जेनजी आन्दोलनलाई निर्वाचनमा सीमित गरियो : उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव जेनजी पुस्ताको आन्दोलनलाई निर्वाचनमा सीमित गरिएको टिप्पणी गरेका छन् । बुधबारदेखि काठमाडौँमा सुरु भएको जसपा नेपालको केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै यादवले सो टिप्पणी गरेका हुन् ।

उनले आफ्नो प्रतिवेदनमा भनेका छन्, ‘युवा पुस्ताले गरेको विद्रोहको उपलब्धि केवल सरकार परिवर्तन र २०८४ मा हुने संसदीय निर्वाचन २०८२ मा हुनेमा मात्र सीमित रहने हो कि ? भन्ने आशङ्का र द्धविधा उत्पन्न भएको छ ।’

उनले अहिले संविधान संशोधन अथवा पुनर्लेखन, निर्वाचन प्रणाली र शासकीय स्वरूपमा परिवर्तन, समानुपातिक समावेशी तथा पहिचानको मुद्दा ओझेलमा परेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘क्रान्तिकारी परिवर्तन भनेको केवल सत्ताको हस्तान्तर मात्र होइन, बरु सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक जीवनमा आमूल रूपान्तरण हो ।’

तोकिएको समयमा चुनाव हुनुपर्ने उल्लेख गर्दै उनले प्रतिनिधि सभाको निर्वाचनका लागि विश्वव्यापी लोकतान्त्रिक मूल्य र मान्यता अनुरूप समान जनसङ्ख्याका आधारमा प्रतिनिधित्वको व्यवस्था गर्न निर्वाचन क्षेत्र पुनः निर्धारण हुनुपर्ने माग गरेका छन् । उनले भनेका छन्, ‘निर्वाचन क्षेत्र निर्धारण गर्नुका साथै महिला र दलित समुदायका लागि छुट्टै आरक्षित निर्वाचन क्षेत्रको व्यवस्था गरिनुपर्दछ ।’

जनतामा निहित रहेको सार्वभौमसत्ता र राजकीय सत्ता तथा संविधानको प्रतिकुल हुने गरी गरिएका कार्यहरू आफ्नो पार्टीलाई स्वीकार नरहेको उल्लेख गर्दै उनले विगतमा भएका उपलब्धिलाई धराप पार्ने षड्यन्त्र भइरहेको बताए ।

दोस्रो जनआन्दोलनको समयमा भएको घटना, मधेस आन्दोलन तथा थरुहट आन्दोलनमा भएको घटनासम्बन्धी छानबिन आयोग लगायतका न्यायिक तथा छानबिन आयोगका सम्पूर्ण प्रतिवेदनहरू सरकारले सार्वजनिक गर्न अध्यक्ष यादवले माग गरेका छन् ।

फ्रान्समा विमान दुर्घटना, कम्तिमा ११ जनाको मृत्यु

काठमाडौं । फ्रान्सको न्यान्सी विमानस्थल नजिकै आइतबार टोम्ब्लेनमा स्काइडाइभिङ विमान दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा विमानमा सवार कम्तिमा ११ जनाको मृत्यु भएको फ्रान्सेली सञ्चारमाध्यम एल’एस्टरिपब्लिकनले

Read More »

हामीले भारतको सिमाना थुप्रै ठाउँमा मिच्यौं अरे, कति झुट : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभा बैठकमा नेपालले भारतको भूमि मिचेको भनेर दिएको विवादित अभिव्यक्तिप्रति आपत्ति जनाएका

Read More »

कम्युनिष्ट सकाउन भदौ २४ को चुनाव भयो, छिटो वामपन्थी एक नभए भयानक दुर्घटना हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट सिध्याउने प्रयास भइरहेको बताएका छन् । जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई

Read More »

खैरो हेरोइनसहित एक जना पक्राउ

काठमाडौँ । प्रहरीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ बाट लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मायादेवी गाउँपालिका वडा नम्बर ६

Read More »

लामो अन्तरालपछि एउटै मञ्चमा देखिए ओली, प्रचण्ड, माधव र झलनाथ

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) नेकपाका सह-संयोजक माधव नेपाल, र (नेकपा) का वरिष्ठ नेता

Read More »

लोकप्रियताको आडमा गणतन्त्रमाथि षड्यन्त्र भइरहेको छ : सांसद दुलाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले लोकप्रियताको आवरणमा गणतान्त्रिक व्यवस्थामाथि प्रहार गर्ने प्रयासभएको भन्दै यसप्रति नेकपा गम्भीर र सचेत रहेको बताएका छन्। आइतबार

Read More »