हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु

निजगढ, २४ कात्तिक । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको पथलैया–निजगढ सडकखण्डको १२ किलोमा आज हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरका ४० वर्षीय राजकुमार चौधरी रहेका छन् । प्रहरी उपरीक्षक सन्तोष तामाङका अनुसार वन क्षेत्रबाट राजमार्गमा निस्किएको जङ्गली हात्तीले ना ४ ख १८३० नम्बरको ट्रकका चालक चौधरीलाई आक्रमण गरेको थियो ।

ज्यान जोगाउन ट्रकबाट ओर्लिएर भागेका चौधरीलाई राजमार्गदेखि केहीभित्र जङ्गलमा हात्तीले आक्रमण गरेको थियो । घटनापछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, प्रहरी उपरीक्षक तामाङ, डिभिजन वन कार्यालयका प्रमुख राजिव झासहित सुरक्षा निकायका प्रमुखहरु हात्ती प्रभावित क्षेत्र गएका छन् । हात्ती जङ्गल पस्ने र राजमार्गमा निस्कने गरेका कारण दिनभर उक्त क्षेत्रको यातायात सेवा प्रभावित बनेको छ ।

हात्तीलाई धपाउन अनेकौँ प्रयास गरे पनि सफल हुन सकेको छैन् । हात्ती जङ्गल पसेका बेला सुरक्षाकर्मीको सहयोगमा रोकिएका सवारीसाधनलाई पठाउने गरिएको प्रहरी उपरीक्षक तामाङले बताउनुभयो । हात्तीले आइतबार रातिदेखि नै उक्त क्षेत्रमा उपद्रो मच्चाइरहेको छ । राजमार्गमा राति करिब १० बजे हात्ती देखिएपछि नेपाली सेना, नेपाल प्रहरीको टोलीले राति नै भगाएको थियो ।

डिभिजन वन कार्यालयका प्रमुख झाले हात्ती नियन्त्रणमा लिन चितवनबाट विज्ञ टोली आउँदै गरेको बताउनुभयो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रवक्ता एवं ट्राफिक प्रहरी नायब उपरीक्षक वकिल सिंहले हात्तीका कारण राजमार्गमा यातायात सेवा प्रभावित भइरहेको बताउनुभयो ।

हामीले भारतको सिमाना थुप्रै ठाउँमा मिच्यौं अरे, कति झुट : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभा बैठकमा नेपालले भारतको भूमि मिचेको भनेर दिएको विवादित अभिव्यक्तिप्रति आपत्ति जनाएका

Read More »

कम्युनिष्ट सकाउन भदौ २४ को चुनाव भयो, छिटो वामपन्थी एक नभए भयानक दुर्घटना हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट सिध्याउने प्रयास भइरहेको बताएका छन् । जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई

Read More »

खैरो हेरोइनसहित एक जना पक्राउ

काठमाडौँ । प्रहरीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ बाट लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मायादेवी गाउँपालिका वडा नम्बर ६

Read More »

लामो अन्तरालपछि एउटै मञ्चमा देखिए ओली, प्रचण्ड, माधव र झलनाथ

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) नेकपाका सह-संयोजक माधव नेपाल, र (नेकपा) का वरिष्ठ नेता

Read More »

लोकप्रियताको आडमा गणतन्त्रमाथि षड्यन्त्र भइरहेको छ : सांसद दुलाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले लोकप्रियताको आवरणमा गणतान्त्रिक व्यवस्थामाथि प्रहार गर्ने प्रयासभएको भन्दै यसप्रति नेकपा गम्भीर र सचेत रहेको बताएका छन्। आइतबार

Read More »

प्रधानमन्त्रीको जवाफ चितवनबाट होइन, सदनबाट चाहियो : सांसद राई

काठमाडौं । श्रम संस्कृत पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को अभिव्यक्तिको उत्तर चितवनबाट आएको भन्दै असन्तुष्टि जनाएका छन् । आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै

Read More »