मासु निर्यात अभिवृद्धिका लागि राँगाभैंसी प्रवर्द्धन कार्यविधि २०८२ तयार

काठमाडौं, २३ कात्तिक । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मासु निर्यात बढाउने उद्देश्यसहित ‘राँगा वा भैंसी प्रवर्द्धन कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि, २०८२’ तयार पारेको छ । मन्त्रालयले नेपालबाट मासु तथा मासुजन्य वस्तुको निर्यात सम्भावना बढ्दै गएपछि व्यवस्थित उत्पादन, गुणस्तर सुनिश्चितता तथा पशु स्रोत व्यवस्थापनलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित कार्यविधि ल्याएको हो ।

मन्त्रालयका अनुसार यस कार्यविधिले गुणस्तरीय र स्वास्थ्य मापदण्ड पूरा गर्ने राँगा तथा भैंसीको उत्पादन, प्रशोधन तथा निर्यातलाई समर्थन गर्नेछ । साथै, किसानलाई उच्च उत्पादकता भएका जातको प्रवर्द्धन, वैज्ञानिक व्यवस्थापन, भन्सार तथा स्वास्थ्य परीक्षण सहजता लगायत कार्यक्रममार्फत आर्थिक अभिवृद्धिमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

कार्यविधिमा पशु कल्याण, नन–एन्टीबायोटिक उत्पादन प्रणाली, किसानलाई प्रोत्साहन र निजी क्षेत्रको लगानी आकर्षित गर्ने नीति समावेश गरिएको छ । मन्त्रालयले आगामी दिनमा मासु निर्यात अभिवृद्धिका लागि आवश्यक पूर्वाधार निर्माण र अन्तर्राष्ट्रिय बजार पहिचानमा पनि सक्रियता बढाउने तयारी गरेको जनाएको छ ।

सरकारले मासु तथा पशुपालन क्षेत्रलाई कृषिमा आधारित अर्थतन्त्रको महत्वपूर्ण अंग मानेको छ । मन्त्रालयका अनुसार कार्यविधि कार्यान्वयनमा आयो भने ग्रामीण रोजगारी, पशुपालन व्यवसायमा आकर्षण, विदेशी मुद्रा आर्जन तथा राष्ट्रिय आर्थिक वृद्धिमा प्रत्यक्ष योगदान हुनेछ ।

फ्रान्समा विमान दुर्घटना, कम्तिमा ११ जनाको मृत्यु

काठमाडौं । फ्रान्सको न्यान्सी विमानस्थल नजिकै आइतबार टोम्ब्लेनमा स्काइडाइभिङ विमान दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा विमानमा सवार कम्तिमा ११ जनाको मृत्यु भएको फ्रान्सेली सञ्चारमाध्यम एल’एस्टरिपब्लिकनले

Read More »

हामीले भारतको सिमाना थुप्रै ठाउँमा मिच्यौं अरे, कति झुट : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभा बैठकमा नेपालले भारतको भूमि मिचेको भनेर दिएको विवादित अभिव्यक्तिप्रति आपत्ति जनाएका

Read More »

कम्युनिष्ट सकाउन भदौ २४ को चुनाव भयो, छिटो वामपन्थी एक नभए भयानक दुर्घटना हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट सिध्याउने प्रयास भइरहेको बताएका छन् । जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई

Read More »

खैरो हेरोइनसहित एक जना पक्राउ

काठमाडौँ । प्रहरीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ बाट लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मायादेवी गाउँपालिका वडा नम्बर ६

Read More »

लामो अन्तरालपछि एउटै मञ्चमा देखिए ओली, प्रचण्ड, माधव र झलनाथ

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) नेकपाका सह-संयोजक माधव नेपाल, र (नेकपा) का वरिष्ठ नेता

Read More »

लोकप्रियताको आडमा गणतन्त्रमाथि षड्यन्त्र भइरहेको छ : सांसद दुलाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले लोकप्रियताको आवरणमा गणतान्त्रिक व्यवस्थामाथि प्रहार गर्ने प्रयासभएको भन्दै यसप्रति नेकपा गम्भीर र सचेत रहेको बताएका छन्। आइतबार

Read More »