काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि लगिएसँगै पत्नी निकिता पौडेल पनि सिंहदरबार पुगेकी छन् । रविलाई बुधबार अपराह्न नख्खु कारागारबाट सिंहदरबार लगिएको थियो । जेनजी प्रदर्शनमा भएको दमनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगमा उनलाई उपस्थित गराइएको हो ।
सोही स्थानमा रविलाई भेट्नका लागि निकिता पुगेकी हुन् । भदौ २४ मा लामिछाने कारागारबाट निस्केका थिए । यसअघि आयोगले सिंहदरबारस्थित आफ्नो कार्यालयमा बोलाएर नख्खु कारागारका जेलर सत्यराज जोशीसँग बयान लिएको थियो ।










