भदौ २४ को विध्वंशमा राजनीतिक कार्यकर्ताकै सक्रियता रहेको स्वीकार गर्‍यो रास्वपाले

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी आन्दोलनका क्रममा भदौ २४ गतेको विध्वंशमा राजनीतिक कार्यकर्ताहरूकै सक्रियता रहेको स्वीकार गरेको छ ।

शुक्रबार चितवनमा सुरु भएको केन्द्रीय समितिको विस्तारित बैठकमा पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले पेस गरेको राजनीतिक प्रतिवेदनमा भदौ २४ को विध्वंशमा राजनीतिक कार्यकर्ताकै सक्रियता रहेको तथ्य फोटो र भिडियोबाट खुलिसकेको उल्लेख छ ।

कार्यवाहक सभापति अर्यालले प्रतिवेदनमा भनेका छन्, ‘सार्वजनिक भएका केही तथ्यले भदौ २४ को घटना योजनाबद्ध हो कि भन्ने आशंकालाई पनि बढाएको छ ।’

रास्वपाले भदौ २३ र २४ गरी दुवै दिनका घटनाको निष्पक्ष र जनविश्वासयोग्य छानबिन आवश्यक रहेको औँल्याएको छ । प्रतिवेदनमा भनिएको छ, ‘हामी अत्यन्तै प्रस्ट रूपमा भन्छौँ– २३ गते राज्यशक्तिको दुरुपयोगमा जनहत्या भएकै कारण २४ गतेका घटना भएका हुन्, तर दुवै दिनका घटनाको निष्पक्ष छानबिन गरी अपराध र संलग्नताको आधारमा दोषीलाई कारबाही गर्नुपर्छ ।’ यसको सुरुवातचाहिँ भदौ २३ मा नरसंहार गर्नेहरूबाट थाल्नुपर्ने रास्वपाको जिकिर छ ।

दोषीहरूलाई कारबाही नगरी न्याय स्थापित हुन सक्दैन । दण्डहीनताले भविष्यमा पनि यस्ता घटना दोहोरिने सम्भावना बढाउँछ,’ कार्यवाहक सभापति अर्यालले आफ्नो राजनीतिक प्रतिवेदनमा भनेका छन्, ‘त्यसैले दोषीलाई कारबाही गरेर मात्र पीडितले न्याय पाउँछन् र कानुनी राज्यको प्रत्याभूति हुन्छ ।’

निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्दामात्र राज्य आफ्ना नागरिकप्रति जबाफदेही छ र आफ्नो शक्तिलाई गैर–जिम्मेवारपूर्ण तरिकाले प्रयोग गर्दैन भन्ने सन्देश जाने पनि उनले प्रस्ट पारेका छन् । यसबाट राज्यप्रतिको जनविश्वास पुनः स्थापित गर्न मद्दत गर्ने उनको तर्क छ ।

छानबिनबाट मात्रै भविष्यमा राज्यले बल प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, भिड नियन्त्रणका उचित उपाय र शान्तिपूर्ण प्रदर्शनलाई सम्मान गर्ने तरिकाबारे नयाँ नीति र कार्यविधि बनाउन सकिने उनले उल्लेख गरेका छन् ।

फ्रान्समा विमान दुर्घटना, कम्तिमा ११ जनाको मृत्यु

काठमाडौं । फ्रान्सको न्यान्सी विमानस्थल नजिकै आइतबार टोम्ब्लेनमा स्काइडाइभिङ विमान दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा विमानमा सवार कम्तिमा ११ जनाको मृत्यु भएको फ्रान्सेली सञ्चारमाध्यम एल’एस्टरिपब्लिकनले

Read More »

हामीले भारतको सिमाना थुप्रै ठाउँमा मिच्यौं अरे, कति झुट : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभा बैठकमा नेपालले भारतको भूमि मिचेको भनेर दिएको विवादित अभिव्यक्तिप्रति आपत्ति जनाएका

Read More »

कम्युनिष्ट सकाउन भदौ २४ को चुनाव भयो, छिटो वामपन्थी एक नभए भयानक दुर्घटना हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट सिध्याउने प्रयास भइरहेको बताएका छन् । जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई

Read More »

खैरो हेरोइनसहित एक जना पक्राउ

काठमाडौँ । प्रहरीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ बाट लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मायादेवी गाउँपालिका वडा नम्बर ६

Read More »

लामो अन्तरालपछि एउटै मञ्चमा देखिए ओली, प्रचण्ड, माधव र झलनाथ

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) नेकपाका सह-संयोजक माधव नेपाल, र (नेकपा) का वरिष्ठ नेता

Read More »

लोकप्रियताको आडमा गणतन्त्रमाथि षड्यन्त्र भइरहेको छ : सांसद दुलाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले लोकप्रियताको आवरणमा गणतान्त्रिक व्यवस्थामाथि प्रहार गर्ने प्रयासभएको भन्दै यसप्रति नेकपा गम्भीर र सचेत रहेको बताएका छन्। आइतबार

Read More »