पाकिस्तान–अफगानिस्तान वार्ता निष्कर्षविहीन भए पनि आरोप–प्रत्यारोप जारी

काठमाडौं, २४ कात्तिक । अफगानिस्तान र पाकिस्तानबीचको शान्ति वार्ता शुक्रबार (नोभेम्बर ७) गतिरोध सँगै समाप्त भएको छ । अफगानिस्तानको तालिवान सरकारले यो वार्ता असफल हुनुमा इस्लामाबादको ‘गैर–जिम्मेवार र असहयोगी’ व्यवहारलाई जिम्मेवार ठहराएको संचारमाध्यमहरूले बताएका छन् । दुवै छिमेकी देशका प्रतिनिधिहरूले अक्टोबर १९ मा सीमामा भएको झडपमा दुवै पक्षमा व्यापक हताहत भएपछि युद्धविराम सम्झौतालाई सुनिश्चित गर्न बिहीबार टर्कीमा भेटवार्ता गरेका थिए ।

तालिवान प्रवक्ता जबिहुल्लाह मुजाहिदले यो वार्ता नतिजाविहिन हुनुमा पाकिस्तानलाई दोषी ठहराएका छन् । मुजाहिदले भने, “वार्ताको क्रममा पाकिस्तानी पक्षले आफ्नो सुरक्षाको सम्पूर्ण जिम्मेवारी अफगान सरकारमाथि थोपर्ने प्रयास गरे पनि उसले अफगानिस्तान वा आफ्नै सुरक्षाको जिम्मेवारी लिने कुनै इच्छा देखाएन ।” यद्यपि, वार्ता विफल भए पनि सीमामा युद्धविरामको स्थिति कायम रहने प्रवक्ताले बताए । मुजाहिदले युद्धविराममा ‘कुनै समस्या नरहेको’ बताउँदै मध्यस्थताका लागि कतार र टर्कीलाई धन्यवाद दिए ।

यता, पाकिस्तानको स्वतन्त्र जियो न्युज च्यानललाई दिएको एक अन्तर्वार्तामा पाकिस्तानी रक्षामन्त्री ख्वाजा आसिफले भने, “हामीले भन्दै आएका थियौँ, वार्ता समाप्त भइसकेको छ ।” यद्यपि, उनले जबसम्म अफगान पक्षले यसको उल्लंघन गर्दैन, तबसम्म युद्धविराम जारी रहने पनि बताए । दुवै देशले टर्कीमा चलिरहेको वार्ताको विस्तृत विवरण सार्वजनिक गरेका छैनन् ।

यसअघि बिहीबार पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारले दुई देशबीचको शान्ति वार्ता विफल भइरहेको संकेत दिएका थिए । उनले अफगानिस्तानले आतंकवाद नियन्त्रण गर्ने आफ्नो वाचा पूरा गर्न ‘अहिलेसम्म असफल’ भएको बताएका थिए । अताउल्लाह तरारका अनुसार, “पाकिस्तानले आफ्ना नागरिकहरू र आफ्नो सार्वभौमसत्ताको सुरक्षाका लागि सबै आवश्यक विकल्पहरूको प्रयोग जारी राख्नेछ ।”

गत महिना पाकिस्तानी सेना र अफगान तालिवान सेनाबीच सीमामा भीषण संघर्ष भयो, जुन सन् २०२१ मा काबुलमा तालिवान सत्तामा फर्किएपछि दुई छिमेकीहरूबीचको सबैभन्दा घातक संघर्ष थियो । कुनै समय सहयोगी रहेका यी देशहरूबीच इस्लामाबादले काबुलसँग तहरीक–ए–तालिवान पाकिस्तान (टीटीपी)विरुद्ध कारबाही गर्न माग गरेपछि दुई देशबीच तनाव बढेको थियो । टीटीपी अफगान तालिवानसँग घनिष्ट रूपमा जोडिएको एक फरक समूह मानिन्छ ।

टीटीपी पाकिस्तानको उत्तर–पश्चिमी अफगानिस्तानको सीमासँग जोडिएको खैबर पख्तुनख्वा प्रान्तमा इस्लामको एक कठोर व्याख्या लागु गर्न चाहन्छ । पाकिस्तान सरकारका अनुसार, यो समूह अफगान भूमिबाट निर्धक्क भएर आफ्ना पाकिस्तानी गतिविधिहरू सञ्चालन गर्दै आए पनि अफगान तालिवानले भने यो आरोप अस्वीकार गर्दै आएको छ ।

हालैका वर्षहरूमा टीटीपी आतंककारीहरूले पाकिस्तानी सुरक्षा बलहरूमाथि हमलाहरू तीव्र पारेका छन् । यसै वर्ष संयुक्त राष्ट्र संघको एक रिपोर्टमा टीटीपीले तालिवान अधिकारीहरूबाट पर्याप्त सैन्य र सञ्चालनात्मक सहायता पाउँने गरेको बताएको छ । यी दुई छिमेकी देशहरूबीच घनिष्ठ ऐतिहासिक, सांस्कृतिक र जनता–जनताबीचको आपसी सम्बन्ध पनि छ । विगत ४० वर्षमा युद्धग्रस्त देशबाट भागेका लाखौँ अफगानहरूले पाकिस्तानमा शरण लिएका छन् । तर, झडपपछि पाकिस्तानले देशमा रहेका अफगान आप्रवासीहरूमाथि कारबाही तीव्र पारेको छ ।

फ्रान्समा विमान दुर्घटना, कम्तिमा ११ जनाको मृत्यु

काठमाडौं । फ्रान्सको न्यान्सी विमानस्थल नजिकै आइतबार टोम्ब्लेनमा स्काइडाइभिङ विमान दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा विमानमा सवार कम्तिमा ११ जनाको मृत्यु भएको फ्रान्सेली सञ्चारमाध्यम एल’एस्टरिपब्लिकनले

Read More »

हामीले भारतको सिमाना थुप्रै ठाउँमा मिच्यौं अरे, कति झुट : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभा बैठकमा नेपालले भारतको भूमि मिचेको भनेर दिएको विवादित अभिव्यक्तिप्रति आपत्ति जनाएका

Read More »

कम्युनिष्ट सकाउन भदौ २४ को चुनाव भयो, छिटो वामपन्थी एक नभए भयानक दुर्घटना हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट सिध्याउने प्रयास भइरहेको बताएका छन् । जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई

Read More »

खैरो हेरोइनसहित एक जना पक्राउ

काठमाडौँ । प्रहरीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ बाट लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मायादेवी गाउँपालिका वडा नम्बर ६

Read More »

लामो अन्तरालपछि एउटै मञ्चमा देखिए ओली, प्रचण्ड, माधव र झलनाथ

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) नेकपाका सह-संयोजक माधव नेपाल, र (नेकपा) का वरिष्ठ नेता

Read More »

लोकप्रियताको आडमा गणतन्त्रमाथि षड्यन्त्र भइरहेको छ : सांसद दुलाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले लोकप्रियताको आवरणमा गणतान्त्रिक व्यवस्थामाथि प्रहार गर्ने प्रयासभएको भन्दै यसप्रति नेकपा गम्भीर र सचेत रहेको बताएका छन्। आइतबार

Read More »