हाम्रो पार्टीलाई एक नम्बर हुनबाट कसैले रोक्न सक्दैन : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एक नम्बरको पार्टी बनाउन कसैले रोक्न नसक्ने बताएका छन् ।  बुधबार भृकुटीमण्डपमा आयोजित एकता घोषणा सभामा प्रचण्डले आगामी निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी एक नम्बरको पार्टी बन्ने बताएका हुन् । 

‘नेपाली कम्युनिस्ट पार्टीलाई एक नम्बर पार्टी बनाउन कसैले रोक्न सक्दैन । प्रतिक्रियावादीलाई निद्रा नलागेको होला  । नलागे नलागोस् । तर यसो भनेर अहङ्कारमा जानु हुँदैन । सबैलाई मिलाएर जानुपर्छ’, उनले भने । कार्यक्रममा प्रचण्डले पार्टीभित्र देखिएको नेतृत्व हस्तान्तरणको बहसलाई एउटा नयाँ विचार र विधि बनाएर हस्तान्तरण गर्ने स्पष्ट पारे ।

अहिले सबै पार्टीभित्र नेतृत्व हस्तान्तरणको बहस चलेको छ । नेतृत्वमा एउटै पदमा बसिराख्नु जरुरत छैन । नेतृत्वलाई अन्य भूमिकामा व्यवस्थापन गर्न सकिन्छ । महाधिवेशनसम्म बहस र छलफल गर्न सकिन्छ’, उनले भने, ‘मैले भूमिगत कालमा नमरुन्जेल नेतृत्वमा बसिराख्नुपर्छ भन्ने छैन भनेर दस्ताबेज लेखेको थिएँ । अब समय आएको छ, २१ औँ शताब्दीमा कम्युनिस्टलाई सधैँ जीवित राख्ने गरी नयाँ विचार र विधिको विकास गर्नुपर्छ । यसबारे माधवजी र मैले छलफल गरिरहेका छौँ ।’

अब सच्चिनुको कुनै विकल्प नभएको भन्दै उनले राष्ट्र गम्भीर सङ्कटमा रहेकाले नै वामपन्थीबिच एकता गरिएको उनले जिकिर गरे । सङ्कट समाधानका लागि एमाले लगायत सबै लोकतान्त्रिक शक्तिसँग हातेमालो गर्न तयार भएको प्रचण्डले बताए ।

‘राष्ट्र, लोकतन्त्र, गणतन्त्र र राष्ट्रियताको पक्षमा एमाले लगायत सबैसँग हातेमाले गर्न गर्न चाहन्छौँ । हामीले वामपन्थीसँग मात्र एकता र सहकार्य गर्छु भन्यो भने वस्तुगत हुँदैन’, उनले भने, ‘वामपन्थी बाहिरका लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्नुपर्छ । राष्ट्र सङ्कटमा छन् । गणतन्त्र ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने प्रमुख नेताहरू यहीँ छन् । सबैलाई मिलाएर लैजाने गरी भूमिका खेल्न म आग्रह गर्न चाहन्छु ।’

फ्रान्समा विमान दुर्घटना, कम्तिमा ११ जनाको मृत्यु

काठमाडौं । फ्रान्सको न्यान्सी विमानस्थल नजिकै आइतबार टोम्ब्लेनमा स्काइडाइभिङ विमान दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा विमानमा सवार कम्तिमा ११ जनाको मृत्यु भएको फ्रान्सेली सञ्चारमाध्यम एल’एस्टरिपब्लिकनले

Read More »

हामीले भारतको सिमाना थुप्रै ठाउँमा मिच्यौं अरे, कति झुट : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभा बैठकमा नेपालले भारतको भूमि मिचेको भनेर दिएको विवादित अभिव्यक्तिप्रति आपत्ति जनाएका

Read More »

कम्युनिष्ट सकाउन भदौ २४ को चुनाव भयो, छिटो वामपन्थी एक नभए भयानक दुर्घटना हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट सिध्याउने प्रयास भइरहेको बताएका छन् । जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई

Read More »

खैरो हेरोइनसहित एक जना पक्राउ

काठमाडौँ । प्रहरीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ बाट लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मायादेवी गाउँपालिका वडा नम्बर ६

Read More »

लामो अन्तरालपछि एउटै मञ्चमा देखिए ओली, प्रचण्ड, माधव र झलनाथ

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) नेकपाका सह-संयोजक माधव नेपाल, र (नेकपा) का वरिष्ठ नेता

Read More »

लोकप्रियताको आडमा गणतन्त्रमाथि षड्यन्त्र भइरहेको छ : सांसद दुलाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले लोकप्रियताको आवरणमा गणतान्त्रिक व्यवस्थामाथि प्रहार गर्ने प्रयासभएको भन्दै यसप्रति नेकपा गम्भीर र सचेत रहेको बताएका छन्। आइतबार

Read More »