सेबोनका कर्मचारीहरूको आन्दोलन स्थगित, करिब डेढ महिनापछि काममा फर्किए

काठमाडौं, २३ कात्तिक । करिब डेढ महिनादेखि आन्दोलनरत नेपाल धितोपत्र बोर्ड (सेबोन)का कर्मचारीहरूको आन्दोलन स्थगित भएको छ । उनीहरू आइतबारदेखि आन्दोलन स्थगित गरेर काममा फर्किएका हुन् ।

आन्दोलनरत कर्मचारी र अर्थ मन्त्रालयबीच सहमति जुटेसँगै कर्मचारीहरू काममा फर्किएका हुन् । उनीहरूको सेवा सुविधा कटौती नहुने व्यवस्थाका लागि सुझाव दिन एक अध्ययन समिति गठन गर्ने सहमति भएको छ । अर्थमन्त्री रामेश्वर खनालको निर्देशनमा मन्त्रालयका सहसचिव उत्तरकुमार खत्री र कर्मचारीहरूबीच भएको वार्ता भएको थियो ।

सेबोन स्रोतका अनुसार सेबोनका सञ्चालक विनोदकुमार भट्टराईको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको छ। समितिमा सञ्चालक आनन्दराज शर्मा वाग्ले र दुई जना सेबोनका कर्मचारी सदस्य रहेका छन् । उनीहरूलाई तीन दिनभित्र सुझावसहितको प्रतिवेदन बुझाउन भनिएको छ ।

अर्थ मन्त्रालयले भदौ ३१ गते पठाएको पत्रकै कारण कर्मचारीहरूले आन्दोलन चर्काएका थिए । उनीहरूले सेबोनका अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई कार्यालय प्रवेशमा रोक लगाउँदै काम ठप्प पारेका थिए ।

अर्थमन्त्री रामेश्वर खनालले व्यापक खर्च कटौती गर्दै सेबोनको कर्मचारी कल्याण कोष कार्यविधि खारेज गर्ने र ती कोषबाट भुक्तानी भएको रकम असुलउपर गर्न निर्देशन दिएका थिए । उक्त निर्देशनले बोर्डको स्वायत्ततामाथि प्रहार भएको र खाइपाई आएको सेवा सुविधा खोसिएको भन्दै कर्मचारीहरू असोज पहिलो सातादेखि काम ठप्प पारेर आन्दोलनमा उत्रिएका थिए।

फ्रान्समा विमान दुर्घटना, कम्तिमा ११ जनाको मृत्यु

काठमाडौं । फ्रान्सको न्यान्सी विमानस्थल नजिकै आइतबार टोम्ब्लेनमा स्काइडाइभिङ विमान दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा विमानमा सवार कम्तिमा ११ जनाको मृत्यु भएको फ्रान्सेली सञ्चारमाध्यम एल’एस्टरिपब्लिकनले

Read More »

हामीले भारतको सिमाना थुप्रै ठाउँमा मिच्यौं अरे, कति झुट : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभा बैठकमा नेपालले भारतको भूमि मिचेको भनेर दिएको विवादित अभिव्यक्तिप्रति आपत्ति जनाएका

Read More »

कम्युनिष्ट सकाउन भदौ २४ को चुनाव भयो, छिटो वामपन्थी एक नभए भयानक दुर्घटना हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट सिध्याउने प्रयास भइरहेको बताएका छन् । जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई

Read More »

खैरो हेरोइनसहित एक जना पक्राउ

काठमाडौँ । प्रहरीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ बाट लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मायादेवी गाउँपालिका वडा नम्बर ६

Read More »

लामो अन्तरालपछि एउटै मञ्चमा देखिए ओली, प्रचण्ड, माधव र झलनाथ

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) नेकपाका सह-संयोजक माधव नेपाल, र (नेकपा) का वरिष्ठ नेता

Read More »

लोकप्रियताको आडमा गणतन्त्रमाथि षड्यन्त्र भइरहेको छ : सांसद दुलाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले लोकप्रियताको आवरणमा गणतान्त्रिक व्यवस्थामाथि प्रहार गर्ने प्रयासभएको भन्दै यसप्रति नेकपा गम्भीर र सचेत रहेको बताएका छन्। आइतबार

Read More »