कैलालीका आगजनीग्रस्त स्थानीय तहमा सेवा पुनःसञ्चालन, क्षतिपूर्ति र पुनर्निर्माणमा चुनौती

धनगढी । जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते भएको आगजनी र तोडफोडबाट क्षतिग्रस्त कैलालीका स्थानीय तहहरूले आधारभूत सेवाहरू पुनः सञ्चालन गरेका छन्। अधिकांश स्थानीय तह सहयोगीहरूको भरमा कार्यालय सञ्चालन गर्न बाध्य छन् भने केहीले विद्यालय, स्वास्थ्य चौकी र क्लबका भवनबाट सेवा प्रवाह गरिरहेका छन्। आगजनीबाट प्रभावित गौरीगंगा नगरपालिका, कैलारी गाउँपालिका, गोदावरी नगरपालिका र घोडाघोडी नगरपालिकामा करोडौंको क्षति पुगेको छ। यी पालिकाहरूले दाता तथा सहयोगीहरूबाट जिन्सी सामग्री जुटाएर कामचलाउ रूपमा सेवा सुरु गरेका हुन्।

गौरीगंगामा नगरपालिकामा प्रारम्भिक अनुमान अनुसार साढे सात करोड बराबरको क्षति भएको छ। नगरपालिकाले सार्वजनिक रूपमा सहयोगको अपिल गरेपछि हालसम्म करिब ८० लाख बराबरको जिन्सी सामग्री सङ्कलन भएको छ। यही सहयोगबाट कार्यालयको अत्यावश्यक काम अघि बढाइएको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले जानकारी दिए। नगरपालिकाका ११ वडामध्ये ९ वडा पूर्ण रूपमा र दुई वडामा आंशिक क्षति पुगेको थियो। यस्तै कैलारी गाउँपालिकाको प्रशासनिक भवन र नौवटै वडा कार्यालयमा क्षति पुगेको थियो।

सूचना अधिकारी यगम कलेलका अनुसार, सहयोगीहरूबाट अत्यावश्यक सामग्री जुटाएर सेवा सञ्चालन गरिएको छ। पूर्ण रूपमा क्षतिग्रस्त वडाहरूमध्ये केहीलाई युवा क्लब, स्वास्थ्य संस्था र विद्यालयका भवनमा सारिएको छ। यस्तैगरि गोदावरी नगरपालिकामा ९ करोड ५४ लाखको क्षति भएको प्रारम्भिक अनुमान छ। वडा कार्यालयहरूमा सामान्य क्षति भए पनि नगरपालिकाको मुख्य प्रशासनिक भवन पूर्ण रूपमा जलेर नष्ट भएको छ। इन्जिनियर जनक खड्काका अनुसार, सार्वजनिक अपिलमार्फत सङ्कलित सामग्रीबाट अत्यावश्यक सेवा प्रवाह भइरहेको छ।

क्षतिग्रस्त भवन मर्मतका लागि टेन्डर प्रक्रिया अघि बढाइएको छ। यसैगरी घोडाघोडी नगरपालिकामा यहाँ साढे आठ करोड बराबरको क्षति अनुमान गरिएको छ। अधिकृत उमेश रेग्मीका अनुसार, आगजनी र तोडफोडबाट बचेका सामग्री तथा सहयोगीहरूबाट प्राप्त सहयोगले अत्यावश्यक सेवा पुनः सञ्चालनमा ल्याइएको छ। जेनजी प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाले स्थानीय तहको भौतिक संरचनामा क्षति भएपछि हाल सेवा प्रवाहमा पनि गम्भीर असर पारेको हो।

फ्रान्समा विमान दुर्घटना, कम्तिमा ११ जनाको मृत्यु

काठमाडौं । फ्रान्सको न्यान्सी विमानस्थल नजिकै आइतबार टोम्ब्लेनमा स्काइडाइभिङ विमान दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा विमानमा सवार कम्तिमा ११ जनाको मृत्यु भएको फ्रान्सेली सञ्चारमाध्यम एल’एस्टरिपब्लिकनले

Read More »

हामीले भारतको सिमाना थुप्रै ठाउँमा मिच्यौं अरे, कति झुट : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभा बैठकमा नेपालले भारतको भूमि मिचेको भनेर दिएको विवादित अभिव्यक्तिप्रति आपत्ति जनाएका

Read More »

कम्युनिष्ट सकाउन भदौ २४ को चुनाव भयो, छिटो वामपन्थी एक नभए भयानक दुर्घटना हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट सिध्याउने प्रयास भइरहेको बताएका छन् । जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई

Read More »

खैरो हेरोइनसहित एक जना पक्राउ

काठमाडौँ । प्रहरीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ बाट लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मायादेवी गाउँपालिका वडा नम्बर ६

Read More »

लामो अन्तरालपछि एउटै मञ्चमा देखिए ओली, प्रचण्ड, माधव र झलनाथ

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) नेकपाका सह-संयोजक माधव नेपाल, र (नेकपा) का वरिष्ठ नेता

Read More »

लोकप्रियताको आडमा गणतन्त्रमाथि षड्यन्त्र भइरहेको छ : सांसद दुलाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले लोकप्रियताको आवरणमा गणतान्त्रिक व्यवस्थामाथि प्रहार गर्ने प्रयासभएको भन्दै यसप्रति नेकपा गम्भीर र सचेत रहेको बताएका छन्। आइतबार

Read More »