विवादित अभिव्यक्तिप्रति आपत्ति जनाएका

Read More »

कम्युनिष्ट सकाउन भदौ २४ को चुनाव भयो, छिटो वामपन्थी एक नभए भयानक दुर्घटना हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट सिध्याउने प्रयास भइरहेको बताएका छन् । जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई

Read More »

खैरो हेरोइनसहित एक जना पक्राउ

काठमाडौँ । प्रहरीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ बाट लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मायादेवी गाउँपालिका वडा नम्बर ६

Read More »

लामो अन्तरालपछि एउटै मञ्चमा देखिए ओली, प्रचण्ड, माधव र झलनाथ

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) नेकपाका सह-संयोजक माधव नेपाल, र (नेकपा) का वरिष्ठ नेता

Read More »

लोकप्रियताको आडमा गणतन्त्रमाथि षड्यन्त्र भइरहेको छ : सांसद दुलाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले लोकप्रियताको आवरणमा गणतान्त्रिक व्यवस्थामाथि प्रहार गर्ने प्रयासभएको भन्दै यसप्रति नेकपा गम्भीर र सचेत रहेको बताएका छन्। आइतबार

Read More »