दक्षिण कोरियाका पूर्व राष्ट्रपतिमाथि अर्को अभियोग

सोल । दक्षिण कोरियाका विशेष अभियोजकले सोमबार पूर्व राष्ट्रपति यून सुक येओलमाथि अर्को अभियोग दर्ता गरेका  छन् । शक्तिको दुरुपयोग गरेको अनि छिमेकी राज्यलाई सघाएको अभियोग उनीमाथि लगाइएको छ । यी सबै अभियोग गएको वर्ष मार्सल ल (सेनाको शासन) लगाउने उनको असफल प्रयाससँग सम्बन्धित छ । मार्सल ल लागू गर्न यूनले दक्षिण र उत्तर कोरियाबिच सैन्य द्वन्द्व भड्काउन खोजेको भनेर अभियोजकको प्रवक्ता पार्क जी–यङले पत्रकार सम्मेलनमा भनिन् ।

अप्रिलमा संवैधानिक अदालतले यूनलाई पदबाट बर्खास्त गरेको थियो । मार्सल ल लागू गर्ने असफल प्रयासलाई देशद्रोह भन्दै उनीमाथि हालिएको मुद्दाको सुनवाइ भइरहेको छ । दोषी भेटिएपछि येओललाई मृत्युदण्ड हुन सक्नेछ । तर आफूले कहिले पनि सेनाको शासन लागू गर्न नचाहेको तर प्रतिपक्ष दलहरूले गरिरहेको गलत काम रोक्न र प्रजातन्त्रको रक्षा गर्न मात्रै मार्सल लको घोषणा गरेको यूनले बारम्बार भन्दै आएका छन् ।

मेमोका अनुसार युन, उनका पूर्वरक्षामन्त्री किम योङ–ह्युन र पूर्वसैन्य गुप्तचर प्रमुख येओ इन–ह्युङले दक्षिण विरुद्ध उत्तर कोरियालाई दक्षिण कोरियामाथि आक्रमण गर्न उक्साउने योजना बनाएका थिए भनेर प्रवक्ता पार्क जी–यङले भनेकी छिन् । मार्सल ल घोषणा गर्नुको औचित्य देखाउन तीनै जनाले देशमा तनाव सिर्जना गर्ने षड्यन्त्र रचेको उनले बताएकी छिन । किम र येओलाई पनि उही थप आरोपमा अभियोग लगाइएको बताइएको छ ।

हामीले भारतको सिमाना थुप्रै ठाउँमा मिच्यौं अरे, कति झुट : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभा बैठकमा नेपालले भारतको भूमि मिचेको भनेर दिएको विवादित अभिव्यक्तिप्रति आपत्ति जनाएका

Read More »

कम्युनिष्ट सकाउन भदौ २४ को चुनाव भयो, छिटो वामपन्थी एक नभए भयानक दुर्घटना हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट सिध्याउने प्रयास भइरहेको बताएका छन् । जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई

Read More »

खैरो हेरोइनसहित एक जना पक्राउ

काठमाडौँ । प्रहरीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ बाट लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मायादेवी गाउँपालिका वडा नम्बर ६

Read More »

लामो अन्तरालपछि एउटै मञ्चमा देखिए ओली, प्रचण्ड, माधव र झलनाथ

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) नेकपाका सह-संयोजक माधव नेपाल, र (नेकपा) का वरिष्ठ नेता

Read More »

लोकप्रियताको आडमा गणतन्त्रमाथि षड्यन्त्र भइरहेको छ : सांसद दुलाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले लोकप्रियताको आवरणमा गणतान्त्रिक व्यवस्थामाथि प्रहार गर्ने प्रयासभएको भन्दै यसप्रति नेकपा गम्भीर र सचेत रहेको बताएका छन्। आइतबार

Read More »

प्रधानमन्त्रीको जवाफ चितवनबाट होइन, सदनबाट चाहियो : सांसद राई

काठमाडौं । श्रम संस्कृत पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को अभिव्यक्तिको उत्तर चितवनबाट आएको भन्दै असन्तुष्टि जनाएका छन् । आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै

Read More »