रवि–छविको निवेदन न्यायाधीशद्वय आचार्य र अर्यालको इजलासमा

काठमाडौं, २० कात्तिक । सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीले दिएको निवेदन उच्च अदालतका न्यायाधीशद्वय वासुदेव आचार्य र र ओमप्रसाद अर्यालको इजलासमा परेको छ ।

आफूलाई थुनामुक्त गर्न गरी साधारण तारेख माग गर्दै छुट्टाछुट्टै दायर निवेदन यसअघि उच्च र सर्वोच्च अदालतले समेत खारेज गर्दै उनीहरूलाई थुनामा पठाइएको थियो । त्यसपछि उनीहरूले बिगो बुझाएर साधारण तारेख माग गर्दै अर्को निवेदन दिएका हुन् ।

उनीहरूको निवेदन जिल्ला अदालत रुपन्देहीबाट खारेज भइसकेको छ । उक्त खारेजीविरुद्ध ७३ नम्बर निवेदन यति बेला उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा विचाराधीन छ ।

आज (कात्तिक २०) न्यायाधीशद्वयको इजलासबाट निवेदनको मागअनुरूप आदेश नपाए सर्वोच्च जाने उनीहरूको बाटो खुला हुनेछ । फौजदारी कार्यविधि संहिताले सहकारी ठगी मात्र मुद्दा हुँदा दाबी गरिएको पूरा बिगो बुझाएर बाहिरै बसेर मुद्दा लड्ने सुविधा दिएको छ । तर, संगठित अपराधसहितका अभियोग भएका अभियुक्तको हकमा यो सुविधामा बन्देज छ ।

फ्रान्समा विमान दुर्घटना, कम्तिमा ११ जनाको मृत्यु

काठमाडौं । फ्रान्सको न्यान्सी विमानस्थल नजिकै आइतबार टोम्ब्लेनमा स्काइडाइभिङ विमान दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा विमानमा सवार कम्तिमा ११ जनाको मृत्यु भएको फ्रान्सेली सञ्चारमाध्यम एल’एस्टरिपब्लिकनले

Read More »

हामीले भारतको सिमाना थुप्रै ठाउँमा मिच्यौं अरे, कति झुट : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभा बैठकमा नेपालले भारतको भूमि मिचेको भनेर दिएको विवादित अभिव्यक्तिप्रति आपत्ति जनाएका

Read More »

कम्युनिष्ट सकाउन भदौ २४ को चुनाव भयो, छिटो वामपन्थी एक नभए भयानक दुर्घटना हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट सिध्याउने प्रयास भइरहेको बताएका छन् । जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई

Read More »

खैरो हेरोइनसहित एक जना पक्राउ

काठमाडौँ । प्रहरीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ बाट लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मायादेवी गाउँपालिका वडा नम्बर ६

Read More »

लामो अन्तरालपछि एउटै मञ्चमा देखिए ओली, प्रचण्ड, माधव र झलनाथ

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) नेकपाका सह-संयोजक माधव नेपाल, र (नेकपा) का वरिष्ठ नेता

Read More »

लोकप्रियताको आडमा गणतन्त्रमाथि षड्यन्त्र भइरहेको छ : सांसद दुलाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले लोकप्रियताको आवरणमा गणतान्त्रिक व्यवस्थामाथि प्रहार गर्ने प्रयासभएको भन्दै यसप्रति नेकपा गम्भीर र सचेत रहेको बताएका छन्। आइतबार

Read More »