हामीले भारतको सिमाना थुप्रै ठाउँमा मिच्यौं अरे, कति झुट : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभा बैठकमा नेपालले भारतको भूमि मिचेको भनेर दिएको विवादित अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्रीले देश विरोधी कुरा गरेको बताएका हुन् । चितवनमा गएर लिपुलेक र कालापानी हाम्रै हो भनेर प्रधानमन्त्रीको अभिव्यक्ति खण्डन नहुने उनले स्पष्ट पारे ।

‘हामीले छिमेकी भारतको सिमाना थुप्रै ठाउँमा मिच्यौं अरे, कति झुट। कति निराधार कुरो। कति देश विरोधी कुरो,’ उनले भने, ‘अस्ति चितवनमा गएर लिपुलेक र कालापानी हाम्रै हो भनेपछि हामीले थुप्रै ठाउँमा सीमा मिचेका छौं भन्ने अभिव्यक्तिको खण्डन भयो भन्ने विद्वानहरू फेरि निस्किए।

कहाँ खण्डन भयो। लिपुलेक र कालापानी नेपालको हो भन्नेमा संसदमा विवाद भएको होइन। नेपालले थुप्रै ठाउँमा सीमा मिचेको छ भन्ने कुरामा विवाद भएको हो। जुन कुरा खण्डन गरेको छैन। अर्को मन्त्रीले जबाफ दिएर खण्डन भएन।’

फ्रान्समा विमान दुर्घटना, कम्तिमा ११ जनाको मृत्यु

काठमाडौं । फ्रान्सको न्यान्सी विमानस्थल नजिकै आइतबार टोम्ब्लेनमा स्काइडाइभिङ विमान दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा विमानमा सवार कम्तिमा ११ जनाको मृत्यु भएको फ्रान्सेली सञ्चारमाध्यम एल’एस्टरिपब्लिकनले

Read More »

हामीले भारतको सिमाना थुप्रै ठाउँमा मिच्यौं अरे, कति झुट : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभा बैठकमा नेपालले भारतको भूमि मिचेको भनेर दिएको विवादित अभिव्यक्तिप्रति आपत्ति जनाएका

Read More »

कम्युनिष्ट सकाउन भदौ २४ को चुनाव भयो, छिटो वामपन्थी एक नभए भयानक दुर्घटना हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट सिध्याउने प्रयास भइरहेको बताएका छन् । जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई

Read More »

खैरो हेरोइनसहित एक जना पक्राउ

काठमाडौँ । प्रहरीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ बाट लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मायादेवी गाउँपालिका वडा नम्बर ६

Read More »

लामो अन्तरालपछि एउटै मञ्चमा देखिए ओली, प्रचण्ड, माधव र झलनाथ

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) नेकपाका सह-संयोजक माधव नेपाल, र (नेकपा) का वरिष्ठ नेता

Read More »

लोकप्रियताको आडमा गणतन्त्रमाथि षड्यन्त्र भइरहेको छ : सांसद दुलाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले लोकप्रियताको आवरणमा गणतान्त्रिक व्यवस्थामाथि प्रहार गर्ने प्रयासभएको भन्दै यसप्रति नेकपा गम्भीर र सचेत रहेको बताएका छन्। आइतबार

Read More »